महिन्द्रा थारसँग प्रतिस्पर्धा गर्ने फोर्सको नयाँ गोर्खा आज सार्वजनिक हुँदै

महिन्द्रा थारसँग प्रतिस्पर्धा गर्ने क्षमता भएको फोर्सको नयाँ एसयूभी गोर्खा आज भारतमा सार्वजनिक हुने भएको छ । उक्त एसयूभी २०२१ मोडलको हो । नयाँ फोर्स गोर्खाको लन्चिङ भन्दा पहिला नै केही जानकारी सार्वजनिक भएको छ । हालै फोर्स मोटर्सको टिजर भिडियो समेत जारी भएको थियो ।

नयाँ फोर्स गोर्खाको कन्सेप्ट गत वर्षको अटो एक्सपोमा सार्वजनिक गरिएको थियो । यसमा चौडा ग्रिल र गोलाकार एलईडी हेडलाइट देखिएको छ । साथै हेडलाइटमा गोर्खाको ब्याजिङ प्रदान गरिएको छ ।

नयाँ गोर्खामा ड्राइभर साइडमा स्नोर्कलको साथमा नयाँ डिजाइनको बोनट समावेश गरिएको छ । सो परिवर्तनले २०२१ गोर्खा एसयूभीलाई अधिक वाटर वेडिङ सक्षम भेइकल बनाउन मद्दत गर्छ । फोर्स गोर्खामा रिडिजाइन गरेको टेललाइट, टायरमा नयाँ सेट, टेलगेट माउन्टेड स्पेयर ह्विल र फङसनल रुफ क्यारियर देख्न सकिन्छ ।

फोर्स मोटर्सले सो एसयूभीको इन्टेरियरमा अल ब्ल्याक कलर थिम दिने सम्भावना रहेको छ । यसमा क्याबिनमा कम एनभीएच सुनिश्चित गर्नका लागि मोल्डेड फ्लोर म्याट, गति र आरपीएमको लागि डायलको साथमा सेमी डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, डिजिटल इन्फोटेनमेन्ट स्क्रिन समावेश गरिएको छ ।

२०२१ फोर्स गोर्खा ४ सिटर भेरिएन्टको पछाडि क्याप्टेन सिट उपलब्ध रहेको छ । पछाडि सिटमा बस्ने यात्रीको लागि आर्मरेस्टको पनि व्यवस्था रहेको छ ।

२०२१ फोर्स गोर्खा एसयूभीमा २.६ लिटर डिजेल इन्जिन समावेश गरिएको छ । जसले अधिकतम ८९ बीएचपीको पावर र २६० एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ४×४ मोडको लागि अलग गियर लिभरको साथमा ५ स्पिड गियरबक्स उपलब्ध रहेको छ ।

हाल भारतमा फोर्स गोरखा महिन्द्रा थारसँग मात्र प्रतिस्पर्धा रहेको छ । नयाँ फोर्स गोरर्खाको मूल्य १० लाख देखि १२ लाख भारु (एक्स–शोरूम) बीच हुने सम्भावना रहेको छ ।

नेपाली बजारमा पनि आयाम इन्टरकन्टिनेन्टलले फोर्सको सो नयाँ मोडलको गोर्खा एसयूभी सके सम्म छिट्टै नेपाली बजारमा उपलब्ध गराउने बताएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...