विविध व्यवसायमा रमाएका नेपाली अटोमोबाइल व्यवसायी : छरिएको व्यवसाय, छरिएको ब्रान्ड

भारतीय स्वमित्वमा सञ्चालन हुँदै आइरहेको पोखरास्थित मणिपाल मेडिकल कलेजको स्वमित्व पोखराका दुई उद्यमी आन्दराज बतास र नारायण पौडेलले खरिद गरेपछि उनीहरु अहिले निकै चर्चित बनिरहेका छन् ।

बतास र पौडेल दुबै अटोमोबाइल व्यवसायी समेत हुन् । बतास अक्ष्यक्ष रहेको बतास अर्गनाइजेसन अन्तर्गतको कम्पनीले नेपालमा आइसर ब्रान्डको गाडी, क्याटरपिल्लर ब्रान्डको हेभी इक्विपमेन्ट, पेट्रोनास लुब्रिकेन्ट र ग्लोब्याट ब्याट्री लगायत अन्य ब्रान्डको समेत आयात गरी कारोबार गर्दै आइरहेको छ । साथै बतासले पोखरामा मारुती सुजुकी र टीभीएस ब्रान्डको मोटरसाइकल समेत बिक्री गर्दै आइरहेको छ ।

त्यसैगरी पौडेल संलग्न अटोवेज ग्रुपले पोखरा र चितवन लगायत देशका अन्य स्थानहरुमा समेत टोयोटा गाडीको कारोबार गर्दै आइरहेको छ । पौडेलले पोखरामा शिक्षा, स्वास्थ्य र बैंक तथा वित्तीय संस्थामा समेत लगानी गरेपनि मुलतः उनी टोयोटा गाडीको कारोबारमार्फत नै उदाएका व्यवसायी हुन् ।

पोखराबाटै उद्यमको सुरुवात गरेको लक्ष्मी ग्रुपले हाल नेपालमा हुन्डाई सहित बीएमडब्लु र एसएमएल इसुजु ब्रान्डको कमर्सियल भेइकल आयात गरी कारोबार गर्दै आइरहेको छ । यो ग्रुपले अटोमोबाइलमा लगानी विस्तार गर्दै टाटा ग्रीन ब्याट्री र टोटल लुब्रिकेन्ट्स सहित अन्य ब्रान्डका कम्पोनेन्ट समेत आयात गरिरहेको छ । मुलतः लक्ष्मी ग्रुप सुजल फुड्सबाट उदाएको कम्पनी हो । हाल यो ग्रुपले स्टिल उद्योग समेत सञ्चालन गर्दै आइरहेको छ ।

अटोमोबाइल व्यवसायमा चर्चित अर्को सिप्रदी ट्रेडिङका अध्यक्ष सिद्धार्थ राणा सूर्य नेपाल, जलविद्युत र सोल्टी होटलमा समेत संलग्न छन् । देशकै ठूलो अटोमोबाइल कम्पनीका रुपमा स्थापित सिप्रदीले टाटा ब्रान्डका कमर्सियल र प्यासेन्जर कारको साथै एक्साइड ब्याट्री, म्याक लुब्रिकेन्ट्स र मिसेलिन टायर लगायत अन्य ब्रान्डका अटोमोबाइल उत्पादनको आयात गरी कारोबार गर्दै आइरहेको छ ।

टोयोटा गाडीको आधिकारिक बितरक बैद्य अर्गनाइजेसनका अध्यक्ष सुरज बैद्यको चिया बगान, एग्रिकल्चर, शिक्षा र सिमेन्ट उद्योगमा समेत लगानी छ । साथै उनको युनाइटेड हेभी इक्विपमेन्ट एन्ड अर्थमुभर्स प्रालिले चिनियाँ ब्रान्ड एक्ससीएमजीका हेभी इक्विपमेन्ट्स समेत आयात गरी कारोबार गर्दै आइरहेको छ ।

नेपालको सबैभन्दा ठूलो व्यावसायिक घरानाका रुपमा स्थापित विशाल ग्रुप पछिल्लो समय अटोमोबाइल व्यवसायमा आक्रामक बनिरहेको छ । यो ग्रुप अटोमोबाइल क्षेत्रमा आएको १ दशक अवधिमा फक्सवागन, रेनो, एमजी, माज्दा, सुजुकी मोटरसाइकल र ग्रेटवाल जस्ता विश्व प्रख्यात ब्रान्डलाई आफू मातहत ल्याउन सफल भएको छ । साथै अतुल ब्रान्डको थ्रि ह्विलर, मोटुल र भीडोल लुब्रिकेन्ट्स र बिकेटी टायरको आयात गरी कारोबार समेत यही ग्रुपले गर्दै आइरहेको छ । अटोमोबाइल क्षेत्रमा आउनु अघि दर्जन बढी उद्योगमा संलग्न यो ग्रुपले बैंक तथा वित्तीय संस्था र बहुराष्ट्रिय ब्रान्डका मदिरा र एफएमसिजीको कारोबार गर्छ ।

उद्योगधन्दाबाटै उदाएको अर्को चर्चित ग्रुप शारडा ग्रुपले हाल निसान, ड्याटसन र चेरी ब्रान्डका सवारीसाधन आयात गरी कारोबार गर्दै आइरहेको छ । यो ग्रुप पछिल्लो समय टे«डिङ व्यवसायमा आक्रामक बन्दै गएको छ । हाल उसले साओमी ब्रान्डका स्मार्टफोन र ग्याजेट तथा विश्वप्रख्यात ब्रान्डका मदिरा समेत आयात गरी कारोबार गर्दै आइरहेको छ । यो ग्रुपले स्टिल र बिजुलीको तार उत्पादन गर्ने कम्पनीसहित अन्य थुप्रै उद्योग सञ्चालन गर्दै आएको छ ।

निर्माण सामग्री उत्पादनमा कहलिएको शंकर ग्रुपले हाल टीभीएस ब्रान्डका टु ह्विलर र फोर ह्विलर सहित मलेसियन ब्रान्डको प्रोटोन गाडी आयात गरी कारोबार गर्दै आइरहेको छ । साथै यो ग्रुपले होटल, मदिरा, एफएमसिजी र पछिल्लो समय चिनियाँ ब्रान्डको स्मार्टफोन रियलमिको समेत कारोबार थालेको छ ।

मारुती सुजुकी गाडीको आधिकारिक बितरक सिजी होल्डिङ्सको शिक्षा, वित्त, रियलस्टेट र अन्य उद्योगहरुमा समेत लागनी छ । सिजी होल्डिङ्सले पछिल्लो समय होटलहरुमा समेत लगानी बढाउँदै लगेको छ । सिजी होल्डिङ्समा अरुण कुमार चौधरी अध्यक्ष छन् ।

बजाज मोटरसाइकलको आधिकारिक बितरक गोल्छा अर्गनाइजेसन नेपालका लागि सामसुङ ब्रान्डका घरायसी सामग्री तथा मोबाइल फोनको समेत बिक्रेता हो । यो अर्गनाइजेसनले बजाज सहित केटीएम र हस्कभर्ना ब्रान्डका मोटरसाइकल समेत आयात गरी कारोबार गर्दै आइरहेको छ । साथै सर्भो लुब्रिकेन्ट्स र युरोग्रिप टायर समेत गोल्छा अर्गनाइजसनले कारोबार गर्ने ब्रान्ड हुन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका शेखर गोल्छाले यी व्यवसायको नेतृत्व गर्दै आइरहेका छन् ।

देशकै पुरानो र प्रतिष्ठित मध्ये एक ज्योति ग्रुप समेत अटोमोबाइल व्यवसायकै कारण चर्चित बनिरहेको छ । ६ दशकअघि नेपालमा होन्डा ब्रान्ड भित्र्याएर चर्चामा आएको यो ग्रुपले अहिले होन्डा मोटरसाइकल र स्कुटर सहित होन्डा ब्रान्डकै कार र जेनसेट आयात गरी कारोबार गर्दै आइरहेको छ । त्यसैगरी हिरो मोटरसाइकल समेत यही ग्रुप अन्तर्गत कारोबार हुने उत्पादन हो । ग्रुपको स्टिल, अक्सिजन प्लान्ट, कृषि, बैक तथा वित्तीय संस्था, अस्पताल र रियलस्टेटमा समेत ठूलो लगानी छ ।

अर्को प्रतिष्ठित औद्योगिक घराना दुगड ग्रुप समेत पछिल्लो समय अटोमोबाइल क्षेत्रमा केन्द्रित बन्दै गएको देखिन्छ । दुगडले महिन्द्रा कमर्सियल भेइकल, रोयल इन्फिल्ड र भेस्पा अर्थात अप्रिलिया स्कुटर सहित पियाजिओ ब्रान्डको थ्रि ह्विलर र टाटा हिटाची ब्रान्डको हेभी इक्विपमेन्ट आयात गरी कारोबार गर्दै आइरहेको छ । यो ग्रुपले इन्स्योरेन्स र बैंक सहित आधा दर्जन बढी जलविद्युत परियोजनामा समेत कार्य गरिरहेको छ ।

दुई ठूला अटोमोबाइल कम्पनीहरु एमएडब्लु र अग्नि ग्रुप भने मुलतः अटोमोबाइल व्यवसायमै केन्द्रित भई लगानी विस्तार गरिरहेका छन् । एमएडब्लु ग्रुपले यामाहा, जेसिबी, स्कोडा, जिप, फोटोन र चाङ्गन सहित अन्य थुप्रै ब्रान्डका अटोमोबाइल उत्पादन आयात गरी कारोबार गर्दै आइरहेको छ । त्यसैगरी अग्नि ग्रुपले महिन्द्रा ब्रान्डको प्यासेन्जर कार र ट्याक्टर तथा टु ह्विलर सहित जावा ब्रान्डको समेत कारोबार गर्दै आइरहेको छ ।

सम्बन्धित समाचारहरू

फक्सवागन टाइगुनको प्रतीक्षामा नेपाली ग्राहक

फक्सवागन टाइगुनको प्रतीक्षामा नेपाली ग्राहक

फक्सवागन टाइगुन नेपालमा बहुप्रतीक्षित एसयूभी हो । यो एसयूभी भारत र...

हुन्डाई टुसानको चौथो जेनेरेशन सार्वजनिक, मूल्य अगस्ट ४ मा सार्वजनिक गरिने

हुन्डाई टुसानको चौथो जेनेरेशन सार्वजनिक, मूल्य अगस्ट ४ मा सार्वजनिक गरिने

हुन्डाई टुसानको चौथो जेनेरेशन भारतमा सार्वजनिक भएको छ । यो एसयुभी भारतमा ४...

स्कोडा अटो र फक्स्वागनलाई भारतमा १.४ बिलियन अमेरिकी डलर कर छलीको आरोप

स्कोडा अटो र फक्स्वागनलाई भारतमा १.४ बिलियन अमेरिकी डलर कर छलीको आरोप

भारत सरकारले १.४ बिलियन अमेरिकी डलर कर छली गरेको आरोपमा फक्सवागनलाई नोटिस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...