महालेखाको प्रतिबेदन भन्छ : मोटरसाइकल एसेम्बल गर्दा अर्थतन्त्र र उपभोक्तालाई फाइदा भएन

सरकारले स्वेदशमै सवारी साधन एसेम्बल गर्न प्रोत्साहन गर्दै आइरहेको अवस्थामा एक सरकारी निकायले भने यस्ता उद्योगहरुलाई उपलब्ध गराउँदै आइरहेको सहुलियतबाट अर्थतन्त्र र उपभोक्तालाई फाइदा नपुगेको निष्कर्ष निकालेको छ ।

महालेखा परीक्षकको कार्यालयले नेपालमा मोटरसाइकल एसेम्बल गर्दा राज्य र उपभोक्तालाई फाइदा नभएको बताएको हो । महालेखाले सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदनले नेपालमै मोटरसाइकल एसेम्बल गर्दा उत्पादकलाई मात्रै फाइदा भएको बताएको छ ।

एसेम्बल उद्योगमार्फत उत्पादन गर्दै आइरहेको बजाज मोटरसाइकलप्रति इंगित गर्दै प्रतिवेदनमा भनिएको छ– ‘नेपालमा एसेम्बल गर्न भैरहवा भन्सार कार्यालयबाट बजाजका ५ अर्ब २८ करोड २५ लाख बराबरका मोटरसाइकल पाटपुर्जा ल्याउँदा ७६ करोड ७० लाख राजस्व छुट लिएको छ ।’ मोटरसाइकल एसेम्बल गर्न पाटपुर्जा ल्याउँदा भन्सार जाँच पासका क्रममा अन्तःशूल्क ६७ करोड ८८ लाख र मूल्य अभिवृद्धि कर ८ करोड ८२ लाख रुपैयाँ छुट लिएको थियो । तर, नेपालमा ल्याएर एसेम्बल गर्दा ३.८१ प्रतिशत मात्र मूल्य अभिवृद्धि भएको छ ।

सरकारले यस्ता उद्योग सञ्चालन गर्ने कम्पनीलाई स्पेयर पार्टस्मा लाग्ने अन्तः शूल्कमा २५ प्रतिशत छुट दिएको छ । तर, नेपालमा ल्याएर एसेम्बल गर्दा सरकारले दिएको राजस्व छुट बराबरको पनि मूल्य अभिवृद्धि नहुँदा राजस्व छुटको लाभ आयातकर्ताले मात्रै लिएको महालेखाको प्रतिवेदनले औंल्याएको छ । त्यसैले मोटरसाइकलको एसेम्बल नेपालमै गर्दा नेपालको अर्थतन्त्र र उपभोक्तालाई योगदान नपुगेको महालेखाले बताएको छ ।

हाल बजाजसहित टीभीएसले स्वेदेशमै उद्योग स्थापना गरी मोटरसाइकल एसेम्बल गर्दै आइरहेका छन् भने होन्डा, यामाहा र हिरो लगायत कम्पनीहरुले समेत उद्योग स्थापना गर्ने तयारी थालिसकेका छन् । एसेम्बल उद्योगका लागि राज्यले थप सहुलियत उपलब्ध गराउनुपर्ने माग गर्दै आइरहेका व्यवसायीमा महालेखाले सार्वजनिक गरेको यस प्रकारको प्रतिवेदनबाट हाल संचालन भइरहेका र हुने क्रममा रहेका उद्योगहरुलाई नराम्रो असर पार्ने अनुमान लगाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

अब ४० प्रतिशत डाउन पेमेन्टमै बजाज बाइक पाइने, शून्य प्रतिशत ब्याजदर

अब ४० प्रतिशत डाउन पेमेन्टमै बजाज बाइक पाइने, शून्य प्रतिशत ब्याजदर

काठमाडौं – बजाज बाइक किन्न चाहनेहरुका लागि अब झनै सजिलो हुने भएको छ ।...

डुअल–च्यानल एबिएससहित अपडेट भएर आयो पल्सर २२० एफ, मूल्य कति ?

डुअल–च्यानल एबिएससहित अपडेट भएर आयो पल्सर २२० एफ, मूल्य कति ?

बजाज अटोले पल्सर २२० एफको २०२५ संस्करण लन्च गरेको छ । अपडेट गरिएको...

बीएस६ भर्सनको पल्सर एनएस १६० र एनएस २०० को नेपालमा बुकिङ खुल्दै

बीएस६ भर्सनको पल्सर एनएस १६० र एनएस २०० को नेपालमा बुकिङ खुल्दै

काठमाडौं – नेपाली बजारमा पल्सर एनएस एनएस १६० र एनएस २०० बीएस६ भर्सनको बुकिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...