बजाज मोटरसाइकल किन्दा ३ पटक नगद उपहार पाइने अवसर, आयो यस्तो अफर

काठमाडौं – आउँदो बडा दसैं र तिहारको उपलक्ष्यमा बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले ‘बजाज खुसीको ३ डोज’ नामक अफर ल्याएको छ ।

यस अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले नै यो स्किमका लागि रजिस्टर गरेर १० हजार रुपैयाँ सम्म छुट पाउन सकिने छ । यो रकम मोटरसाइकल खरिद गरे पछि भुक्तानी हुनेछ ।

दोस्रो डोज अन्तर्गत मोटरसाइकल किन्दा १ लाख रुपैयाँ सम्म छुट पाइने छ । अनि तेस्रो डोज अन्तर्गत मोटरसाइकल किने पछि प्रत्येक महिना एक जना ग्राहकले गोला प्रथामार्फत १० लाख रुपैयाँको बम्पर पुरस्कार पाउने छन् । यसको नतिजा फेसबुक लाइभमार्फत दिइने छ ।

बजाजको देशभर रहेका कुनै पनि शोरुममा गएर यो स्किम अन्तर्गतको सुविधा लिन सकिन्छ ।

नेपालमा बजाजका १ लाख ८९ हजार ९ सय देखि ५ लाख ९८ हजार ९ सय रुपैयाँ सम्मका मोटरसाइकल उपलब्ध छन् । बजाजका सबै मोटरसाइकलको मूल्य सूची यहाँ हेर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा २५औँ वर्षको सफल लिडरसिप मनाउँदै बजाज, ८ लाख युनिट बिक्रीको आँकडा

नेपाली बजारमा २५औँ वर्षको सफल लिडरसिप मनाउँदै बजाज, ८ लाख युनिट बिक्रीको आँकडा

काठमाडौँ – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

पल्सर २२०एफ : कुन वर्षमा कति थियो मूल्य ?

पल्सर २२०एफ : कुन वर्षमा कति थियो मूल्य ?

बजाजको पल्सर २२०एफ नेपाली बजारमा निकै नै रुचाइएको बाइक हो । हाल यो बाइक...

३ नयाँ फिचर थपिएर आयो पल्सर एनएस १२५

३ नयाँ फिचर थपिएर आयो पल्सर एनएस १२५

बजाजले पल्सर सिरिजको एनएस मोडललाई अपग्रेड गरिरहेको छ । कम्पनीले पल्सर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...