अटो लोनमा एनएमबि बैंकको सक्रियता : ५ वर्ष सम्म एउटै ब्याजदर, इलेक्ट्रिकमा सहुलियत

काठमाडौं – एनएमबि बैंकले अटो लोनमा सक्रियता देखाएको छ । बजारमा उपलब्ध अटो लोन मध्ये एनएमबि बैंकले उपलब्ध गराएको अटो लोन कम ब्याजदरको हुनुका साथै ५ वर्ष सम्म एउटै दरमा समेत उपलब्ध हुने व्यवस्था गरिएको छ ।

हाल एनएमबि बैंकले अन्य गाडीका लागि ८.४९ प्रतिशतका साथै इलेक्ट्रिक गाडीका लागि बेस रेट अर्थात ७.३३ प्रतिशतमै अटो लोन उपलब्ध गराइरहेको छ ।

असारको प्रारम्भ देखि लागू भएको स्किम अनुसार हाल ४० भन्दा बढी गाडीका लागि अटो लोन स्वीकृत भइसकेको एनएमबि बैंक स्रोतले बताएको छ । यद्यपि बजारमा इलेक्ट्रिक गाडी भित्रिने क्रममा रहेका र गाडी भित्रिने क्रम बढ्दै जादा अटो लोन लिने ग्राहकको संख्या त्यही अनुसार बढ्ने अपेक्षा गरेको बैंक स्रोतको भनाइ छ ।

हाल अन्य गाडीमा ५० प्रतिशत सम्म र इलेक्ट्रिक गाडीमा ८० प्रतिशत सम्म फाइनान्स सुविधा उपलब्ध हुन्छ । बैंकले अन्य गाडीका लागि शून्य दशमलव ७५ प्रतिशत सेवा शुल्क लिने भए तापनि इलेक्ट्रिक गाडीका लागि शून्य दशमलव ५० प्रतिशत मात्र शुल्क लिने गरेको छ । इलेक्ट्रिक गाडीका लागि यो बैंकको तर्फबाट पुरा गरिएको सामाजिक उत्तरदायित्व भएको बैंकको भनाइ छ ।

आवश्यक सबै कागजात पुरा भएमा २४ घण्टा भित्रै कर्जा स्वीकृत हुने समेत बैंकले जनाएको छ ।

सम्बन्धित समाचारहरू

९ महिनामा माेटर बीमाबाट ९ अर्ब ८२ करोड शुल्क

९ महिनामा माेटर बीमाबाट ९ अर्ब ८२ करोड शुल्क

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन-चैत्र) सम्ममा...

बनेको मितिलाई आधार मानेर यसरी गर्छ  बैंकले सेकेन्ड ह्यान्ड गाडीमा लगानी

बनेको मितिलाई आधार मानेर यसरी गर्छ बैंकले सेकेन्ड ह्यान्ड गाडीमा लगानी

नेपालका प्राय बैंक तथा बित्तिय संस्थाले सकेन्ड ह्यान्ड गाडीमा लगानी गर्न...

ओमोडा ईभी खरिद गर्नेलाई ८० प्रतिशत फाइनान्स उपलब्ध गराउन नबिल बैंकसँग साझेदारी

ओमोडा ईभी खरिद गर्नेलाई ८० प्रतिशत फाइनान्स उपलब्ध गराउन नबिल बैंकसँग साझेदारी

काठमाडौँ – नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...