४०० सीसीमा दुई नयाँ मोटरसाइकल ल्याउँदै ट्रायम्फ, नेपालमा हंसराज हुलासचन्दले बिक्री गर्ने
प्रिमियम मोटरसाइकल ब्रान्ड ट्रायम्फले दुई नयाँ मोटरसाइकल लन्च गर्ने भएको...
नेपाली अटो बजारमा अटो रिक्सा समेत भनिने थ्री ह्विलरको माग बढ्न थालेको छ । विशेषतः तराई र ग्रामीण भेगका शहरी क्षेत्रमा यस्ता साधनको लोकप्रियता बढेपछि कारोबार समेत बढ्न थालेको हो ।
हाल नेपालमा बजाज, टीभीएस, पियाजिओ र अतुल ब्रान्डका यस्ता साधन बढी लोकप्रिय मानिन्छन् । नेपाल सरकारले युवा स्वोराजगारसँग यस्ता साधनलाई जोडेका कारण न्यूनतम लगानीमै बैंक तथा वित्तीय संस्थामार्फत खरिद गर्न सकिने हुँदा यस्ता साधनमा बेरोजगार युवाहरुको पहुँच बढ्दो छ । हालै सरकारले ल्याएको मौद्रिक नीतिमार्फत यस्ता युवाहरुलाई सस्तो मूल्यमा कर्जा दिने बताइएको छ ।
बैंक तथा वित्तीय संस्थाले ९० प्रतिशतसम्म फाइनान्स गर्ने हुँदा सुरुमा एकदमै कम रकम भुक्तानी गरी यस्ता साधन खरिद गर्न सक्छन् । काठमाडौं उपत्यका र गण्डकी प्रदेशका केही शहरमा संचालन गर्न रोक लगाइए पनि अन्य स्थानमा भने यस्ता साधनलाई सहजै चलाउन सकिन्छ ।
नेपाली बजारमा सर्बाधिक बिक्री हुने थ्री ह्विलरमा बजाज आरई अग्रस्थानमा छ । बजाज आरईका प्यासेन्जर र कार्गो गरी दुबै प्रकारका यस्ता साधन उपलब्ध छन् । जसमध्ये प्यासेन्जर बोक्ने आरई फोरएस पेट्रोलको मूल्य ५ लाख ८९ हजार ९ सय र म्याक्सिमा कार्गोको ६ लाख ४४ हजार ९ सय रुपैयाँ पर्छ । यी दुबै अटोमा २३६ सीसी क्षमताको इन्जिन जडान गरिएको छ । नेपाली बजारमा गोल्छा अर्गनाइजेसनले यसको कारोबार गर्दै आइरहेको छ ।
बजाज आरईपछि अर्को लोकप्रिय थ्री ह्विलर टीभीएसको पनि २ वटा मोडल उपलब्ध छ । टीभीएसको प्यासेन्जर अटोमात्र कारोबार भैरहेको छ । जसमध्ये ड्युराम्याक्सको मूल्य ५ लाख ७४ हजार ९ सय र किङ डिलक्स जिएस प्लसको ५ लाख ४३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ । यी अटो रिक्सामा २२५ सीसी क्षमताको इन्जिन जडान गरिएको छ । टीभीएस बाइकको समेत आधिकारिक बितरक रहेको जगदम्बा मोटर्सले यसको आयात गरी कारोबार गर्दै आइरहेको छ ।
इटालियन ब्रान्ड पियाजियोको भने कार्गो र प्यासेन्जर दुबै प्रकारका अटोहरु उपलब्ध छन् । जसमध्ये ४ सिट क्षमता भएको एपेसिटीको मूल्य ५ लाख ३९ हजार ९ सय र ६ सिट क्षमताको एपेसिटीको ६ लाख ५० हजार रुपैया निर्धारण गरिएको छ । यी अटोमा क्रमशः २०० र २३० सीसी क्षमताको इन्जिन जडान गरिएको छ । त्यसैगरी एपे कार्गोको भने ५ लाख ४९ हजार ९ सय रुपैयाँ पर्छ । यसमा २३० सीसी क्षमताको इन्जिन उपलब्ध छ । नेपाली बजारमा यो अटोलाई दुगड ब्रदर्स एन्ड सन्सले कारोबार गर्दै आइरहेको छ ।
त्यसैगरी भारतीय बजारमा लोकप्रिय बन्दै गएको अतुल ब्रान्डको थ्री ह्विलर समेत नेपालमा कारोबार हुँदै आइरहेको छ । अतुलको नेपालस्थित आधिकारिक बितरक भीजी अटोमोबाइल्सले हालै नयाँ जेनेरेसनको रिक अटो सार्बजनिक गरेको छ । यो अटोको मूल्य ५ लाख ५५ हजार ९ सय रुपैयाँ तोकिएको छ । यसमा २ सय सीसी क्षमताको इन्जिन जडान गरिएको छ ।
प्रिमियम मोटरसाइकल ब्रान्ड ट्रायम्फले दुई नयाँ मोटरसाइकल लन्च गर्ने भएको...
नेपाली बजारमा बिक्री भइरहेका बजाजका दुई लोकप्रिय मोटरसाइकल पल्सर एनएस २००...
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका तीन उत्कृष्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...