इसुजु एस–क्याब अब ९ लाख ९० हजार डाउन पेमेन्टमा, ७५ प्रतिशत फाइनान्स गर्न सकिने

काठमाडौं – नेपाली बजारमा उपलब्ध इसुजु कम्पनीको एस–क्याब पिकअप ९ लाख ९० हजार डाउन पेमेन्टमा उपलब्ध हुने भएको छ । काठमाडौं उपत्यकाको लागि इसुजुको आधिकारिक वितरक टाइम्स मोटर्सले सो स्किम उपलब्ध गराएको छ ।

यसका लागि विशेष फाइनान्स सुविधा समेत उपलब्ध हुने कम्पनीले बताएको छ । ७ वर्ष सम्म तिर्न सकिने गरी ७५ प्रतिशत सम्म रकम फाइनान्समार्फत उपलब्ध हुनेछ । हाल नेपाली बजारमा इसुजु एस–क्याबको मूल्य ४५ लाख ९० हजार रुपैयाँ छ ।

इसुजु एस–क्याबमा २.५ लिटर,फोर सिलिन्डर, कमन रेल, टर्बो इन्टरकुल्ड डिजेल इन्जिन छ, जसले ३८०० आरपीएममा ७८ एचपी पावर र १८०० देखि २४०० आरपीएममा १७६ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पिड गियरबक्स जडान गरिएको छ ।

एस–क्याब पिकअपको ह्विलबेस ५१९० एमएम छ भने ग्राउन्ड क्लियरेन्स २२० एमएम छ । यसमा टिल्ट एड्जस्टमेन्ट सहितको पावर स्टेयरिङ, हिटर सहितको एयर कन्डिसनर, पावर विन्डोज, सन्ट्रल लकिङ, फ्लेक्जिबल रियर सिट, मल्टिपल स्टोरेज कम्पार्टमेन्ट, ट्विन ग्लोबबक्स, ड्युअल पोजिसन टेलगेट र ४ स्पिकरलगायतका विभिन्न फिचर छन् ।

त्यसैगरी सुरक्षाका लागि भेन्टिलेटेड फ्रन्ट डिस्क, स्टिल स्किड प्लेट, वार्निङ लाइट र बजर, डे एन्ड नाइट आईआरभीएम, क्रम्पल जोनसहितको क्याबिन र ट्युबलेस टायर उपलब्ध छन् ।

उपलब्ध गराइएको अफर केही समयका लागि मात्र भएको टाइम्स मोटर्सले जनाएको छ । यसको वारेमा विस्तृत विवरण यो लिंकबाट थाहा पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

धितोमा राखिएका ३८ सवारी साधन बेच्दै एक सहकारी

धितोमा राखिएका ३८ सवारी साधन बेच्दै एक सहकारी

काठमाडौं – काठमाडौंको कीर्तिपुर १ अमृतनगरमा रहेको अमृत बचत तथा ऋण सहकारी...

एसएमएल इसुजुका गाडी किन्न एभरेष्ट बैंकले ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने

एसएमएल इसुजुका गाडी किन्न एभरेष्ट बैंकले ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने

नेपालका लागि एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्शियल भेहिकल्स...

टाइम्स मोटर्सले पुरा ग-यो ३ वर्ष, थप जिम्मेवारीका साथ कार्य गर्ने प्रतिबद्धता

टाइम्स मोटर्सले पुरा ग-यो ३ वर्ष, थप जिम्मेवारीका साथ कार्य गर्ने प्रतिबद्धता

काठमाडौं – टाइम्स मोटर्सले ३ वर्ष पुरा गरेको छ । टाइम्स मोटर्सले हाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...