हिरोले बनायो विश्वकै ठूलो मोटरसाइकल लोगो, बन्यो वर्ल्ड रेकर्ड

हिरो मोटोकर्पले विश्वको सबैभन्दा ठूलो मोटरसाइकल लोगो बनाएर गिनिज वर्ल्ड रेकर्डमा नाम दर्ता गराएको छ । हिरो मोटोकर्पको १०औं वार्षिकोत्सवको अवसरमा सो रेकर्ड कायम गरिएको थियो । यसको लागि प्रयोग गरिएका १ हजार ८४५ युनिट स्प्लेन्डर मोटरसाइकलले सो ब्रान्ड लोगो निर्माण गरेका थिए । १० वर्ष भन्दा पहिले हिरो र होन्डा छुट्टिएका थिए ।

कम्पनीले सो अवसरमा इलेक्ट्रिक स्कुटरको लाइभ भिडियो पेश गर्दै जानकारी प्रदान गरेको थियो । सो स्कुटर केही दिन पहिले पवन मुन्जालले सार्वजनिक गरेका थिए । स्कुटरलाई स्लिम डिजाइन गरिएको छ । साथै यसमा कालो र सेतो रङको कम्बिनेसन गरिएको छ । यद्यपि कम्पनीले यसको टेक्नोलोजी र मूल्यको बारेमा खुलासा गरेको छैन । सो स्कुटर चाँडै लन्च गरिने आश्वासन दिइएको छ ।

मिडिया रिपोर्ट अनुसार सो स्कुटरमा फ्रन्टमा १२ इन्च र रियरमा १० इन्चको अलोय ह्विल समावेश गरिएको छ । स्कुटरको अगाडि टेलिस्कोपिक फोर्क र पछाडि मोनोसक सस्पेन्सनको साथमा पछाडि सिंगल साइडेड स्विंगआर्म समावेश गरिएको छ । सो स्कुटर साधारण देखिन्छ । यसको मोटरको पछाडि टायरमा जोड्नका लागि बेल्ट ड्राइभको प्रयोग गरिएको छ । यसमा स्प्लिट सिट र पछाडि बस्नका लागि ग्र्याब रेल जडान गरिएको छ ।

हिरोको यो इलेक्ट्रिक स्कुटरले ओला इलेक्ट्रिक स्कुटरका साथै बजाज चेतक, टीभीएस आईक्युब र एथर ४५०एक्ससँग पनि प्रतिस्पर्धा गर्नेछ । हिरो मोटोकर्पले ताइवानको कम्पनी गोगोरोको साथमा ब्याट्री स्वेप र टेक्नोलोजी सुविधाको लागि सम्झौता गरेको थियो ।

रिपोर्ट अनुसार हिरो मोटोकर्पले सो स्कुटर यही वर्षको अन्तमा भारतमा लन्च गर्नेछ । हिरो इलेक्ट्रिक भारतको इलेक्ट्रिक टु ह्विलमा स्थापित कम्पनी हो ।

सम्बन्धित समाचारहरू

क्रुज कन्ट्रोल र डिजिटल डिस्प्लेसहित आउँदै हिरो ग्ल्यामर १२५

क्रुज कन्ट्रोल र डिजिटल डिस्प्लेसहित आउँदै हिरो ग्ल्यामर १२५

हिरो मोटोकर्पले आफ्नो लोकप्रिय बाइक ग्ल्यामर १२५ को २०२६ भर्सन परिक्षण...

यस्तो छ हिरोले सार्वजनिक गरेको पावरफुल इन्जिन सहितको दमदार बाइक

यस्तो छ हिरोले सार्वजनिक गरेको पावरफुल इन्जिन सहितको दमदार बाइक

हिरो मोटोकर्पले भारतमा एक्सट्रिम २००एस फोर भल्व भेरिएन्ट लन्च गरेको छ । सो...

यस्तो देखिने छ हिरोको इलेक्ट्रिक स्कुटर, १०औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक

यस्तो देखिने छ हिरोको इलेक्ट्रिक स्कुटर, १०औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक

हिरो मोटोकर्पले अब आउने इलेक्ट्रिक स्कुटरको पहिलो झलक सार्वजनिक गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...