बजाज डोमिनार २५० अब आकर्षक ड्युअल टोन कलरमा

बजाजले डोमिनार २५० लाई ड्युअल टोन एडिसनसहित भारतीय बजारमा लन्च गरेको छ । यसको मूल्य १ लाख ५४ हजार भारु तोकिएको छ । यसमा नयाँ डाइनामिक कलर अप्सनको धेरै रेन्ज उपलब्ध हुनेछ ।

सो बाइकमा अब रेसिङ रेडका साथ मेट सिल्भर, साइट्रस रसका साथ मेट सिल्भर र स्पार्कलिङ ब्ल्याकका साथ मेट सिल्भर जस्ता कलर अप्सन उपलब्ध हुनेछ । कम्पनीले यो बाइकलाई फ्रेस लुक दिने प्रयास गरेको छ । कलर अप्सनका अलावा यो बाइकमा अन्य परिवर्तन भने खासै गरिएको छैन ।

बजाज डोमिनार २५० मा बीएस६ मापदण्डयुक्त २४८.७७ सीसीको सिंगल सिलिन्डर फोर स्ट्रोक, डीओएचसी, फोर भल्व, लिक्विडकुल्ड, ट्विन स्पार्क, एफआई इन्जिन दिइएको छ, जसले २७ पीएस पावर र २३.५ एनएम टर्क जेनेरेट गर्छ । यसको इन्जिनमा ६ स्पिड गियरबक्स छ ।

भारतमा लगातार रुपमा बजाजले आफ्नो मोटरसाइकलको मूल्यमा वृद्धि गरिरहेको समयमा पछिल्लो समयमा भने १६ हजार ८ सय भारु घटाएको थियो । यद्यपि नेपालमा भने यसको मूल्य लगातार रुपमा बढिरहेको छ । आगामी दिनमा ड्युअल टोन सहितको डोमिनार २५० नेपाली बजारमा समेत उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

बजाजले यही महिना नेपालमा लन्च गर्दै पल्सर एन १२५, कति पर्ला मूल्य ?

बजाजले यही महिना नेपालमा लन्च गर्दै पल्सर एन १२५, कति पर्ला मूल्य ?

काठमाडौं – भारतमा केही समय पहिले लन्च भएको बजाजको कम्युटर सेगमेन्टको...

आयो पल्सर एनएस१६० र एनएस२०० को अपडेट मोडल, बन्यो अझै प्रिमियम

आयो पल्सर एनएस१६० र एनएस२०० को अपडेट मोडल, बन्यो अझै प्रिमियम

बजाजले भारतमा एनएस सिरिजका दुई बाइक एनएस१६० र एनएस२०० लाई नयाँ अपडेट...

रोयल इन्फिल्डको बजार खोस्न बजाज र हिरोको जोड, प्रिमियम ब्रान्डसँग मिलेर नयाँ बाइक ल्याउँदै

रोयल इन्फिल्डको बजार खोस्न बजाज र हिरोको जोड, प्रिमियम ब्रान्डसँग मिलेर नयाँ बाइक ल्याउँदै

प्रिमियम लाइफस्टाइल बाइकको बजारमा एकछत्र राज गरिरहेको रोयल इन्फिल्डलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...