हस्कभर्नाका दुई मोटरसाइकलको मूल्य अब ६,५४,९०० रुपैयाँ, एकै पटक बढ्यो ६५ हजार मूल्य

काठमाडौं – नेपाली बजारमा उपलब्ध हस्कभर्नाका दुई बाइक भिटपिलेन २५० र स्भार्टपिलेन २५० को मूल्यमा ६५ हजार रुपैयाँले वृद्धि गरेको छ । यी दुई बाइकको मूल्य अब ६ लाख ५४ हजार ९ सय रुपैयाँ पुगेको छ । यो भन्दा पहिले यी दुवै बाइकको मूल्य ५ लाख ८९ हजार ९ सय रुपैयाँ थियो ।

हस्कभर्ना बाइकको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले पहिले देखि नै मूल्य बढ्ने जानकारी दिएको थियो । आज साउन १५ देखि नयाँ मूल्य लागू हुनेछ ।

हस्कभर्ना स्भार्टपिलेन र भिटपिलेनसँग अद्वितीय स्विडेनी डिजाइन छ, जुन अन्डरस्टेटेड, मिनीमलिष्ट, एलीगेन्ट भएको कारणले अन्य प्रिमियम मोटरसाइकल सेग्मेन्टको मोटरसाइकलभन्दा अत्यन्त भिन्न भएको कम्पनीको भनाइ छ ।

स्भार्टपिलेन २५० मा रग्ड डिजाइनको अपराइट स्ट्यान्स हुनुको साथै यो डुअल पर्पज टायरको साथ आउँछ । यो अन र अफ–रोड दुवै यात्राहरूको लागि उपयुक्त छ । भिटपिलेन २५० मा स्पोर्टी डिजाइन, क्लिप भएको ह्याण्डलबार र फ्रन्ट लीन राइडिङ पोजिसन छ ।

२५० सीसीले  फ्युल इन्जेक्टेड, लिक्विड कुल्ड सिंगल सिलिन्डर, ४–स्ट्रोक डीओएचसी इन्जिन सुविधा प्रदान गर्दछ, जसले उच्च गतिमा इन्जिन रिफाइनमेन्टको

उच्च स्तरमा पन्ची टर्क उत्पादन गर्दछ । जसले गतिशीलता र रोमाञ्चले भरिएको सवारीको अनुभव दिन्छ । कम्प्याक्ट चेसिस डिजाइन, डब्ल्युपी सस्पेन्सन र प्रिमियम गुणस्तरको कम्पोनेन्टहरूको साथ, हस्क्भर्ना ट्विन्सले डायनामिक प्रदर्शन र उत्कृष्ट सवारीको आराम सुनिश्चित गर्ने कम्पनीको दावी छ ।

सम्बन्धित समाचारहरू

बजाज नेपालको ‘Wheels of Memory’ फोटोग्राफी प्रतियोगिता सम्पन्न

बजाज नेपालको ‘Wheels of Memory’ फोटोग्राफी प्रतियोगिता सम्पन्न

काठमाडौं – बजाज नेपालले Wheels of Memory फोटोग्राफी प्रतियोगिता सफलतापूर्वक...

नयाँ मोडल आएपछि बजाजले वन्द गर्यो पल्सर १५० को उत्पादन

नयाँ मोडल आएपछि बजाजले वन्द गर्यो पल्सर १५० को उत्पादन

बजाजले आफ्नो चर्चित मोटरसाइकल पल्सर १५० को उत्पादन वन्द गर्ने निर्णय...

डुअल–च्यानल एबिएससहित अपडेट भएर आयो पल्सर २२० एफ, मूल्य कति ?

डुअल–च्यानल एबिएससहित अपडेट भएर आयो पल्सर २२० एफ, मूल्य कति ?

बजाज अटोले पल्सर २२० एफको २०२५ संस्करण लन्च गरेको छ । अपडेट गरिएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...