मूल्य वृद्धिमा यामाहाले उछिन्यो होन्डा, टीभीएस र बजाजलाई, स्कुटरमा सबैभन्दा बढी वृद्धि

टु ह्विलर सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेका बजाज, टीभीएस, यामाहा र होन्डाले क्रमिक रुपमा मोटरसाइकल र स्कुटरको मूल्य वृद्धि गरेका छन् । अघिल्लो महिनाको असार १६ गते होन्डाले मूल्य वृद्धि गरेपछि त्यस लगत्तै अर्को दिन अर्थात असार १७ गते बजाजले पनि आफ्ना अधिकांश मोटरसाइकलको मूल्य बढाएको थियो ।

बजाजले यसअघि पनि हरेक महिनाजसो विभिन्न मोडलका बाइकको मूल्यमा समायोजना गर्दै आइरहेको थियो । यी दुई कम्पनीले मूल्य बढाएपछि यामाहाले यसै महिनाको ५ गते मूल्य वृद्धि ग-यो । यामाहाले मूल्य बढाएको ४ दिनपछि अर्थात साउन ९ गते टीभीएसले आफ्ना मोटरसाइकल तथा स्कुटरको मूल्य बढाएको हो । होन्डाबाट शुरु गरिएको मूल्य वृद्धि टीभीएससम्म आइपुगेको छ र अबको केही दिनभित्रै हिरो र केटीएम लगायत अन्य ब्रान्डले समेत मूल्य बढाउने तयारी थालेको बताइएको छ ।

नेपाली टु ह्विलर बजारमा सर्बाधिक बिक्री हुने यी ४ ब्रान्डले एकपछि अर्को गरी मूल्य बढाउँदै लगेका कारण अन्य ब्रान्डलाई समेत मूल्य बढाउन सहज वातावरण बनिरहेको देखिन्छ ।

यसपालीको मूल्य वृद्धिलाई हेर्दा सर्बाधिक बढी रकम यामाहाले बढाएको छ । यामाहाले मोटरसाइकलको हकमा ५ हजार र स्कुटरमा ८ हजार रुपैयाँसम्मले मूल्य बढाएको हो । प्रायः माग बढी भएका मोटरसाइकल र स्कुटरको मूल्य बढाएको यामाहाले माग न्यून भएका मोडलको हकमा भने पुरानै मूल्य कायम गरेको छ । यामाहापछि होन्डाले बढी रकम वृद्धि गरेको छ ।

मोटरसाइकलमा ३ हजारका दरले मूल्य बढाएको होन्डाले स्कुटरमा भने ६ हजार रुपैयाँसम्मले मूल्य वृद्धि गरेको छ । होन्डा एक्टिभा स्कुटरमा कम्पनीले ६ हजार रुपैयाँ बढाएको हो ।

हरेक महिनाजसो मूल्य वृद्धि गर्दै आइरहेको बजाजले यो सिजनामा ४ हजार रुपैयाँसम्मले मूल्य वृद्धि ग¥यो । बजाजका अधिकांश मोटरसाइकलमा २ देखि ३ हजार रुपैयाँसम्म वृद्धि गरिएकोमा डोमिनार ४०० मा कम्पनीले ४ हजार रुपैयाँले वृद्धि गरेको हो ।

त्यसैगरी स्कुटरको किर्तिमानी बिक्रीबाट चर्चामा आएको टीभीएसले मोटरसाइकलमा ५ हजार र स्कुटरमा ४ हजार रुपैयाँका दरले मूल्य बढाएको छ । हिजोमात्रै नयाँ भर्सनको एनटर्क सार्बजनिक गरेको टीभीएसले पुरानो मोडलको तुलनामा यसको मूल्य १२ हजार रुपैयाँसम्म बढी राखेको छ । यद्यपि यो नयाँ प्रविधिको फरक स्कुटर हो ।

यसअघि एनटर्क रेस एडिसनको मूल्य २ लाख ६५ हजार ९ सय र सोही मोडलको स्क्वाड एडिसनको २ लाख ७० हजार ९ सय कायम गरिएकोमा नयाँ भर्सन अर्थात बीएस ६ र आरटीएफआई इन्जिनयुक्त नयाँ एनटर्कको मूल्य २ लाख ७७ हजार ९ सय रुपैयाँ तोकिएको हो ।

सम्बन्धित समाचारहरू

२२० सीसीको एकमात्र क्रुजर बाइक बजाज एभेन्जर, यस्तो छ मूल्य, पावर र फिचर

२२० सीसीको एकमात्र क्रुजर बाइक बजाज एभेन्जर, यस्तो छ मूल्य, पावर र फिचर

क्रुजर बाइकको प्रमुख विशेषता भनेकै आरामदायी यात्रा हो । सिट हाइट कम हुने...

नेपालको पहिलो अन्तर्राष्ट्रिय एओजी राइड : मार्क्यु राइड आयोजना हुने

नेपालको पहिलो अन्तर्राष्ट्रिय एओजी राइड : मार्क्यु राइड आयोजना हुने

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले...

नेपाल आइपुग्यो बजाजको पहिलो इलेक्ट्रिक स्कुटर चेतक, छिट्टै लन्च हुने

नेपाल आइपुग्यो बजाजको पहिलो इलेक्ट्रिक स्कुटर चेतक, छिट्टै लन्च हुने

काठमाडौं–बजाजले भारतमा उत्पादन गरेको इलेक्ट्रिक स्कुटर चेतक नेपाली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...