भोलि देखि बागमती प्रदेशका सवारी साधनको ब्लुबुक अनलाइनबाटै नवीकरण गर्न सकिने

काठमाडौं – भोलि शुक्रबारदेखि बागमती प्रदेश भित्रका सवारी साधनको ब्लुबुक अनलाइनबाटै नवीकरण गर्न सकिने भएको छ । यसका साथै सवारीसाधनको कर तथा जरिवाना पनि तिर्न सकिने छ ।

यसका लागि बागमति प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको वेबसाइट यातायात व्यवस्था सूचना प्रणाली (टिएमआइएस) को विकास गरेको छ । यो भन्दा पहिले गत साउन १ देखि नै यो सेवा शुरू हुने भनिएपनि केही प्राविधिक समस्याका कारण शुक्रबारबाट मात्रै शुरू हुन लागेको हो ।

भोलि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौडामा यो सेवाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

यसका साथै सेवाग्राहीले नागरिक एपबाट आफ्नो सवारीसाधनको जानकारी हेर्न, बाँकी तिर्नुपर्ने कर र तिरिसकेको कर बारे जानकारी लिनुका साथै कर तिर्न सक्ने छन् । जसका लागि एपको सवारी कर अप्सनमा जानुपर्ने हुन्छ । एपबाट पहिलो चरणमा बागमती प्रदेशका सवारीसाधनको कर तिर्न सकिने छ ।

सम्बन्धित समाचारहरू

सिद्धबाबा सडक खण्डमा बन्ने भयो सुरुङ, ग्लोबल टेन्डर आह्वान

सिद्धबाबा सडक खण्डमा बन्ने भयो सुरुङ, ग्लोबल टेन्डर आह्वान

बुटवल – नेपाल सरकारले सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबावा सडक खण्डमा...

स्वरुप परिवर्तन गरिएका र ध्वनी प्रदूषण गराउने मोटरसाइकल नियन्त्रणमा

स्वरुप परिवर्तन गरिएका र ध्वनी प्रदूषण गराउने मोटरसाइकल नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीद्वारा मोटरसाइकलको विभिन्न पार्टपुर्जाहरु...

टोइङ नेपालद्वारा आन्दोलनमा जलेका सवारी साधन सुरक्षित स्थानमा सार्न सुरु

टोइङ नेपालद्वारा आन्दोलनमा जलेका सवारी साधन सुरक्षित स्थानमा सार्न सुरु

काठमाडौं–जेन–जी आन्दोलनका क्रममा जलेका गाडी तथा बिग्रिएका सवारी सडकमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...