रिकन्डिसनमा सर्बाधिक खोजी हुने मोटरसाइकलमा यामाहा एफजीले उछिन्यो बजाज पल्सरलाई

बजाज र यामाहाका मोटरसाइकल नेपाली बजारमा सर्बाधिक बिक्री हुने ब्रान्डमा पर्छन् । बजाजको पल्सर सिरिज र यामाहाको एफजी सिरिज युवा राइडरमाझ लोकप्रिय मानिन्छन् । स्पोर्टी लुक्स, उच्चतम पावर तथा पर्फमेन्स र आरामदायी फिचर्सका कारण स्पोर्ट सेग्मेन्टमा यी २ ब्रान्डले बजारको नेतृत्व गर्न सफल भएका हुन् ।

पछिल्लो समय पल्सर सिरिजकै हाराहारीमा बिक्री हुन थालेको यामाहा एफजीले सेकेन्ड ह्यान्ड भनिने रिकन्डिसन बजारमा सर्बाधिक खोजी गरिने मोटरसाइकलको पहिचान बनाइरहेको यस्ता बाइकको कारोबारमा संलग्न व्यवसायी बताउँछन् । उनीहरुका अनुसार कोभिड शुरु भएयता रिकिन्डसन बजारमा एफजी सिरिजका बाइकको माग ह्वात्तै बढ्न थालेको हो ।

नयाँ बजारस्थित एक रिकन्डिसन व्यवसायीका अनुसार केही समय अघिसम्म बजाज पल्सरको माग उच्च रहँदै आएकोमा हाल आएर यामाहा एफजी बढी खोजिन थालेको छ । नेकेड स्पोर्टी लुक्सका कारण यामाहा मोटरसाइकलमा राइडर बढी आकर्षित हुन थालेको उनले बताए । ‘यामाहाका पछिल्ला बाइकमा एफआई इन्जिन जडान भई आएका कारण इन्धन बचत हुने भन्दै ग्राहकले एफजी सिरिजका मोटरसाइकल खरिदमा बढी रुचि देखाएका छन्’ नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘पल्सरको तुलनामा माइलेज बढी दिने र पावर तथा पर्फमेन्स समेत उच्च भएको भन्दै ग्राहकले एफजी सिरिज बढीमात्रामा खोज्ने गरेका छन् ।’

उनको भनाइमा सहमति जनाउँदै पुरानो बानेश्वरस्थित अर्को रिकिन्डसन व्यवसायी भन्छन, ‘पल्सर सिरिज पुरानो भएका कारण पनि नयाँ मोडल एफजीमा युवाहरु बढी आकर्षित हुन थालेका हुन् । यो मोडलमा यामाहाले हरेक वर्ष केही न केही नयाँ परिबर्तन गर्दै गएका कारण पनि युवाहरुको खोजीमा एफजी पर्न थालेको हो ।’ यो मोडलमा युवाहरुको आकर्षण बढ्न थालेपछि बजारमा माग बढ्न थालेको र पहिलेको तुलनामा रिसेल भ्यालुसमेत उच्च हुँदै गएको उनको भनाइ छ ।

उता बिगत लामो सयमदेखि युवाहरुको पहिलो रोजाइमा पर्दै गएको पल्सर सिरिजको भने हाल रिसेल भ्यालु क्रमशः कम हुँदै गइरहेको उनीहरुले बताए । महिनैपिच्छे मूल्य वृद्धि हुनु, स्पेयर पार्ट्स बलियो तथा टिकाउ नहुनु र बाइक पुरानो हुँदै जाँदा माइलेज धेरैले कम हुने कारण पनि ग्राहकले पल्सरको विकल्प यामाहा एफजीलाई लिन थालेको उनीहरुको भनाइ छ । यता यामाहा एफजीको भने स्पेयर पार्ट्स र मेन्टिनेन्स खर्च महंगो पर्ने गुनासो बढी मात्रामा आउने गरेको उनीहरुको भनाइ छ ।

नेपाली बजारमा हाल पल्सरका १२५, १५०, एनएस १६०, एनएस २०० एबिएस, एनएस २०० एफआई, २२० एफ मोडल उपलब्ध छन् । त्यसैगरी एफजी सिरिज अन्तर्गत एफजी २५, एफजीएस भी३, एफजीएस भी२ र एफजी भी२ मोडल उपलब्ध छन् । यामाहाका यी सबै मोडलमा फ्युल इन्जिेक्सन भनिने एफआई इन्जिन जडान गरिएको छ ।

सम्बन्धित समाचारहरू

बजाजले ३५० सीसी सेगमेन्टमा नयाँ बाइक ल्याउने, रोयल इन्फिल्डसँग प्रतिस्पर्धा हुने

बजाजले ३५० सीसी सेगमेन्टमा नयाँ बाइक ल्याउने, रोयल इन्फिल्डसँग प्रतिस्पर्धा हुने

बजाजले ३५० सीसी सेगमेन्टमा रोयल इन्फिल्डसँग प्रतिस्पर्धा गर्न बेलायतको...

फर्केर हेर्दा २०७७ : भर्चुअल लन्चको वर्ष

फर्केर हेर्दा २०७७ : भर्चुअल लन्चको वर्ष

विक्रम संवत २०७७ सकिदै छ । वर्ष २०७७ लाग्दै गर्दा विश्वभर कोरोना भाइरसकेको...

पल्सर १५० किनेका आलमले जिते १ लाख नगद पुरस्कार

पल्सर १५० किनेका आलमले जिते १ लाख नगद पुरस्कार

काठमाडौं–बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...