अधिकृत आयातकर्ता र वितरकले मात्र स्पेयर पार्ट्स ल्याउन पाउनुपर्ने नाडाको माग
काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले स्पेयर पार्ट्स वितरण...
काठमाडौं – श्री एसटीसी ग्रुपले कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत बागमती प्रदेश सरकारलाई २ सय थान अक्सिजन सिलिन्डर प्रदान गरेको छ । कोभिड–१९ को दोस्रो लहरको महामारीसँगै देशका विभिन्न क्षेत्रमा व्यापक अक्सिजन एवम् अक्सिजन सिलिन्डर अभावले धेरै बिरामीले ज्यान गुमाउनु परेको र अक्सिजन सिलिन्डर पर्याप्त नभएको अवस्थामा विभिन्न व्यावसायिक प्रतिष्ठानहरुबाट सरकारलाई सहयोग आउने क्रम जारी रहेको अवस्थामा श्री एसटीसी ग्रुपले समेत सहयोग प्रदान गरेको हो ।
श्री एसटीसी ग्रुपका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेती र निर्देशक कृष्ण प्रसाद दुलाल लगायतले २ सय थान अक्सिजन सिलिन्डर एवम् सिलिन्डर रेगुलेटर बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेललाई हस्तान्तरण गरे ।
देशलाई परेको यस्तो स्वास्थ्य संकटको अवस्थामा नागरिक सुरक्षाका लागि श्री एसटीसी ग्रुप हातेमालो गर्न सधै तयार रहने कम्पनीका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेतीले बताए ।

मुख्यमन्त्री पौडेलले कोभिड–१९ संक्रमित बिरामीहरुको उपचार व्यवस्थापनका लागि आवश्यक पर्ने जीवनदायक अक्सिजन सिलिन्डर उपलब्ध गराएकोमा श्री एसटीसी ग्रुपलाई धन्यवाद दिए । उनले सरकारलाई आवश्यक पर्ने यस प्रकारको मानवीय सहयोग उपलब्ध गराउने व्यवसायीहरुलाई हर प्रकारका सहुलियत उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे ।
श्री एसटीसी ग्रुप नेपालमा अटोमोबाइलका विभिन्न ब्रान्डका स्पेयर पार्ट्स, टायर, ल्युब तथा ब्याट्रीको आधिकारिक बिक्रेता एवम् उत्पादक कम्पनी हो ।
काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले स्पेयर पार्ट्स वितरण...
हेलमेट ट्राफिक नियमको अत्यावश्यक अंग भए पनि सेफ्टीका लागि यो झनै...
आफ्टर मार्केट व्यवसायमा परिचित ब्रान्ड उनो मिन्डाले आफ्नो कार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...