स्पार्क प्लग हेरेर थाहा पाउन सकिन्छ इन्जिनको अवस्था, कुन संकेतले के भन्छ?
पेट्रोल इन्जिन भएका कार वा मोटरसाइकलमा स्पार्क प्लग निकै महत्वपूर्ण...
आफ्टर मार्केट व्यवसायमा परिचित ब्रान्ड उनो मिन्डाले आफ्नो कार इन्फोटेनमेन्ट सिस्टम डब्ल्युटीयूएलईएस–६४९टीएएसीपी भारतमा लन्च गरेको छ । यो ९.० इन्चको युनिभर्सल एन्ड्रोइड प्लेयर हो जसको मूल्य ३४ हजार ९९० भारु छ ।
यस सिस्टममा टी५ प्रोसेसर उपलब्ध छ, जसले एन्ड्रोइड अटो र एप्पल कारप्लेसँग वायरलेस कनेक्टिभिटी सपोर्ट गर्छ । यसमा एन्ड्रोइड ११, ४ जीबी ¥याम, ३६ ब्यान्ड इक्वलाइजर र ३६० डिग्री क्यामेरा कन्ट्रोलरलगायत अन्य सुविधाहरु छ ।
प्रयोगकर्ताले ९ इन्चको युनिभर्सल कार इन्फोटेनमेन्ट सिस्टममा आफ्ना मोबाइल एप एक्सेस गर्न, कल गर्न, सन्देश पठाउन र नेभिगेसन सर्भिसको प्रयोग गर्न सक्छन् । यो ६४ जीबी इन्टरनल स्टोरेजको साथमा उपलब्ध छ, जसमा सिस्टम ह््याङको चिन्ता नलिई स्प्लिट स्क्रिनमा धेरै एप र मिडिया फाइल इन्स्टल गर्न सकिनेछ । यो सिस्टममा युट्युब र स्पोटिफाई जस्ता मिडिया एप पनि सपोर्ट हुन्छ ।
उनो मिन्डाका सीईओ राकेश खेरले अटोमोटिभ उद्योगमा इनोभेसनको नयाँ मापदण्ड स्थापिन गर्नका लागि उनो मिन्डा परिचित भएको र सो सिस्टमले कम्पनीलाई अगाडि बढाउने आशा राखेको बताए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...