अधिकृत आयातकर्ता र वितरकले मात्र स्पेयर पार्ट्स ल्याउन पाउनुपर्ने नाडाको माग

काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले स्पेयर पार्ट्स वितरण गर्ने अधिकृत आयातकर्ता र वितरकले मात्र स्पेयर पार्ट्स ल्याउन पाउनुपर्ने व्यवस्था लागु गर्न सुझाव दिएको छ । आगामी आर्थिक वर्षको बजेटमा सुझाव पठाउँदै नाडाले अधिकृत आयातकर्ता र वितरकहरुले मात्र स्पेयर पार्ट्स आयात र वितरण गर्ने व्यवस्था लागु गर्न अर्थ मन्त्रालयलाई सुझाव दिएको हो ।

हाल जोकोहीले स्पेयर पार्ट्स आयात गर्दै आएकोमा नाडाले अब अधिकृत आयातकर्ताले मात्र ती सवारीसाधनको पार्टपूर्जा आयात गर्न पाउनुपर्ने व्यवस्था लागु गर्न माग गरेको छ ।

‘यसले वास्तविक स्पेयर पार्ट्समात्र आयात हुने कुरा सुनिश्चित गर्दै स्पेयर पार्ट्सको अबैध आयातलाई निरुत्साहित गरी सरकारी राजश्व बढाउन योगदान पुर्याउँछ’ नाडाले भनेको छ ।

साथै नाडाले स्पेयर पार्ट्स आयतमा लाग्दै आएको भन्सार महशुललाई घटाएर ५ प्रतिशतमा झार्नुपर्ने माग समेत राखेको छ । स्पेयर पार्ट्स आयात गर्दा हाल एचएस कोड अनुसार १५ देखि ३० प्रतिशतसम्म भन्सार महशुल लाग्ने गरेको छ ।

सम्बन्धित समाचारहरू

विन्टर मेगा एक्सचेन्ज क्याम्प : ग्लोब्याट, एमटेक पावर र डेल्टा ब्याट्रीमा ५५ प्रतिशत छुट

विन्टर मेगा एक्सचेन्ज क्याम्प : ग्लोब्याट, एमटेक पावर र डेल्टा ब्याट्रीमा ५५ प्रतिशत छुट

काठमाडौं – बतास अर्गनाइजेसन अन्तर्गतको त्रिथुंगा ट्रेडिङ कन्सर्नले...

मकिनोले ल्यायो वान वे क्लच लगायतका विभिन्न मोडल

मकिनोले ल्यायो वान वे क्लच लगायतका विभिन्न मोडल

मकिनो अटोमोटिभले वान वे क्लच लगायतका विभिन्न नयाँ मोडलका क्लच बजारमा...

यसकारण छिट्टै जान्छ बाइकको क्लच प्लेट, बचाउन यी कुरामा ध्यान दिनुहोस्

यसकारण छिट्टै जान्छ बाइकको क्लच प्लेट, बचाउन यी कुरामा ध्यान दिनुहोस्

बाइक चलाउँदा लापरवाही गरियो भने बिस्तारै बाइकको धेरै पार्ट्स बिग्रन थाल्छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...