अधिकृत आयातकर्ता र वितरकले मात्र स्पेयर पार्ट्स ल्याउन पाउनुपर्ने नाडाको माग

काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले स्पेयर पार्ट्स वितरण गर्ने अधिकृत आयातकर्ता र वितरकले मात्र स्पेयर पार्ट्स ल्याउन पाउनुपर्ने व्यवस्था लागु गर्न सुझाव दिएको छ । आगामी आर्थिक वर्षको बजेटमा सुझाव पठाउँदै नाडाले अधिकृत आयातकर्ता र वितरकहरुले मात्र स्पेयर पार्ट्स आयात र वितरण गर्ने व्यवस्था लागु गर्न अर्थ मन्त्रालयलाई सुझाव दिएको हो ।

हाल जोकोहीले स्पेयर पार्ट्स आयात गर्दै आएकोमा नाडाले अब अधिकृत आयातकर्ताले मात्र ती सवारीसाधनको पार्टपूर्जा आयात गर्न पाउनुपर्ने व्यवस्था लागु गर्न माग गरेको छ ।

‘यसले वास्तविक स्पेयर पार्ट्समात्र आयात हुने कुरा सुनिश्चित गर्दै स्पेयर पार्ट्सको अबैध आयातलाई निरुत्साहित गरी सरकारी राजश्व बढाउन योगदान पुर्याउँछ’ नाडाले भनेको छ ।

साथै नाडाले स्पेयर पार्ट्स आयतमा लाग्दै आएको भन्सार महशुललाई घटाएर ५ प्रतिशतमा झार्नुपर्ने माग समेत राखेको छ । स्पेयर पार्ट्स आयात गर्दा हाल एचएस कोड अनुसार १५ देखि ३० प्रतिशतसम्म भन्सार महशुल लाग्ने गरेको छ ।

सम्बन्धित समाचारहरू

पार्किङ गर्दा ९० प्रतिशतले राख्छन् बाइकलाई साइड स्ट्यान्डमा, तर धेरैलाई थाहा छैन यी असर

पार्किङ गर्दा ९० प्रतिशतले राख्छन् बाइकलाई साइड स्ट्यान्डमा, तर धेरैलाई थाहा छैन यी असर

बाइक बढी मत्रामा प्रयोग हुने सवारी साधन हो । बाइकबाट कुनै पनि गन्तव्यमा...

यूनिक टु ह्विल्सले नेपाल ल्यायो भारतको लोकप्रिय बाइक एसेसोरिज

यूनिक टु ह्विल्सले नेपाल ल्यायो भारतको लोकप्रिय बाइक एसेसोरिज

काठमाडौं– भारतको प्रख्यात टु ह्विलर एसेसोरिज मोटो जिनियस नेपाल आएको छ । यो...

मोटर पार्ट्स गोदाममा आगलागी

मोटर पार्ट्स गोदाममा आगलागी

बुटवल – बुटवलको कालिकानगरमा रहेको एक मोटर पार्ट्सको गोदाममा आगलागी भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...