एमजीले ल्यायो एक्सपर्ट प्लेटफर्म : एमजी कारको जानकारी अब घरैमा बसेर लिने सकिने
एमजी मोटर इन्डियाले कम्पनीले पेश गरेको मोडल अनुभव गर्नका लागि एआर...
जेएसडब्ल्यू एमजी मोटर इन्डियाले आफ्नो फ्ल्यागशिप एसयूभी म्याजेस्टरको उत्पादन सुरु भएको घोषणा गरेको छ । एसयूभी गुजरातमा रहेको ब्रान्डको हलोल प्लान्टमा उत्पादन भइरहेको छ ।
भारतमा हाल यसको प्रि–बुकिङ समेत सुरु भैसकेको छ । बुकिङका लागि ग्राहकले ४१ हजार भारु भुक्तानी गर्नुपर्ने वताइएको छ । निकै नै शक्तिशाली इन्जिन र आधुनिक फिचरले भरिपूर्ण यस एसयूभी सार्बजनिक भएयता चर्चामा रहँदै आएको छ ।
एमजी म्याजेस्टरमा २.० लिटर, ट्विन टर्बो डिजेल इन्जिन जडान गरिएको छ, जसले २१३ बीएचपी र ४७८ एनएम टर्क जेनेरेट गर्दछ । इन्जिन ८ स्पीड अटोमेटिक ट्रान्समिसन र लकिङ डिफरेंशियल सहितको फोर वाई फोर सिस्टमसँग जोडिएको छ ।
६ र ७ सिट लेआउटमा उपलब्ध यस एसयूभीमा १२.३–इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, प्यानोरामिक सनरुफ, मसाज फंक्सन सहितको भेन्टिलेटेड फ्रन्ट सिट, १२ वे पावर ड्राइभर सिट, जेस्चर कन्ट्रोल सहितको पावर टेलगेट र दुई वटा वायरलेस स्मार्टफोन चार्जर लगायत विशेषता उपलब्ध गराइएको छ । यसमा लेभल २ एडास, ३६० डिग्री क्यामेरा, ६ वटा एयरब्याग र १० वटा अफरोड मोड समावेश छन् ।
जेएसडब्लू एमजी मोटर इण्डियाले म्याजेस्टरमा ५ वर्षको असीमित किलोमिटर वारेन्टी, ५ वर्षको रोडसाइड सहायता र ५ वटा लेवर फ्री सर्भिस प्रदान गर्ने जनाएको छ ।
एमजी म्याजेस्टर नेपाली बजारमा समेत प्रतिक्षा गरिएको एसयूभी हो । भारतमा बिक्री प्रारम्भ भए लगत्तै यो नयाँ एसयूभी नेपाली बजारमा समेत उपलब्ध हुने अनुमान गर्न सकिन्छ । भारतमा उत्पादन हुने एमजीका उत्पादन बिक्री गर्नेगरी हालैमात्र जीओ आटेमोबाइल्स नियुक्त भएको छ । कम्पनीले हाल एमजी विन्डसर, कोमेट र नयाँ हेक्टर बिक्री गर्दै आएको छ ।
एमजी मोटर इन्डियाले कम्पनीले पेश गरेको मोडल अनुभव गर्नका लागि एआर...
काठमाडौं– एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारमाउन्ट मोटर्सले...
जेएसडब्ल्यू एमजीले भारतीय बजारमा नयाँ गाडीको रूपमा एमजी साइबरस्टर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...