नयाँ कार किन्दै हुनुहुन्छ ? मूल्य मात्र सबै कुरा होइन, यी कुरामा दिनुस् ध्यान

तपाई नयाँ कार किन्ने सोचमा हुन सक्नुहुन्छ । यो अवस्थामा कारको मूल्यमा तपाईले बढी ध्यान दिनुभएको हुन सक्छ । त्यसपछि फिचरको कुरा होला । यो भन्दा बाहेक अरु कुरातिर पनि ध्यान दिनुभएको छ कि ?

धेरैले यो भन्दा बढी ध्यान दिएको पाइदैन । शोरुममा पनि सबैभन्दा पहिले यी कुराकै बारेमा बढी छलफल हुन्छ । कार खरिदको समयमा शोरूमले ग्राहकलाई कारको मोडल, मूल्य, सुुविधा र माइलेज आदिको बारेमा सबै जानकारी दिएका हुन्छन् । यद्यपि डिलरशिपले आफ्नो फाइदाको लागि सबै जानकारीहरू ग्राहकहरूसँग साझा गरेका हुँदैनन् ।

कारको मूल्यमा प्रायः कम्पनीहरुले छुट उपलब्ध गराएका हुन्छन् । त्यसैगरी कार किन्दा यसको साथमा कुन कुन अन्य सुविधा उपलब्ध हुन्छन् भन्ने वारेमा पनि जानकारी राख्नु आवश्यक हुन्छ ।

कारमा छुट
फेस्टिभ सिजनको साथै अन्य समयमा पनि कम्पनीले कारको मूल्यमा छुट दिएको हुन्छ । यसमा नगद छुट, एक्सटेन्डेड वारेन्टी, सर्भिसिङ वा एसेसरिज जस्ता लाभहरू समावेश रहेको छ । यद्यपि कहिलेकाँही कम्पनीहरूले यी आवश्यक विवरणहरू सार्वजनिक गर्दैनन् भने डिलरशिपले यसको जानकारी ग्राहकलाई दिएको हुँदैन जसले गर्दा ग्राहकहरूले नोक्सान बेहोर्नु पर्ने हुन्छ । त्यसैले ग्राहकले समग्र पक्षको वारेमा जानकारी लिनु आवश्यक हुन्छ ।

मूल्य
कुनै पनि कम्पनीले फिक्स मुल्यमा कार बिक्री गरेको हुँदैन । यसको लागि डिलरशिपसँग छुटको कुरा गर्न सकिन्छ । कारको मूल्य अनुसार सामान्यतः ५० हजार देखि बढी नै छुट हुन सक्छ । यसको वारेमा राम्रोसँग बुझेर छलफलका आधारमा छुट उपलब्ध हुन सक्छ ।

एसेसरिज
कार किनेर मात्र हुँदैन । यसमा प्रयोग गरिने एसेसरिज पनि उत्तिकै महंगो हुन्छ । त्यसैले कार किनेपछि एसेसरिजका लागि कति थप पैसा लाग्छ वा कम्पनीले नै कति एसेसरिज निःशुल्क उपलब्ध गराउछ भन्ने वारेमा थाहा हुनुपर्छ । कतिपय शोरुमले कम्पनीले उपलब्ध गराइरहेको निःशुृल्क एसेसरिज उपलब्ध नगराउन पनि सक्छन् । यस्ता एसेसरिजको मूल्य समेत लाखौ रुपैयाँ हुन सक्छ । त्यसैले यी सबैको वारेमा जानकारी हुन सक्छ ।

बिक्री पछिको सेवा
कार किनेर मात्र हुँदैन, त्यसपछि कम्पनीले दिने वारेन्टी र अन्य पक्षको वारेमा समेत जानकारी हुनु आवश्यक हुन्छ । कुन कम्पनीको कार किन्दा कति वारेन्टी छ र कुन कुन स्थानमा सर्भिस सेन्टर छ भन्ने वारेमा थाहा हुनु आवश्यक हुन्छ । यसो भयो भने लामो समय सम्म सेवा प्राप्त गर्न सकिन्छ ।

रिसेल भ्याल्यु
कार किनेर मात्र हुँदैन, फेरि बेचेर अर्को किन्न पनि सकिन्छ । यो अवस्थामा रिसेल भ्याल्यु राम्रो हुनुपर्छ । यसले गर्दा रिसेल भ्याल्यु कुन कम्पनीको राम्रो छ भन्ने वारेमा पनि थाहा हुनु पर्छ ।

ब्रान्ड फोकस
कतिपय अवस्थामा ब्रान्डले महत्वपूर्ण भूमिका खेल्छ । पछि बेब्च्नका लागि भन्दा पनि आफ्नो स्टाटस सिम्बोलका लागि कार किन्नेहरु पनि प्रशस्तै छन् । यो अवस्थामा कुन ब्रान्डको कार प्रयोग गर्दा आफ्नो स्टाटस सिम्बोल झल्किन्छ भन्ने वारेमा जानकारी हुनु आवश्यक हुन्छ । त्यही अनुसारको ब्रान्ड प्रयोग गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

आरएसके ट्रेडले ल्यायो हिरो एक्सपल्सको मिरर, सुलभ मूल्यमा उपलब्ध हुने

आरएसके ट्रेडले ल्यायो हिरो एक्सपल्सको मिरर, सुलभ मूल्यमा उपलब्ध हुने

काठमाडौं– स्पेयर पार्ट्स व्यवसायमा स्थापित कम्पनी आरएसके ट्रेड...

कार रेडिएटर के हो ? यसले के काम गर्छ ?

कार रेडिएटर के हो ? यसले के काम गर्छ ?

कारमा यस्ता धेरै उपकरण जडान गरिएको हुन्छ जसले कारको परफर्मेन्समा...

यसकारण छिट्टै जान्छ बाइकको क्लच प्लेट, बचाउन यी कुरामा ध्यान दिनुहोस्

यसकारण छिट्टै जान्छ बाइकको क्लच प्लेट, बचाउन यी कुरामा ध्यान दिनुहोस्

बाइक चलाउँदा लापरवाही गरियो भने बिस्तारै बाइकको धेरै पार्ट्स बिग्रन थाल्छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...