स्पार्क प्लग हेरेर थाहा पाउन सकिन्छ इन्जिनको अवस्था, कुन संकेतले के भन्छ?
पेट्रोल इन्जिन भएका कार वा मोटरसाइकलमा स्पार्क प्लग निकै महत्वपूर्ण...
काठमाडौं– स्पेयर पार्ट्स व्यवसायमा स्थापित कम्पनी आरएसके ट्रेड कन्सर्नले हिरो एक्सपल्सको मिरर उपलब्ध गराएको छ । चिनको प्रख्यात कम्पनीबाट उत्पादन हुने सो मिररलाई आरएसके ट्रेडले एचवाईबी–एमआर ब्रान्डमा उपलब्ध गराएको हो ।
जेन्यूइन सरहकै गुणस्तर भएपनि यसको मूल्य निकै सुलभ रहेको कम्पनीका चेयरम्यान शशिकान्त अग्रवालले बताए । ‘हामीले विगत लामो समयदेखी चीनबाट बिभिन्न ब्रान्डका गुणस्तरिय स्पेयर पार्ट्स आयात गर्दै आएका छौ । बजारको माग र उपभोक्ताको आवश्यकतालाई मध्येनजर गरी आयात गरिने हुँदा हामीले ल्याउने सबैजसो पार्ट्स बजारमा सफल भएका छन् । यसै क्रममा पछिल्लो समय बजारमा निकै माग भएको हिरो एक्सपल्सको मिरर आयात थालेका हौँ’ उनले भने ।
बलियो, टिकाउ र प्रष्ट भिजिबिलिटी भएको यस मिररको डिजाइन समेत निकै आकर्षक रहेको छ । गुणस्तरमा सम्झौता नगरी उत्पादन गरिएका कारण यो निकै बलियो रहेको कम्पनीले दाबी गरेको छ ।
आरएसके ट्रेड कन्सर्नले हाल एचवाईबी–एमआर, एचवाईबी–एमएफ, एचवाईबी–एसएस, आरएसके, एनएसटी, एक्सजिबी र केयरवे लगायत दर्जन बढी आफ्नै ब्रान्डमा स्पेयर पार्ट्स उपलब्ध गराउँदै आएको छ । देशैभर बिक्री नेटवर्क भएको यस कम्पनीले टु–ह्विलर स्पेयर पार्ट्सको व्यावसायमा आफ्नो अलग्गै पहिचान कायम गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...