आरएसके ट्रेडले ल्यायो हिरो एक्सपल्सको मिरर, सुलभ मूल्यमा उपलब्ध हुने

काठमाडौं– स्पेयर पार्ट्स व्यवसायमा स्थापित कम्पनी आरएसके ट्रेड कन्सर्नले हिरो एक्सपल्सको मिरर उपलब्ध गराएको छ । चिनको प्रख्यात कम्पनीबाट उत्पादन हुने सो मिररलाई आरएसके ट्रेडले एचवाईबी–एमआर ब्रान्डमा उपलब्ध गराएको हो ।

जेन्यूइन सरहकै गुणस्तर भएपनि यसको मूल्य निकै सुलभ रहेको कम्पनीका चेयरम्यान शशिकान्त अग्रवालले बताए । ‘हामीले विगत लामो समयदेखी चीनबाट बिभिन्न ब्रान्डका गुणस्तरिय स्पेयर पार्ट्स आयात गर्दै आएका छौ । बजारको माग र उपभोक्ताको आवश्यकतालाई मध्येनजर गरी आयात गरिने हुँदा हामीले ल्याउने सबैजसो पार्ट्स बजारमा सफल भएका छन् । यसै क्रममा पछिल्लो समय बजारमा निकै माग भएको हिरो एक्सपल्सको मिरर आयात थालेका हौँ’ उनले भने ।

बलियो, टिकाउ र प्रष्ट भिजिबिलिटी भएको यस मिररको डिजाइन समेत निकै आकर्षक रहेको छ । गुणस्तरमा सम्झौता नगरी उत्पादन गरिएका कारण यो निकै बलियो रहेको कम्पनीले दाबी गरेको छ ।

आरएसके ट्रेड कन्सर्नले हाल एचवाईबी–एमआर, एचवाईबी–एमएफ, एचवाईबी–एसएस, आरएसके, एनएसटी, एक्सजिबी र केयरवे लगायत दर्जन बढी आफ्नै ब्रान्डमा स्पेयर पार्ट्स उपलब्ध गराउँदै आएको छ । देशैभर बिक्री नेटवर्क भएको यस कम्पनीले टु–ह्विलर स्पेयर पार्ट्सको व्यावसायमा आफ्नो अलग्गै पहिचान कायम गरेको छ ।

सम्बन्धित समाचारहरू

नाडा अटो शो २०२५ मा लन्च गरियो लन्च स्क्यानर, फ्युल इन्जेक्टर र न्युमेटिक टुल लगायतका उपकरण

नाडा अटो शो २०२५ मा लन्च गरियो लन्च स्क्यानर, फ्युल इन्जेक्टर र न्युमेटिक टुल लगायतका उपकरण

काठमाडौं – विश्व प्रख्यात लन्च ब्रान्डको स्क्यानर नेपाली बजारमा...

नक्कली स्पेयर पार्ट्स बढेको भन्दै बजाजले ल्यायो ‘सुनेर हैन, हेरेर मात्र पत्याउँ’ अभियान

नक्कली स्पेयर पार्ट्स बढेको भन्दै बजाजले ल्यायो ‘सुनेर हैन, हेरेर मात्र पत्याउँ’ अभियान

काठमाडौं । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड...

एक्साइडले ल्यायो १५ महिना वारेन्टी भएका विद्युतीय रिक्सा ब्याट्री

एक्साइडले ल्यायो १५ महिना वारेन्टी भएका विद्युतीय रिक्सा ब्याट्री

काठमाडौं – एक्साइड ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...