गम्भीर दुर्घटनामा पनि खुलेन एयरब्याग, एक्सपेङले भन्यो– मापदण्ड पुगेन
काठमाडौं–चीनमा दुर्घटनाका कारण मर्मत गर्न नसकिने अवस्थामा पुगेको...
इलेक्ट्रिक र हाइब्रिड कार बजारमा अटोमोटिभ मिडिया प्लेटफर्मले आयोजना गरेको रियल वर्ल्ड ड्राइभिङ कन्डिशन्स परीक्षणमा एक्सपेङको नयाँ क्रसओभर एक्सपेङ मोना एल०५ एक्सटेन्डेड इलेक्ट्रिक भेइकलले १,१९४.२ किलोमिटर दूरी पार गरेको छ। सो परीक्षणमा कारले बीचमा न त ब्याट्री चार्ज गर्नुपर्यो, न त पेट्रोल भर्नुपर्यो ।
चिनियाँ बजारमा यसको मूल्य १ लाख ६९ हजार ८०० युआनबाट सुरु हुन्छ। यसको मूल्य भेरियन्टअनुसार १ लाख ९१ हजार ८०० युआनसम्म पुग्छ।
एक्सपेङले सो परीक्षण चीनको जी२२८ राजमार्ग हुँदै ग्वाङ्झाउबाट वेन्झाउसम्म यात्रा गरेको थियो। परीक्षणका क्रममा कारको एयर कन्डिसन २४ डिग्री सेल्सियसमा राखिएको थियो भने पावर सेभिङका लागि अल्ट्रा पावर सेभिङ मोड प्रयोग गरिएको थियो।
परीक्षणको सुरुवाती २५२.७ किलोमिटर दूरी कारले इलेक्ट्रिक मोडमै पार गरेको थियो। यस क्रममा यसको औसत ऊर्जा खपत प्रति १०० किलोमिटर ११.७ किलोवाट आवर रहेको छ। यसको परीक्षण २३ घण्टा १४ मिनेटसम्म चलेको थियो। अधिकांश समय कारको गति प्रतिघण्टा ५० देखि ८० किलोमिटरको बीचमा राखिएको थियो।
कारले संयुक्त रूपमा प्रति १०० किलोमिटर ३.७ लिटर पेट्रोल खपत गरेको दाबी गरिएको छ। यही औसत खपतलाई आधार मान्दा प्रति लिटर पेट्रोलमा करिब २७ किलोमिटर यात्रा गर्न सकिने देखिन्छ। यसमा २४५ हर्सपावर क्षमताको रियर ह्विल ड्राइभ इलेक्ट्रिक मोटर र ३७.२ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री रहेको छ। साथै यसमा १.५ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिन जडान गरिएको छ ।
एक्सपेङ मोना एल०५ को लम्बाइ ४८७० एमएम, चौडाइ १९३० एमएम र उचाइ १६३६ एमएम रहेको छ। यसको ह्विलबेस २९४० एमएम छ । कारमा ७०२ लिटर क्षमताको बुट स्पेस रहेको छ। इन्टेरियरमा १७.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र २६.८ इन्चको हेड-अप डिस्प्ले दिइएको छ। यसमा बर्न इलेक्ट्रिक भेइकल र रेन्ज एक्सटेन्डर इलेक्ट्रिक भेइकल गरी दुई प्रकारका पावरट्रेन उपलब्ध छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...