यसकारण छिट्टै जान्छ बाइकको क्लच प्लेट, बचाउन यी कुरामा ध्यान दिनुहोस्

बाइक चलाउँदा लापरवाही गरियो भने बिस्तारै बाइकको धेरै पार्ट्स बिग्रन थाल्छ । यस्तो अवस्थामा बाइकको क्लच प्लेट पनि बारम्बार बिग्रन्छ । क्लच प्लेट बिग्रिने गरी यस्ता लापरवाहीबाट बच्न यी उपाय अपनाउन सकिन्छ ।

गियर परिवर्तन गर्दा होसियार हुनुहोस्
उच्च गतिमा बाइक चलाउँदा वा गियरलाई तल्लो गियरमा परिवर्तन गर्नु परेमा पहिले बाइकको गति घटाउनुपर्छ । उच्च गतिमा गियर परिवर्तन गर्दा क्लच र गियर दुवैमा क्षति पुग्न सक्छ । त्यसैले पहिले बाइकको गति घटाउनुपर्छ र त्यसपछि गियर परिवर्तन गर्नुपर्छ । त्यसपछि मात्र क्लच छोड्नुपर्छ ।

ब्रेकको सही उपयोग गर्नुहोस्
तीव्र गतिमा हुँइकिरहेको बाइकलाई एक्कासी रोक्नु परेमा कहिल्यै पनि पहिले ब्रेक दबाउनु हुँदैन । त्यसो गर्दा क्लच प्लेट र ब्रेक चाँडै बिग्रन सक्छ । त्यसैले यसको लागि सर्वप्रथम बाइकको गति घटाउने र त्यसपछि रोक्नको लागि क्लच र ब्रेक प्रयोग गर्नुपर्छ ।

तालमेल राख्नुहोस्
क्लच दबाएर बाइक चलाउनु वा क्लचलाई बारम्बार थिचेर एक्सिलरेटर दबाउँदा क्लच प्लेटमा क्षति हुने जोखिम बढ्छ । लामो समयसम्म यस्तो लापरवाहीपूर्वक बाइक चलाउँदा क्लच प्लेट जल्न सक्ने सम्भावना बढ्छ ।

बिस्तारै चलाउँदा यी कुरामा ध्यान दिनुहोस्,
कम गतिमा बाइक चलाउँदा पहिले ब्रेक दबाउनु हुँदैन । ब्रेक लगाउनु पर्ने अवस्था आएमा पहिले क्लचलाई हल्का थिच्नुपर्छ र त्यसपछि मात्र ब्रेक प्रयोग गर्नुपर्छ । यसो गर्दा बाइकको क्लचमा कुनै क्षति हुँदैन र इन्जिनमा पनि नराम्रो असर पर्दैन ।

सम्बन्धित समाचारहरू

सवारी साधनमा स्टेयरिङ ह्विल देश अनुसार फरक हुन्छ, थाहा छ किन ?

सवारी साधनमा स्टेयरिङ ह्विल देश अनुसार फरक हुन्छ, थाहा छ किन ?

सवारी साधनको स्टेयरिङ ह्विलको पोजिसन विश्वभर एउटै हुँदैन । नेपाल, भारत र...

सतुंगलमा खुल्यो आईसर गाडीको पहिलो ईजिपी सेन्टर

सतुंगलमा खुल्यो आईसर गाडीको पहिलो ईजिपी सेन्टर

काठमाडौं–आइसर कमर्सियल गाडीको नेपालका लागि आधिकारिक वितरक बतास एमएडब्लु...

केज ब्याट्रीको नेपालमा १ बर्ष पुरा, नयाँ प्रविधिमा आधारित ग्रिन जेल ब्याट्री भित्रिदै

केज ब्याट्रीको नेपालमा १ बर्ष पुरा, नयाँ प्रविधिमा आधारित ग्रिन जेल ब्याट्री भित्रिदै

काठमाडौं – स्पेयर पार्ट्स व्यवसायमा स्थापित सत्यदीप इन्टरनेसनल प्रालिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...