स्पार्क प्लग हेरेर थाहा पाउन सकिन्छ इन्जिनको अवस्था, कुन संकेतले के भन्छ?
पेट्रोल इन्जिन भएका कार वा मोटरसाइकलमा स्पार्क प्लग निकै महत्वपूर्ण...
बाइक चलाउँदा लापरवाही गरियो भने बिस्तारै बाइकको धेरै पार्ट्स बिग्रन थाल्छ । यस्तो अवस्थामा बाइकको क्लच प्लेट पनि बारम्बार बिग्रन्छ । क्लच प्लेट बिग्रिने गरी यस्ता लापरवाहीबाट बच्न यी उपाय अपनाउन सकिन्छ ।
गियर परिवर्तन गर्दा होसियार हुनुहोस्
उच्च गतिमा बाइक चलाउँदा वा गियरलाई तल्लो गियरमा परिवर्तन गर्नु परेमा पहिले बाइकको गति घटाउनुपर्छ । उच्च गतिमा गियर परिवर्तन गर्दा क्लच र गियर दुवैमा क्षति पुग्न सक्छ । त्यसैले पहिले बाइकको गति घटाउनुपर्छ र त्यसपछि गियर परिवर्तन गर्नुपर्छ । त्यसपछि मात्र क्लच छोड्नुपर्छ ।
ब्रेकको सही उपयोग गर्नुहोस्
तीव्र गतिमा हुँइकिरहेको बाइकलाई एक्कासी रोक्नु परेमा कहिल्यै पनि पहिले ब्रेक दबाउनु हुँदैन । त्यसो गर्दा क्लच प्लेट र ब्रेक चाँडै बिग्रन सक्छ । त्यसैले यसको लागि सर्वप्रथम बाइकको गति घटाउने र त्यसपछि रोक्नको लागि क्लच र ब्रेक प्रयोग गर्नुपर्छ ।
तालमेल राख्नुहोस्
क्लच दबाएर बाइक चलाउनु वा क्लचलाई बारम्बार थिचेर एक्सिलरेटर दबाउँदा क्लच प्लेटमा क्षति हुने जोखिम बढ्छ । लामो समयसम्म यस्तो लापरवाहीपूर्वक बाइक चलाउँदा क्लच प्लेट जल्न सक्ने सम्भावना बढ्छ ।
बिस्तारै चलाउँदा यी कुरामा ध्यान दिनुहोस्,
कम गतिमा बाइक चलाउँदा पहिले ब्रेक दबाउनु हुँदैन । ब्रेक लगाउनु पर्ने अवस्था आएमा पहिले क्लचलाई हल्का थिच्नुपर्छ र त्यसपछि मात्र ब्रेक प्रयोग गर्नुपर्छ । यसो गर्दा बाइकको क्लचमा कुनै क्षति हुँदैन र इन्जिनमा पनि नराम्रो असर पर्दैन ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...