सडक मर्मतको क्षेत्रमा बजेट बढाइने, सडक सुरक्षाका लागि विभिन्न कार्य गरिने

काठमाडौं – आगामी आर्थिक वर्षमा सडक मर्मतको क्षेत्रमा बजेट बढाइने र करिव १६/१७ अर्ब बजेट यसका लागि छुट्याउने तयारी भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले जानकारी दिए ।

छैटौं यूएन ग्लोबल रोड सेफ्टी विकको अवसरमा आज आयोजित ‘स्पिड म्यानेजमेनट एन्ड रोड सेफ्टी ल’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सचिव श्रेष्ठले सो जानकारी दिएका हुन् ।

यूएन डिकेड अफ रोड सेफ्टी एक्सन प्लान (२०२१–२०३०) अनुसार हालको सडक दुर्घटनालाई आधा घटाउने लक्ष्य छ । यसका लागि हालको सडक सुरक्षा परिषदलाई अझै सक्रिय बनाउने र सरोकारवालाहरुसँग सरसल्लाह गरेर अगाडि बढ्ने समेत श्रेष्ठले बताए ।

सडक सुरक्षा सम्बन्धी विधेयक कानुन मन्त्रालयमा विचाराधिन रहेको र यसमा सडक सुरक्षा सम्बन्धी विभिन्न व्यवस्था गरिएको सचिव श्रेष्ठले बताए । उनका अनुसार यसमा सडक सुरक्षा कोषको व्यवस्था गरिने र यसमा विभिन्न प्रकारका जरिवाना, अनुदान र बिमा तथा संघ संस्थाबाट प्राप्त रकम जम्मा गरिने छ ।

सरकारले आगामी दिनमा पनि सुरक्षित सडकका लागि विभिन्न कार्य गर्नेछ । सचिव श्रेष्ठका अनुसार रोड सेफ्टी अडिट शुरु भइसकेको छ । त्यसैगरी ब्लाइन्ड स्पट स्टडी प्रारम्भ गरिएको छ भने सुरक्षित सडकका लागि ग्लास ब्यारियर, कंक्रिट ब्लक आदि राख्ने कार्य पनि भइरहेको छ ।

रोड सेफ्टी म्यानेजमेन्ट इन्फोर्मेसन सिस्टम राख्ने कार्यका लागि आवश्यक अध्ययन भइरहेको छ । सरकारले विश्व बैंकको सहयोगमा विभिन्न सार्वजनिक सवारी साधनहरुमा जीपीएस राख्ने कार्य पनि गरिरहेको छ ।

ग्लोबल एलायन्स फर एनजीओज फर रोड सेफ्टी, स्वतन्त्रता अभियान, नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) र नेसनल एलायन्स फर सेफ एन्ड सस्टेनेबल मोबिलिटीको आयोजनामा सो अन्तरक्रिया जुममार्फत गरिएको थियो ।

Streets for Life नाराका साथ छैटौं यूएन ग्लोबल रोड सेफ्टी विक मे १७ देखि २३ सम्म विश्वभर मनाइदै छ ।

सम्बन्धित समाचारहरू

दुईपांग्रेको यात्रा : हेल्मेट मात्र पर्याप्त छैन

दुईपांग्रेको यात्रा : हेल्मेट मात्र पर्याप्त छैन

नेपालको सडक सञ्जालमा गुड्ने सवारी साधनमध्ये करिब ८० प्रतिशत हिस्सा...

सडकको अवस्था जानकारी लिन क्युआर कोड स्क्यान गर्न सकिने, नेपाल प्रहरीले ल्यायो यस्तो सुविधा

सडकको अवस्था जानकारी लिन क्युआर कोड स्क्यान गर्न सकिने, नेपाल प्रहरीले ल्यायो यस्तो सुविधा

काठमाडौं – अविरल वर्षाका कारण देशभरको अवस्था अस्तव्यस्त बनेको छ । यसका...

चन्द्रागिरिमा सवारी साधनको निःशुल्क परीक्षण सम्पन्न

चन्द्रागिरिमा सवारी साधनको निःशुल्क परीक्षण सम्पन्न

काठमाडौं – काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषणलाई कम गर्ने प्रयास...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...