एनएमबि बैंकद्वारा बस भाडा तिर्न सहज हुने कन्ट्याक्टलेस कार्ड जारी

काठमाडौं - एनएमबि बैंकले हालको परिवेश र सुरक्षाको आवश्यकतालाई मध्यनजर गर्दै बस भाडा तिर्नको लागी कन्ट्याक्टलेस कार्ड जारी गरेको छ ।

घरमै बसी ओम्नी च्यानलमार्फत खाता लगायत विविध बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले कोभिडबाट सुरक्षाको साथै क्यासलेस समाज निर्माणमा सहकार्य गर्न फिन्टेक इन्टरनेशनलसँग सहकार्य गर्नेगरी समझदारी गरेको हो । उक्त कार्डबाट यात्रीद्वारा तय गरेको दुरीका आधारमा बस भाडा स्वतः गणना हुनेछ र सो भाडा कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्न सकिनेछ । 

यस्तै प्रकारको भुक्तानी प्रणाली विश्वको विकसित मुलुकको शहरहरुमा प्रयोग भइरहेको पाइन्छ । हालको प्रतिकुल परिस्थितिमा ग्राहकलाई बस भाडा तिर्ने कार्यमा सहजता होस भन्ने उद्देश्यका साथ बैंकले यो सेवा प्रदान गर्न शुभारम्भ गरेको हो । हाल संयुक्त यातायात र मत्स्य राजधानीका २० वटा बसमा यो सुविधा उपलब्ध भइरहेको र अरु विभिन्न बस व्यवसायीहरुसँग सहकार्य गरी यो सुविधा उपलब्ध गराउने कार्यमा बैंक प्रयासरत रहेको बैंकले जनाएको छ । 

सम्बन्धित समाचारहरू

जेन जी आन्दोलनबाट क्षति पुगेका सवारी किन्न ८० प्रतिशतसम्म ऋण पाइने

जेन जी आन्दोलनबाट क्षति पुगेका सवारी किन्न ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं–जेन जी आन्दोलनबाट क्षति पुगेका सवारी साधन किन्न बैंकहरूले ८०...

शुरुमा ८ लाख बुझाएर ७.३३ प्रतिशत ब्याजदरमा नेक्सन ईभी किन्न सकिने, एनएमबि बैंकले कर्जा दिने

शुरुमा ८ लाख बुझाएर ७.३३ प्रतिशत ब्याजदरमा नेक्सन ईभी किन्न सकिने, एनएमबि बैंकले कर्जा दिने

काठमाडौँ – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ...

९ महिनामा अटो लोनको ब्याजदरमा व्यापक कमी, यस्तो छ नविल र वाणिज्य बैंकको दर

९ महिनामा अटो लोनको ब्याजदरमा व्यापक कमी, यस्तो छ नविल र वाणिज्य बैंकको दर

महिनाको अन्त्यतिर बैंकहरुले अर्को महिनाका लागि अन्यका साथै अटो लोनका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...