नेपालमा प्रभाब बढाउँदै चाइनिज ब्रान्डका टु ह्विलर, कस्तो रहला अबको बजार

नेपालको टु ह्विलर बजारमा पछिल्लो समय चिनियाँ ब्रान्डले बलियो पकड बनाउन थालेको छ । भारतीय ब्रान्डको बर्चश्व रहेको टु ह्विलर बजारमा चिनियाँ ब्रान्डले चुनौती दिनुको साथै बजार हिस्सा समेत बढाउँदै लगेका छन् । यी बाइकको पकड अफरोड सेग्मेन्टमा बढ्दै गएको छ भने अन्य सेग्मेन्टमा समेत बजार बिस्तार भैरहको छ ।

आकर्षक लुक्स, सस्तो मूल्य र किफायती विशेषताका कारण चिनियाँ ब्रान्डका टु ह्विलरको बजार भोलिका दिनमा बढ्दै जाने सहजै अनुमान लगाउन सकिन्छ । हाल नेपाली बजारमा मोटरहेड, सीएफमोटो, क्रसफायर, क्रसएक्स, बेनेली र हाउजे लगायत अन्य थुप्रै ब्रान्डका बाइक चीनबाट आयात भैरहेका छन् । त्यसैगरी होन्डाको डर्ट बाइक एक्सआर, यामाहा एक्सटीजेड र हार्टफोर्ड समेत चीनबाटै आयात हुन्छन् ।

डर्ट सेग्मेन्टमा एकछत्र बजार
अफरोड बाइक समेत भनिने डर्ट सेग्मेन्टमा चीनबाट आयात हुने ब्रान्डको बजार हिस्सा निकै ठूलो छ । भलै पछिल्लो समय हिरो एक्सपल्स भित्रिएपछि यो सेग्मेन्टको समीकरण फेरबदल भएपनि प्रिमियम सेग्मेन्टमा चीनबाट आयात हुने बाइकको पकड बलियो छ ।

वार्षिक ५ हजार हाराहारीमा बिक्री हुने यो सेग्मेन्टमा ठूलो हिस्सा चीनबाट आयात हुने बाइकको छ । हरेक वर्ष नयाँनयाँ ब्रान्ड थपिदै जानु चिनियाँ ब्रान्डका लागि सुखद संकेत रहेको मोटरहेड बाइकको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडका बिजनेस हेड उज्ज्वल जोशीले बताए । हाल बजारमा चीनको आफ्नै ब्रान्ड र चीनमा निर्मित अन्य केही प्रख्यात ब्रान्डका बाइक एउटै देशबाट आयात हुँदा यसले बजारमा राम्रो सन्देश दिएको छ । ‘पहिले चिनियाँ ब्रान्डको नाम सुन्ने बित्तिकै नाक खुम्च्याउने ग्राहकले समेत अहिले ढुक्कका साथ यस्ता ब्रान्ड खरिद गर्न थालेका छन् । जसका कारण पनि भोलिका दिनमा चिनियाँ ब्रान्डको बजार बिस्तार हुनेमा ढुक्क हुन सकिन्छ’ उनले भने, ‘बाइकको बिक्रीमा मात्र केन्द्रित नभई सर्भिस र स्पेयर पार्ट्समा समेत उत्तिकै ध्यान दिन सकिएको खण्डमा अबको बजार चिनियाँ ब्रान्डले लिने देखिन्छ ।’

कस्तो रहला अबको बजार
हाल भारतीय ब्रान्डले पटक पटक मूल्य बढाउँदै लगेका कारण यस्ता बाइक महंगो हुँदै गएको छ । यस्तो अवस्थामा कम मूल्यमा आकर्षक र आरामदायी बाइक उपलब्ध गराउँदै आएका कारण भोलिका दिनमा चिनियाँ ब्रान्डले बजार लिन सक्ने आधारहरु देखा पर्न थालेका छन् ।

यस्ता बाइकको बजार दीर्घकालीन रुपमा अघि बढाउन आयातकर्ता कम्पनीहरुले विक्री प्रवद्र्धनको साथसाथै सर्भिस र स्पेयर पार्ट्समा जोड दिनुपर्ने देखिन्छ । जसको सुरुवात मोटरहेडले गरिसकेको जोशीले बताए । उनका अनुसार कम्पनीले हाल १४ स्थानमा थ्रीएस सहितको डिलर नेटवर्क विस्तार गरिसकेको छ भने निकट भविष्यमा यसलाई बढाउँदै जानेछ ।

सम्बन्धित समाचारहरू

काठमाडौं रेजर्सको एकदिने फुटसल प्रतियोगिता सम्पन्न

काठमाडौं रेजर्सको एकदिने फुटसल प्रतियोगिता सम्पन्न

काठमाडौं – काठमाडौं रेजर्स फुटबल क्लबले एकदिने फुटसल प्रतियोगिता...

एलईडी इन्डिकेटर र नयाँ आई–क्याचिङ पर्पल कलरमा आयो यामाहा आर३

एलईडी इन्डिकेटर र नयाँ आई–क्याचिङ पर्पल कलरमा आयो यामाहा आर३

यामाहाले प्रिमियम मोटरसाइकल आर३ को २०२३ मोडल सार्वजनिक गरेको छ । अन्य कुरा...

यामाहा एफजेड–एस एफआई अब हाइब्रिड इन्जिनमा पनि, यस्तो छ फिचर र मूल्य

यामाहा एफजेड–एस एफआई अब हाइब्रिड इन्जिनमा पनि, यस्तो छ फिचर र मूल्य

यामाहाले भारतमा एफजेड–एस एफआई हाइब्रिड लन्च गरेको छ । १ लाख ४५ हजार भारु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...