८०० भन्दा बढी ओमोडा र जेइको कार नेपाली सडकमा, मनाइयो उत्सव

काठमाडौं - नेपाली सडकमा ८ सय भन्दा बढी ओमोडा र जेइकोका ईभी बिक्री भएका छन् । नेपालका लागि यी दुई ब्रान्डको आधिकारिक वितरक सारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सले एक कार्यक्रमका बिच सो उत्सव मनाएको छ । यो उपलब्धि मनाउन काठमाडौंको उत्तरढोका सोरूममा उत्सव कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा प्रतिष्ठित क्रिकेट खेलाडी एवम् ओमाडा एन्ड जेइकोका ब्रान्ड एम्बेसडर दीपेन्द्र सिंह ऐरी उपस्थित भएका थिए, जसले यस उल्लेखनीय उपलब्धिलाई सम्बोधन गर्न कार्यक्रममा सहभागिता जनाए । साथै, एसपीजी टिमबाट गौरव शारडा (निर्देशक), धिरेन तामाङ (ग्रुप अध्यक्ष), ज्ञानेन्द्र बहादुर चन्द (महाप्रबन्धक, सेल्स एन्ड मार्केटिङ) र राजेन्द्र तिमिलसेना (महाप्रबन्धक, फाइनान्स) पनि उपस्थित थिए ।

कार्यक्रमको विशेष आकर्षण ८०० भन्दा बढी ओमोडा जेइकोको विक्री समारोहमा ओमोडा एन्ड जेइकोका ब्रान्ड एम्बेसेडर दीपेन्द्र सिंह ऐरीसँग उत्सव मनाउनु थियो । यस अवसरमा अतिथिहरूलाई ब्रान्ड एम्बेसडरसँग संवाद गर्ने, ओमाडा एन्ड जेइकोका मोडेलहरू अवलोकन गर्ने, र नेपालको सन्दर्भमा ब्रान्डको यात्रा तथा भविष्यबारे जानकारी प्राप्त गर्ने मौका प्रदान गरियो ।

नेपाली बजारमा ओमोडा ई५ गत वर्षको फेब्रुअरी प्रारम्भमा बुकिङ खुला गरिएको थियो र नेपाली नयाँ वर्ष लाग्दै गर्दा बैशाखको पहिलो साता १५१ गाडी डेलिभरीको उत्सव मनाइएको थियो ।

त्यसैगरी जेइको जे६ नेपालका लागि पहिलो अफरोडर ईभी एसयूभी हो । गत भदौ महिनामा सम्पन्न नाडा अटो शो २०२४ मा पहिलो पटक प्रदर्शन गरिएको जेइको जे६ असोज महिना पश्चात बिक्रीका लागि उपलब्ध गराइएको थियो ।

ओमोडा ई५ मा ६१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्लेड ब्यट्री रहेको छ, जसले डब्ल्युएलटीपी मानक अनुसार ४३० किलोमिटरको रेन्ज प्रदान गर्दछ । सो गाडी फ्रन्ट माउन्टेड इलेक्ट्रिक मोटर र ३४० एनएमको टर्कद्वारा संचालित छ । यात्रु तथा चालकका लागि यसमा २.५ लेभलको महत्वपूर्ण एडास फिचर रहेका छन् ।

चेरीको सहायक ब्राण्ड ओमोडा–जेइकोले उत्पादन गरेको ‘जेइको जे६’ चेरीकै आई कार हो । अगाडि लोगोदेखि सबै लाइट आई अक्षरमा डिजाइन गरिएको ‘जेइको जे६’ मा मस्कुलर बम्पर, १८ इन्चको स्मार्ट अलोय ह्वील, वेलकम लाइट, मस्कुलिङ ह्वील आर्क र दुई हेडलाइटको बीचमा दिइएको ब्ल्याक फिनिस प्यार्टनले यो अफरोड भेइकललाई मोन्स्टर बनाएको छ ।

यसको मोटर १३५ किलोवाट पीक पावरको छ । यसमा ब्याट्री भने सीएटीएलले उत्पादन गरेको ६५.६९ किलोवाट आवरको लिथियम आइरन फस्फेट दिइएको छ । यसको डब्लूएलटीपी रेन्ज ४०० किलोमिटर हो ।

सम्बन्धित समाचारहरू

परीक्षणको क्रममा देखियो सिट्रोन ईसी३ को साइन भेरिएन्ट, अर्को साता नेपालमा लन्च हुँदै

परीक्षणको क्रममा देखियो सिट्रोन ईसी३ को साइन भेरिएन्ट, अर्को साता नेपालमा लन्च हुँदै

काठमाडौं – सिट्रोनको इलेक्ट्रिक कार ईसी३ साइन परीक्षणको क्रममा नेपाली...

हार्ले डेभिडसनका सबै इलेक्ट्रिक मोटरसाइकल अब लाइभवायर ब्रान्डमा आउने, भर्चुअल हेडअफिस हुने

हार्ले डेभिडसनका सबै इलेक्ट्रिक मोटरसाइकल अब लाइभवायर ब्रान्डमा आउने, भर्चुअल हेडअफिस हुने

क्रुजर बाइकका लागि अन्तर्राष्ट्रिय बजारमा प्रचलित अमेरिकी कम्पनी हार्ले...

इलेक्ट्रिक कारमा प्रयोग हुने ३ उत्कृष्ट मोटर, कुनको विशेषता के ?

इलेक्ट्रिक कारमा प्रयोग हुने ३ उत्कृष्ट मोटर, कुनको विशेषता के ?

इलेक्ट्रिक कारमा प्रयोग हुने ब्याट्रीले इन्धन र मोटरले इन्जिनको काम गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...