२०२५ भित्र ६० देशमा विस्तार हुँदै एक्सपेङ, नेपालमा समेत फैलिदै विश्वस्तरीय ब्रान्ड

काठमाडौं – विश्वव्यापी रुपमा ईभी नवप्रवर्तकको पहिचान कायम गरिरहेको ब्रान्ड एक्सपेङले आफ्नो अन्तर्राष्ट्रिय विस्तार रणनीतिलाई अझ गति दिँदै यस वर्षकै अन्त्यसम्म ६० देशमा आफ्नो उपस्थिति पुर्याउने र ३०० भन्दा बढी सेवा केन्द्रहरू स्थापना गर्ने लक्ष्य अघि सारेको छ।

यो महत्वाकांक्षी योजनाले एक्सपेङको मूल दृष्टिकोण–‘विश्वभर प्रिमियम विद्युतीय मोबिलिटी सहज रूपमा उपलब्ध गराउने’–लाई अझ मजबुत ढंगले प्रस्तुत गरेको र यस अन्तर्गत नेपाललाई समेत विशेष प्राथमिकतामा राखिएको बताइएको छ।

सन् २०१४ मा स्थापना भएको एक्सपेङले अत्याधुनिक प्रविधि, तीव्र चार्जिङ सुविधा र स्मार्ट ड्राइभिङ प्रणालीका कारण छोटो समयमा नै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाएको छ।

कम्पनीका सीईओ हे सिआओपेङले हालै दिएको वक्तव्यमा, सन् २०३३ सम्म कम्पनीको कुल बिक्रीमध्ये आधा हिस्सा अन्तर्राष्ट्रिय बजारबाट हुने प्रक्षेपण गर्दै ‘आगामी स्मार्ट मोबिलिटी युगको नेतृत्वगर्ने एक्सपेङको महत्वाकांक्षा प्रष्ट पारेका छन् ।

नेपालका लागि यो विस्तारले विश्वसनीय सेवा, छिटो प्रविधि अपडेट, र युरोप तथा एशियामाउपलब्ध समान स्तरको विश्वस्तरीय ईभी अनुभव ल्याउने कम्पनीको भनाइ छ ।

एक्सपेङ जी६ जस्ता मोडलहरूले नेपाली बजारमा डिजाइन र प्रदर्शनको नयाँ मानक स्थापित गरिसकेका छन्, जसले नेपाली उपभोक्तालाई विश्वव्यापी प्रविधि र गुणस्तरसँग प्रत्यक्ष रूपमा जोडेका छन्।

नेपालका लागि एक्सपेङको आधिकारिक वितरक सीजी मोटर्सले भनेको छ – संसारभर विद्युतीय यातायाततर्फको यात्रामा, एक्सपेङको बढ्दो अन्तर्राष्ट्रिय उपस्थितिले कम्पनीलाई मात्र सफलताको शिखरमा पुर्याउने छैन, यसले नेपालकै विद्युतीय मोबिलिटी यात्रामा पनि महत्वपूर्ण टेवा पुर्याउने छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...