भारतमा यी ब्रान्डले ल्याउँदै आधा दर्जन नयाँ इलेक्ट्रिक स्कुटर

भारतमा हाल इलेक्ट्रिक सवारी साधनप्रतिको रुचि तीव्र रूपमा बढ्दै गएको छ । विशेषगरी इलेक्ट्रिक स्कुटरको माग पछिल्ला महिनाहरूमा उल्लेखनीय रूपमा वृद्धि भएको देखिन्छ । यस्तो अवस्थामा नयाँ ब्रान्डहरूले पनि आफ्ना उत्पादनहरू लन्च गर्ने तयारी गरिरहेका छन् । सुजुकी, यामाहा, एथर, सिम्पल इनर्जी र बजाज अटोले चाँडै आफ्ना नयाँ इलेक्ट्रिक स्कुटर बजारमा ल्याउने तयारी गरिरहेका छन् ।

सुजुकी मोटरसाइकल इन्डियाले यस वर्ष इन्डिया मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ई–एक्सेस सार्वजनिक गरेको थियो । ३.०७ किलोवाट आवरको एलएफपी ब्याट्रीयुक्त सो मोडलले एक पटकको चार्जमा ९५ किलोमिटरसम्म रेन्ज दिन्छ । यसमा ४.१ किलोवाट मोटर जडान गरिएको छ, जसको टप स्पिड ७१ किलोमिटर प्रतिघन्टा रहेको छ । सो स्कुटर १ लाख भारु मूल्यमा लन्च हुन सक्ने अनुमान छ ।

यामाहाले पनि आफ्नो लोकप्रिय म्याक्सी स्कुटर एरोक्सको इलेक्ट्रिक संस्करण एरोक्स ई सार्वजनिक गरिसकेको छ, जसको मूल्य आगामी वर्षको सुरुवातमा खुलाइनेछ । यसमा ३ किलोवाट आवर ब्याट्री जडान गरिएको छ, जसले १०६ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । साथै यसमा जडान गरिएको ९.४ किलोवाट मोटरले ४८ एनएमको टर्क उत्पादन गर्छ ।

बजाज अटोले आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटर बजाज चेतकको नयाँ पुस्ता बजारमा ल्याउने तयारी गरिरहेको छ। नयाँ चेतकको परीक्षण भइसकेको छ र यसमा ३.५ किलोवाट आवर ब्याट्री हुने अपेक्षा गरिएको छ । यसले सिंगल चार्जमा १५० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ ।

यामाहाले भारतीय बजारका लागि ईसी०६ मोडल पेश गरेको छ, जुन डिजाइनका हिसाबले रिभर मोबिलिटीको रिभर इन्डीसँग मिल्दोजुल्दो छ । ४ किलोवाटको फिक्स्ड ब्याट्रीयुक्त सो स्कुटरले १६० किलोमिटरको रेन्ज प्रदान गर्छ र ६.७ किलोवाट पावर उत्पादन गर्छ।

सिम्पल इनर्जीले पनि अर्को वर्ष नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्ने तयारी गरिरहेको छ। यसमा करिब २०० किलोमिटरसम्म रेन्ज दिने ब्याट्री प्याक जडान गर्ने सम्भावना छ ।  साथै कम्पनीले निकट भविष्यमा एथर ईएल प्लेटफर्ममा आधारित अर्को मोडल ल्याउने तयारी समेत गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

नेपाल आउने तयारीमा रहेको ओमोडा ईभीका लागी यस्तो रह्यो वर्ष २०२३

नेपाल आउने तयारीमा रहेको ओमोडा ईभीका लागी यस्तो रह्यो वर्ष २०२३

नेपाल आउने तयारीमा रहेको नयाँ ईभी ब्राण्ड ओमोडाले सन् २०२३ मा निकै राम्रो...

विशेष अफरसहित वीरगञ्जमा दिपलको टेस्ट ड्राइभ र एक्सचेन्ज हुँदै

विशेष अफरसहित वीरगञ्जमा दिपलको टेस्ट ड्राइभ र एक्सचेन्ज हुँदै

वीरगञ्ज – वीरगञ्जमा दिपलको नयाँ स्टेट अफ आर्ट शोरुम शुभारम्भ हुने अवसरमा...

ग्रेटवाल मोटर्सले छुट्टै लक्जरी ब्रान्ड ‘कन्फिडेन्स अटो’ ल्याउने, सुरुवाती मूल्य नै १ लाख ४० हजार डलर

ग्रेटवाल मोटर्सले छुट्टै लक्जरी ब्रान्ड ‘कन्फिडेन्स अटो’ ल्याउने, सुरुवाती मूल्य नै १ लाख ४० हजार डलर

काठमाडौं– चिनियाँ अटो निर्माता ग्रेटवाल मोटर्स(जीडब्लुएम) ले लक्जरी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...