तिहारमा सिएफमोटो एनके ३०० किन्नेलाई ५० हजार बरावरको थप सुबिधा, नयाँ मूल्य कति ?

काठमाडौं–प्रिमियम मोटरसाइकल ब्रान्ड सिएफमोटोले तिहार तथा छठ पर्बलाई मध्येनजर गरी नगद छुट योजना ल्याएको छ । सिएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले न्याकेड सेग्मेन्ट अन्तर्गतको ३०० एनके मोडललमा ५० हजार बरावरको थप सुबिधा दिने जनाएको हो । यस मोटरसाइकलको नयाँ मूल्य ६ लाख ५४ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।

सिमित अवधीका लागि मात्रै लागु हुने यस अफरबाट लाभ लिन ग्राहकलाई छिटो भन्दा छिटो नजिकको सिएफमोटो शोरुम भ्रमण गर्न आह्वान गरिएको छ । सिएफमोटोको काठमाडौं उपत्यकाभित्र नक्साल, झम्सिखेल र सल्लाधारीमा शोरुम रहेका छन् ।

न्याकेड सेग्मेन्टमा फरक लुक्स र आधुनिक डिजाइन पाइने एनके ३०० पछिल्लो समय युवा राइडरमाझ लोकप्रिय वनिरहेको मोटरसाइकल हो । यस मोटरसाइकलमा २९२ सिसी क्षमताको लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ३० पिएस छ भने टर्क २५.३ एनएम छ ।

मोटरसाइकलमा डुअल च्यानल एबिएस, ५ इन्चको टिएफी डिस्प्ले, इको र स्पोर्टस गरी २ प्रकारका राइडिङ मोड तथा स्लिपर क्लच जस्ता अत्याधुनिक फिचर पाउन सकिन्छ । साथै स्टिल ट्रेलिस ट्रेन, अगाडी अपसाइड डाउन फोर्क र पछाडी मानोशक सस्पेन्स जडान गरिएको एनके ३०० मा १२ लिटर क्षमताको इन्धन ट्यांक राखिएको छ । १३९ किलोमिटर टप स्पिड रहेको यस मोटरसाइकलले एक लिटर पेट्रोलको खपतमा ३३ किलोमिटर माइलेज दिने दाबी गरिएको छ ।

सम्बन्धित समाचारहरू

चर्चित दुई राइडरद्वारा सीएफमोटो बाइकमा आइरन बट च्यालेन्ज प्रयास, एक ऐतिहासिक कदम

चर्चित दुई राइडरद्वारा सीएफमोटो बाइकमा आइरन बट च्यालेन्ज प्रयास, एक ऐतिहासिक कदम

काठमाडौं – नेपालले पहिलोपटक विश्वस्तरको सहनशील (इन्ड्युरेन्स)...

इनड्राइभद्वारा बाढी/पहिरो पीडितलाई घर हस्तान्तरण

इनड्राइभद्वारा बाढी/पहिरो पीडितलाई घर हस्तान्तरण

काठमाडौं– विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म, इनड्राइभले...

भारत विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल बजार, चीन र पाकिस्तानभन्दा धेरै अगाडि

भारत विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल बजार, चीन र पाकिस्तानभन्दा धेरै अगाडि

भारत जनसंख्या मात्र होइन, दुई पाङ्ग्रे सवारी साधनको प्रयोग र बजारको आकारका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...