नेपालमै सवारी साधन एसेम्बल गर्दा अब ५० प्रतिशत छुट, नेपालमा बन्ने सवारीको मूल्य घट्ने

काठमाडौं – सरकारले हालै सार्वजनिक गरेको प्रतिस्थापन विधेयकमार्फत नेपालमा सवारी साधन एसेम्बल गर्ने उद्योगका लागि ५० प्रतिशत अन्तशुल्क छुट दिने घोषणा गरेको छ । यो भन्दा पहिले २५ प्रतिशत छुट उपलब्ध भएकोमा अब यो छुट बढाइएको हो ।

शुक्रबार संसदमा प्रस्तुत आर्थिक ऐनमा भनिएको छ, ‘एसेम्बल गरी सवारी साधन उत्पादन गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२ ९७.०३ र ८७.११ मा पर्ने सवारी सवारी साधन पैठारी गर्दा लाग्ने अन्तशुल्क र त्यस्ता उद्योगले तयारी गरेको साधन बिक्री गर्दा लाग्ने अन्तशुल्कमा ५० प्रतिशत छुट हुनेछ ।’

भन्सार शीर्षक ८७.०२ र ८७.०३ बाट विभिन्न किसिमका गाडीहरु आयात हुदैं आएका छन् भने भन्सार शीर्षक ८७.११ बाट सबै किसिमका मोटरसाइकल आयात हुँदै आएको छ।

यस अनुसार सवारी साधनका लागि आवश्यक अनएसेम्बल अवस्थाका सवारी साधन ल्याउदा ५० प्रतिशत छुट उपल्ब्ध हुनेछ ।

नेपाली बजारमा हाल बजाज र टीभीएसका मोटरसाइकल एसेम्बल हुँदै आएका छन् । यो व्यवस्थाले आगामी दिनमा यी दुई ब्रान्डका मोटरसाइकलको मूल्यमा कमी आउने अनुमान गरिएको छ ।

यद्यपि केही समय पहिले महालेखा कार्यालयले यस प्रकारको छुटको सदुपयोग हुन नसकेको औल्याएको थियो । तर पनि व्यवस्थित रुपले कार्यान्वयन गर्ने हो भने यसबाट नेपाली उपभोक्तालाई फाइदा हुने देखिन्छ ।

नेपाली बजारमा आगामी दिनमा हिरो, होन्डा र यामाहाले समेत एसेम्बल प्लान्ट राख्ने सम्भावना छ ।

त्यसैगरी चारपांग्रे सवारीतर्फ पनि अब कार्य अगाडि बढ्न सक्छ । हुन्डाई र सुजुकी गाडीले एसेम्बल प्लान्ट राख्नका लागि उद्योग विभागमा दर्ता गरिसकेका छन् ।

त्यसैगरी सवारी साधनका लागि आवश्यक पाटपुर्जा, सिट, भाइजर लगायतका सामान उत्पादन गर्ने उद्योग समेत स्थापना हुन सक्छन् । त्यसपछि अरु प्लास्टिक र टायर उद्योग स्थापनाका कार्य समेत अगाडि बढ्न सक्छन् ।

यद्यपि हालको अवस्था हेर्ने हो भने सवारी साधनको मूल्यमा धेरै परिवर्तन भने नहुन सक्छ । अहिले पनि नेपालमा एसेम्बल भइरहेका मोटरसाइकल खासै कम मूल्यमा उपलब्ध छैनन् । तर पनि यहाँ नेपाली जनशक्तिले रोजगारी पाउने सम्भावना भने बढ्न सक्छ ।

सम्बन्धित समाचारहरू

एईसी उत्सवमा गरियो एईसी बेयरिङको चर्चा

एईसी उत्सवमा गरियो एईसी बेयरिङको चर्चा

काठमाडौं – नेपाली बजारमा भारतको प्रतिष्ठित बेयरिङ निर्माता कम्पनी अस्टिन...

आयो एसी हेलमेट, गर्मीमा बाइकरको लागि वरदान

आयो एसी हेलमेट, गर्मीमा बाइकरको लागि वरदान

बाइक राइडर र ट्राफिकमा घण्टौं घाममा उभिनेहरूका लागि हैदरावादको जर्स...

बाइक चलाउँदा क्लच किन थिचिन्छ ? जान्नुहोस् यसको काम, महत्व र सावधानी

बाइक चलाउँदा क्लच किन थिचिन्छ ? जान्नुहोस् यसको काम, महत्व र सावधानी

यदि तपाईं बाइक चलाउनुहुन्छ भने गियर परिवर्तन गर्नु अघि क्लच थिच्नु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...