लन्च हुनुअघि टाटाको नयाँ इलेक्ट्रिक ट्रकले मच्चायो, हंगामा, पायो ३९ हजार अर्डर

टाटा मोटर्सले आफ्नो लोकप्रिय मिनी ट्रक टाटा एसको इलेक्ट्रिक भेरिएन्ट भारतमा सार्वजनिक गरेको छ । एस ईभी नाम दिइएको सो मिनी ट्रक आपूर्तिको लागि कम्पनीले अमेजन, बिगबास्केट, सिटी लिंक, डट, फ्लिपकार्ट, लेट्स ट्रा सपोर्ट, मुभिङ र यलो ईभी जस्ता प्रमुख ई–कमर्स कम्पनीसँग सम्झौता गरेको छ । टाटा मोटर्सले लन्च हुनुअघि नै यी कम्पनीबाट ३९ हजार युनिटको अर्डर प्राप्त गरिसकेको छ ।

एस इलेक्ट्रिक भेरिएन्टमा ब्लुटुथ कनेक्टिभिटी सहितको ७ इन्चको इन्फोटेनमेन्ट सिस्टम रहेको छ । साथै इन्स्ट्रयुमेन्ट क्लस्टर र इन्फोटेनमेन्ट सिस्टम सेन्टर ड्यासमा जडान गरिएको छ । ट्रकमा रियर पार्किङ क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता फिचर पनि छ ।

कम्पनीका अनुसार सो इलेक्ट्रिक ट्रकले सिंगल चार्जमा १५४ किलोमिटरको रेन्ज दिने छ । यसमा ३६ हर्सपावरको मोटर जडान गरिएको छ ।

टाटा ग्रुपका अध्यक्ष एन चन्द्रशेखरनले विश्वव्यापी रुपमा इलेक्ट्रिक भेइकलको माग बढिरहेको बताए । यसको लागि दिगो गतिशीलता आवश्यक भएको छ । टाटा मोटर्सले यसलाई पूर्ण रूपमा आत्मसात गरेको छ र एक प्रमुख स्तम्भको रूपमा दिगोपनलाई जोड्ने व्यापार मोडेल सिर्जना गरेको छ । उनले ई–कमर्स द्रुत गतिमा बढिरहेको र घर–घरमा सामान वितरणको माग बढिरहेको पनि जानकारी दिए ।

नेपाली बजारमा पनि सामान ओसारपसार गर्नका लागि टाटा एस पिकअप लोकप्रिय छ । यसको इलेक्ट्रिक भर्सन पनि भविष्यमा नेपाली बजारमा आउने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

टाटा कमर्सियल गाडी किन्दा होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेज मध्ये एक रोज्न सकिने

टाटा कमर्सियल गाडी किन्दा होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेज मध्ये एक रोज्न सकिने

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ...

टाटा कर्भ ईभीद्वारा कश्मीर देखि कन्याकुमारी सम्म सबैभन्दा छिटो ड्राइभको रेकर्ड कायम

टाटा कर्भ ईभीद्वारा कश्मीर देखि कन्याकुमारी सम्म सबैभन्दा छिटो ड्राइभको रेकर्ड कायम

टाटा कर्भ ईभीले भारतको कश्मीर देखि कन्याकुमारी सम्मको ३ हजार ८२३...

वाडा अटो शो २०२५ : पोखरामा टाटाका नयाँ ईभी सार्वजनिक

वाडा अटो शो २०२५ : पोखरामा टाटाका नयाँ ईभी सार्वजनिक

पाेखरा – चैत १७ सम्म पाेखरामा चल्ने वाडा अटो शो २०२५ को अवसरमा टाटा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...