मूल्य, पावर र फिचर्स अनुसार २५० सीसीमा बढ्दो प्रतिस्पर्धा : डेली कम्युट देखि टुरिङ सम्म

नेपालको टु ह्विलर बजारमा २५० सीसी सेग्मेन्टका बाइकको बिक्री खासै उत्साहप्रद नभएपनि विभिन्न कम्पनीहरुले यो सेग्मेन्टको कारोबार गर्दै आइरहेका छन् । हाल यामाहा, बजाज, सुजुकी, होन्डा र सिएफ मोटोजस्ता कम्पनीले यो सेग्मेन्टको कारोबार गरिरहेका छन् । यो सेग्मेन्टमा राइडरहरु बिस्तारै सिफ्ट हुँदै जाने र भोलिका दिनमा कारोबार बढ्ने आयातकर्ता कम्पनीहरुले विश्वास लिएका छन् । ४ लाख भन्दा बढी मूल्य हुने यस्ता बाइक प्रायः स्पोर्टी लुक्समा उपलब्ध छन् ।

यो सेग्मेन्टमा यामाहाका फेजर र एफजी गरी २ मोडल उपलब्ध छन् । यी दुबै बाइक २४९ सीसी क्षमताका हुन् । जसमध्ये स्पोर्टी लुक्सको फेजर–२५ को मूल्य ४ लाख १५ हजार र नेकेड डिजाइनको एफजी–२५को ४ लाख ४३ हजार रुपैयाँ पर्छ । यी दुबै बाइकमा एफआई इन्जिन जडान गरिएको छ भने पावर र टर्क समेत समान छ । यी दुबै बाइकको अधिकतम पावर २०.८ पीएस र टर्क २०.१ एनएम रहेको छ । यो सेग्मेन्टमा यी २ बाइकले बजारको नेतृत्व गरिरहेका छन् ।

छिटोछिटो मूल्य थपघट भएर चर्चामा आएको बजाज डोमिनार यो सेग्मेन्टमा कारोबार हुने अर्को चर्चित मोडल हो । नेपालमा मात्र नभई भारतीय बजारमा समेत यो बाइकको मूल्य धेरैपटक घटबढ भइसकेको छ । २४८.७७ सीसी इन्जिन क्षमताको यो बाइकको मूल्य नेपाली बजारमा ५ लाख ८ हजार तोकिएको छ । यो बाइकमा ट्विन स्पार्क एफआई इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर २७ पीएस र टर्क २३.५ एनएम रहेको छ ।

नेपाल भित्रिएको सुरुवाती समयमा निकै चर्चा बटुल्न सफल सुजुकी जिक्सरको २ वटा भेरिएन्ट यो सेग्मेन्टमा उपलब्ध रहँदै आएको छ । जिक्सर एसएफ र मोटोजिपी २४९ सीसी इन्जिन क्षमतामा उपलब्ध छन् । जसमध्ये एसएफ मोडलको मूल्य ४ लाख ९९ हजार र मोटोजीपीको ५ लाख २ हजार निर्धारण गरिएको छ । डुअल च्यानल एबीएस जडान गरिएको यसमा फोर स्ट्रोक, सिंगल सिलिन्डरयुक्त आयलकुल्ड इन्जिन जडान गरिएको छ । यी बाइकको अधिकतम पावर २६.५ पीएस र टर्क २२.२ एनएम रहेको छ ।

२५० सीसी सेग्मेन्टमा सबैभन्दा महंगो मोटरसाइकल होन्डा सीबीआर २५० आरलाई सेग्मेन्टमै प्रिमियम बाइक मानिन्छ । यो बाइकको मूल्य ६ लाख ८० हजार रुपैयाँ तोकिएको छ । केही समयअघि यो बाइकको कारोबार निकै राम्रो थियो, तर पछि कम मूल्यका प्रतिस्पर्धी ब्रान्ड थपिएपछि हाल यसको बजार प्रभावित भएको छ । यो बाइकमा २४९.६ सीसी क्षमताको इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर २६.१५ बिएचपी र टर्क २२.९ एनएम रहेको छ ।

चिनियाँ ब्रान्ड सीएफमोटोले नेपाल भित्रिएको सुरुवाती समयमा राम्रै चर्चा बटुलेपनि पछिल्लो समय भने ओझेलमा पर्न थालेको छ । उच्च सीसी क्षमताका बाइक उत्पादन गर्दै आइरहेको यो कम्पनीको २५० एनके मोडलले शुरुवाती समयमा राम्रै उपस्थिति जनाएको थियो । तर पछिल्लो समय भने यसको बिक्री प्रभावित बन्दै गएको छ । २४९ सीसी इन्जिन क्षमताको यो बाइकलाई ५ लाख २५ हजार रुपैयाँ पर्छ । यो बाइकको अधिकतम पावर १९.५ किलोवाट र टर्क २२ एनएम रहेको छ । बाइक नेकेड डिजाइनमा आधारित आकर्षक लुक्समा उपलब्ध छ ।

मोटरहेड ब्रान्डको टेक्कन २५० बाइक पनि नेपाली बजारमा पछिल्लो समयमा नयाँ खेलाडी बनेर भित्रिएको छ । मोटरहेडका नेपाली बजारमा बिक्री हुने बाइक मध्ये यो सबैभन्दा रुचाइने बाइक हो । यसको मूल्य ३ लाख ९५ हजार रुपैयाँ छ । मोटरहेड टेक्कन बाइकमा २५० सीसीको एयरकुल्ड इन्जिन छ, जसले १९ एचपीको पावर र २० एनएमको टर्क प्रदान गर्छ । यस बाइकमा पावर भन्दा बढी टर्क भएको कारण जस्तोसुकै अफरोड र उकालो बाटोमा सजिलै तान्दछ । बाइकको टप स्पिड १२० किमी प्रतिघण्टा छ । सो बाइकले प्रति एक सय किलोमिटरमा २.१ लिटर मात्र इन्धन खपत गर्ने भएकोले धेरै इन्धन किफायती समेत छ । ६ स्पिड गियरबक्स भएको यो बाइकमा २६० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स छ । जसले गर्दा जस्तोसुकै अफरोड बाटोमा मोटरसाइकल गुडाउँदा इन्जिन भुँइमा नछुने हुनाले इन्जिन पनि सुरक्षित हुन्छ ।

एड्भेन्चर टुरिङका लागि पछिल्लो समयमा क्रसफायर र क्रसएक्सका २५० सीसी सेगमेन्टका बाइक लोकप्रिय बन्दै गएका छन् । हाल नेपाली बजारमा क्रसफायरका ३ मोडल उपलव्ध छन् । जसमध्ये एचजे २५० को मूल्य ६ लाख ४५ हजार रुपैया पर्छ । त्यसैगरी जीआर७ २५० को ५ लाख ४५ हजार र आरएम २५० ट्विनको ६ लाख ९० हजार रुपैयाँ पर्छ । क्रसफायरका यी तीन मोडलमध्ये पनि जिआर७ २५० सर्बाधिक लोकप्रिय मानिन्छ ।

यो बाइकमा २४९ दशमलव ६ सीसी क्षमताको कम्प्याक्ट इन्जिन जडान गरिएको छ । जसले ३० दशमलव १५ एचपी पावरको साथै २३ एनएमको उच्चतम टर्क जेनेरेट गर्दछ । फ्युल सिस्टमका रुपमा उच्चतम पर्फमेन्स दिने कार्वुरेटर जडान गरिएको छ । क्रसफायरका सबैजसो बाइक तत्कालै स्टकमा उपलव्ध नहुने हुँदा खरिद गर्न ग्राहकले केही समय कुर्नुपर्ने आधिकारिक बितरक क्लासिक ह्विल एक्सपोर्ट इम्पोर्ट प्रालिले बताएको छ ।

डर्ट बाइक सेग्मेन्टमा चल्तिको अर्को ब्रान्ड हो क्रसएक्स । नेपाली बजारमा यसको २५० एसई मोडल सर्बाधिक लोकप्रिय मानिन्छ । यो बाइकमा भएको लिक्विड कुल्ड इन्जिन अफरोड यात्राका लागि निकै नै उपयुक्त छ । यसको ब्रेकिङ सिष्टम निसिन कम्पनीले बनाएको हो । हाल उपलब्ध बाइकको पछाडि पछाडि क्यारियर छ । त्यसैगरी यसमा पोलीस्पोर्ट ह्यालोजन छ ।

सो हेडलाइट पोर्चुगलमा विकास भएको हो । यसमा जर्मनीको बल्ब राखिएको छ । सो बल्बमा ३५ वाट १२ भोल्टको चिम छ । यसका कारण विपरित दिशाबाट आइरहेका राइडरहरुको आँखा डिस्टर्व हुँदैन । यो बाइक खरिद गर्नका लागि अग्रिम बुकिङ गर्नुपर्ने आधिकारिक वितरक बाइकर्स नेपालले जनाएको छ । बाइकको मूल्य ५ लाख ९५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

बजाजले पेट्रोल र सीएनजी दुवै इन्धनमा चल्न सक्ने बाइक लन्च गर्दै

बजाजले पेट्रोल र सीएनजी दुवै इन्धनमा चल्न सक्ने बाइक लन्च गर्दै

बजाज अटोले जुलाई ५ मा आफ्नो पहिलो सीएनजी बाइक लन्च गर्ने भएको छ । सो बाइक...

माइलेज बढाउन मारुती सुजुकी अल्टोको तौल १०० किलो घटाइदै

माइलेज बढाउन मारुती सुजुकी अल्टोको तौल १०० किलो घटाइदै

मारुती सुजुकीले आफ्नो सबैभन्दा सानो र सस्तो ह्याचब्याक अल्टोलाई थप...

एउटै मोटरसाइकलको मूल्यमा एकै पटक ४५ हजार मूल्य कमी

एउटै मोटरसाइकलको मूल्यमा एकै पटक ४५ हजार मूल्य कमी

काठमाडौं – बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...