एमजी एस५ को मूल्य सार्वजनिक, तीन भेरिएन्टको यस्तो हुनेछ मूल्य
काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने एमजी एस५ को मूल्य सार्वजनिक भएको छ ।...
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा टियागो ईभीको फेसलिफ्ट मोडल अर्थात २०२५ टियागो ईभी नेपाली बजारमा उपलब्ध गराएको छ । कम्पनीले एक कार्यक्रमका बिच सो ईभी सार्वजनिक गरेको हो ।
नयाँ डिजाइन, नयाँ कलर, नयाँ फिचर, नयाँ प्रविधियुक्त ईभी उही मूल्यमा उपलब्ध गराएको कम्पनीले बताएको छ ।
सो गाडी एक्सटी र एक्सजेड प्लस टेक लक्स गरी दुई भेरिएन्टमा उपलब्ध हुनेछ । यसको मूल्य क्रमशः २७ लाख ४९ हजार र २९ लाख ९९ हजार रुपैयाँ हुनेछ । नेपाली बजारमा पहिले पनि यो ईभी भए पनि अबको मोडलको मूल्य समेत उही हुनेछ ।
नयाँ टियागो ईभीमा २४ किलोवाट आवरको ब्याट्री प्याक र ४८ किलोवाटको मोटर हुनेछ । यसले सिंगल चार्जमा २०५ किलोमिटरको रियल वर्ल्ड रेन्ज दिने बताइएको छ । ११४ एनएमको टर्क प्रदान गर्ने इलेक्ट्रिक मोटर रहेको सो ईभीलाई सिटी र स्पोर्ट्स गरी दुई ड्राइभ मोडमा चलाउन सकिन्छ ।
यसको लम्बाई, चौडाई र उचाई क्रमशः ३७८१, १६७७ र १५३६ एमएम छ भने २४०० एमएमको ह्विलबेस छ । २४० लिटरको बुट स्पेस रहेको सो ईभीको टर्निङ सर्कल रेडियस ५.१ मिटर छ ।
नयाँ टियागो ईभीमा यसअघिको हेलोजन लाइटलाई परिवर्तन गरेर एलइडी लाइट प्रयोग भएको छ । अगाडि ग्रीलमा रहेको ईभीको व्याच हटाइएको छ । क्लोजअफ नोज तल रहेको ब्लुस्ट्रिपको सट्टामा सिल्भर लाइन प्रयोग भएको छ । नयाँ डिजाइनको ह्विल तथा सार्कफिन एन्टेना नयाँ टियागो ईभीमा देखिन्छ । कलर समेत थप गरिएको छ ।
नयाँ टियागो ईभीको इन्टेरियरमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट गर्ने १०.२५ इन्चको फ्लोटिङ टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम छ । त्यसैगरी फुल्ली डिजिटल इन्फर्मेसन सिस्टम लगायतका विभिन्न विशेषता रहेका छन् ।
काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने एमजी एस५ को मूल्य सार्वजनिक भएको छ ।...
चाइनिज इलेक्ट्रोनिक्स तथा टेक्नोलोजी जायन्ट शाओमी इलेक्ट्रिक भेइकल (ईभी)...
हिरो इलेक्ट्रिकलाई उछिन्दै ओला भारतको नम्वर वान इलेक्ट्रिक स्कुटर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...