बजाज खुशीको तीन डोजको विजेता घोषणा, गुप्ताले पाए १० लाख नगद
काठमाडौं – नेपालका लागि बजाजको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड...
बजाजले आफ्नो लोकप्रिय मोटरसाइकल डोमिनार २५० को २०२५ संस्करण चाँडै लन्च गर्ने तयारी गरिरहेको छ। डिलरशिपमा सो बाइक पुग्न थालेको संकेतले यसको लन्च मिति नजिकिएको स्पष्ट हुन्छ। सो बाइक मे २०२५ को पहिलो वा दोस्रो हप्तामा लन्च हुनेछ।
नयाँ डोमिनार २५० मा सबैभन्दा महत्वपूर्ण परिवर्तन यसको इन्स्ट्रयुमेन्ट कन्सोलमा देखिन्छ। यसमा अब बजाज पल्सर एनएस२०० मा प्रयोग गरिएको कन्सोल जस्तै देख्न सकिनेछ। यस कन्सोलमार्फत प्रयोगकर्ताले टर्न-बाई-टर्न नेभिगेसन, कल तथा एसएमएस अलर्ट र स्मार्टफोन कनेक्टिभिटी जस्ता स्मार्ट सुविधा पाउनेछन्।
नयाँ मोडलमा नयाँ ट्र्याक्सन कन्ट्रोल सिस्टम र एबीएस मोड पनि समावेश गरिने सम्भावना छ। ट्र्याक्सन कन्ट्रोलले विशेषगरी नयाँ राइडरलाई चिप्लो सतहमा बाइक नियन्त्रणमा राख्न सहयोग पुर्याउछ। बाइकमा रोड, रेन र अफरोड गरी ३ वटा एबीएस मोड उपलब्ध हुने अनुमान गरिएको छ।
बाइकमा २४८.७७ सीसी क्षमताको लिक्विड-कुल्ड, सिंगल-सिलिन्डर इन्जिन प्रयोग हुनेछ, जसले २७ पीएस पावर र २३.५ एनएम टर्क जेनेरेट गर्छ। बाइक इन्भर्टेड फोर्क र मोनोशक सस्पेन्सनसहित प्रस्तुत गरिनेछ। १७ इन्चको अलोय ह्विल र ट्युबलेस टायर सहितको सो बाइकमा, अगाडि ३०० एमएम र पछाडि २३० एमएमको डिस्क ब्रेक दिइनेछ, जुन ड्युअल च्यानल एबीएस सिस्टमले सुसज्जित हुनेछ।
काठमाडौं – नेपालका लागि बजाजको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड...
बजाज अटोले पावरफुल बाइक बजाज डोमिनार ४०० को अपडेटेड मोडल भारतमा लन्च गरेको...
काठमाडौं – बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...