एलईडी इन्डिकेटर र नयाँ आई–क्याचिङ पर्पल कलरमा आयो यामाहा आर३

यामाहाले प्रिमियम मोटरसाइकल आर३ को २०२३ मोडल सार्वजनिक गरेको छ । अन्य कुरा यथावत भए पनि यसमा दुई कस्मेटिक परिवर्तन भने गरिएको छ ।

यो मोटरसाइकलमा स्लिक एलईडी इन्डिकेटर राखिएको छ भने नयाँ आई–क्याचिङ पर्पल कलरमा उपलब्ध छ ।

मोटरसाइकलको अन्य फिचर भने यतावत छ । यसमा लिक्विड–कुल्ड ३२१ सीसी प्यारालल ट्विन इन्जिन छ, जसले ४२ एचपी पावर र २९.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा डायमन्ड फ्रेम तथा ३७ एमएम युएसडी फोर्क र प्रिलोड–एड्जस्टेबल मोनोसक रहेको छ ।

त्यसैगरी आर३ मा स्लिपर क्लच, ड्युअल च्यानल एबीएस, अल–एलईडी लाइटिङ र एलसीडी डिस्प्ले आदि रहेको छ ।

बजारमा यामाहाको यो मोटरसाइकलले केटीएम आरसी ३९०, बीएमडब्ल्यु जी ३१० आरआर र कावासाकी निन्जा ४०० जस्ता मोटरसाइकलसँग प्रतिस्पर्धा गर्छ ।

नेपाली बजारमा केही वर्ष पहिले सम्म आर३ मोटरसाइकल पनि उपलब्ध हुन्थ्यो । तर हाल यामाहा नेपालले यो मोडल नल्याएको केही समय भइसकेको छ । भविष्यमा नयाँ भर्सनको आर३ पनि उपलब्ध हुने वा नहुने अहिले नै भन्न सकिदैन ।

सम्बन्धित समाचारहरू

यामाहा महा एक्सचेन्ज मेला : ५ सय बढी बाइक स्कुटर एक्सचेन्ज, आकर्षण एमटी १५ बीएस६

यामाहा महा एक्सचेन्ज मेला : ५ सय बढी बाइक स्कुटर एक्सचेन्ज, आकर्षण एमटी १५ बीएस६

काठमाडौं – भृकुटीमन्डपमा जारी यामाहा महा एक्सचेन्ज मेला आज पाँचौ दिनमा...

यामाहाको सवैभन्दा ठूलो ‘ब्ल्यु स्क्वायर’ शोरुम कौशलटारमा

यामाहाको सवैभन्दा ठूलो ‘ब्ल्यु स्क्वायर’ शोरुम कौशलटारमा

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु...

म्याट्रिक्स एलईडी हेडल्याम्प पहिलोपटक यामाहा मोटरसाइकलमा जडान हुने

म्याट्रिक्स एलईडी हेडल्याम्प पहिलोपटक यामाहा मोटरसाइकलमा जडान हुने

विश्व प्रख्यात म्याट्रिक्स हेडल्याप पहिलोपटक मोटरसाइकलमा पनि उपलब्ध...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...