२ लाख १६ हजार बुझाएर लिन सकिन्छ पल्सर २०० एनएस एबीएस एफआई

नेपाली बजारमा पछिल्लो समयमा भित्रिएको बजाजको नयाँ मोटरसाइकल हो पल्सर २०० एनएस एबीएस एफआई । एबीएस र एफआई दुवै प्रविधि भएको यो मोटरसाइकल नेपाली बजारमा उपलब्ध सबैभन्दा महंगो पल्सर समेत हो ।

पल्सर २०० एनएस एबीएस एफआईको मूल्य ३ लाख ९१ हजार ९ सय रुपैयाँ तोकिएको छ । हाल बजाजले ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याजदर स्किममा मोटरसाइकल उपलब्ध गराइरहेको छ । यस अनुसार यो मोटरसाइकल किन्नका लागि शुरुमा ५० प्रतिशत मात्रै रकम बुझाए पुग्छ ।

पल्सर २०० एनएस एबीएस एफआई लिनका लागि शुरुमा ५० प्रतिशत अर्थात १ लाख ९५ हजार ९५० रुपैयाँ बुझाउनु पर्छ । बाँकी रकमलाई फाइनान्स सुविधामार्फत मासिक रुपमा तिर्न सकिन्छ । त्यसैगरी पहिलो पटक एक वर्षको लागि इन्स्योरेन्स वापत ८ हजार ७ सय रुपैयाँ, रजिस्ट्रेसन शुल्क ६५० रुपैयाँ समेत गरी २ लाख ६ हजार ३ सय रुपैयाँ शुरुमा बुझाउनु पर्छ ।

बाँकी रकम १८ महिना सम्म १० हजार ८८६ रुपैयाँको दरले बुझाउन सकिन्छ । अनि पहिलो महिनाको किस्ता पनि शुरुमा बुझाउनु पर्ने हुनाले सबै गरी २ लाख १६ हजार १८६ रुपैयाँ बुझाए पछि मोटरसाइकल आफ्नो बनाउन सकिन्छ ।

बजाजले हाल चाडपर्वको अवसरमा बजाज खुसीको ३ डोजको अफर ल्याएको छ । बजाजका कुनै पनि मोटरसाइकल किन्दा यो अफर प्राप्त गर्न सकिने छ ।

यस अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले नै यो स्किमका लागि रजिस्टर गरेर १० हजार रुपैयाँ सम्म छुट पाउन सकिने छ । यो रकम मोटरसाइकल खरिद गरे पछि भुक्तानी हुनेछ ।

दोस्रो डोज अन्तर्गत मोटरसाइकल किन्दा १ लाख रुपैयाँ सम्म छुट पाइने छ । अनि तेस्रो डोज अन्तर्गत मोटरसाइकल किने पछि प्रत्येक महिना एक जना ग्राहकले गोला प्रथामार्फत १० लाख रुपैयाँको बम्पर पुरस्कार पाउने छन् । यसको नतिजा फेसबुक लाइभमार्फत दिइने छ ।

बजाजको देशभर रहेका कुनै पनि शोरुममा गएर यो स्किम अन्तर्गतको सुविधा लिन सकिन्छ ।

सम्बन्धित समाचारहरू

हव मोटर जडान भएर आउँदै बजाज चेतक, प्लेटफर्म समेत नयाँ हुने

हव मोटर जडान भएर आउँदै बजाज चेतक, प्लेटफर्म समेत नयाँ हुने

बजाजले आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटर चेतकको नेक्स्ट जेनेरेशन मोडल...

नेपालगञ्जमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै पल्सर एन१२५

नेपालगञ्जमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै पल्सर एन१२५

काठमाडौं–बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द...

बजाजले दर्ता ग-यो ४ नयाँ ट्रेडमार्क नेम, सीएनजीका लागि पनि प्रयोग गर्न सक्ने अनुमान

बजाजले दर्ता ग-यो ४ नयाँ ट्रेडमार्क नेम, सीएनजीका लागि पनि प्रयोग गर्न सक्ने अनुमान

बजाज अटोले टु ह्विलरका लागि ४ वटा नयाँ नाम ट्रेडमार्क गरेको छ । कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...