अल्टो ८०० र क्विड लगायतका १७ कार अब उत्पादन नहुने

अब केही नयाँ ब्रान्ड र मोडलका कार खरिद गर्ने सोच बनाउनु भएको छ भने तपाईका लागि रोजाइको विकल्प साँघुरिने भएको छ । भारतमा लागू भएको नयाँ नियम अनुसार केही ब्रान्डका मोडल उपलब्ध हुने छैनन् । भारत र नेपालको बजार अधिकांश रुपमा उस्तै हुने र धेरै भारतीय कार नेपाली बजारमा समेत उपलब्ध हुने भएकाले यसको प्रत्यक्ष असर यहाँ पनि पर्ने गर्छ ।

हिजो अर्थात २०२३ अप्रिल १ देखि भारतीय कार बजारमा १७ कार डिस्कन्टिन्यु भएका छन् । यसको अर्थ ती १७ कार अब बजारमा उपलब्ध हुने छैनन् । यी मध्ये सबैभन्दा बढी होन्डाका ५, महिन्द्राका ३, हुन्डाई र स्कोडाका २/२, रनो, निसान, मारुती सुजुकी, टोयोटा र टाटाका १/१ कार सो सूचीमा सामेल छन् । यी मध्ये धेरै डिजेल कार छन् ।

भारतमा अप्रिल १ देखि रियल ड्राइभिङ इमिसन (आरडीई) नामक नयाँ इमिसन नर्म्स लागू भएको छ । यस अनुसार कार कम्पनीहरुले आफ्नो कारको इन्जिन अपडेट गर्नुपर्छ वा उत्पादन नै बन्द गर्नुपर्छ ।

यो नियम अनुसार होन्डा सिटी फोर्थ जेनेरेसन, होन्डा सिटी फिफ्थ जेनेरेसन डिजेल, होन्डा अमेज डिजेल, होन्डा ज्याज र होन्डा डब्ल्युआर–भीको उत्पादन बन्द हुनेछ ।

त्यसैगरी महिन्द्रा मराजो, महिन्द्रा अल्टुरस–जी४ र महिन्द्रा केयूभी १०० बन्द हुनेछन् । हुन्डाई भरना डिजेल, स्कोडा अक्टाभिया, स्कोडा सुपर्व, टाटा अल्ट्रोज डिजेल, रेनो क्विड ८००, निसान किक्स, मारुती अल्टो ८०० र टोयोटा इन्नोभा क्रिस्टा पेट्रोलको उत्पादन पनि बन्द हुनेछ ।

यस अनुसार नेपाली बजारमा समेत लोकप्रिय रहेका रेनो क्विड, मारुती अल्टो आदि इन्ट्री लेवलका कार अब उपलब्ध हुने छैनन् । अन्य मोडल पनि नेपाली बजारमा बिक्री भइरहेका छन् ।

सम्बन्धित समाचारहरू

नेपाल भित्रिदै सुजुकी एभेनिस : टीभीएस एनटर्क, यामाहा रे जीआर र होन्डा डियोको प्रतिस्पर्धी बन्ने

नेपाल भित्रिदै सुजुकी एभेनिस : टीभीएस एनटर्क, यामाहा रे जीआर र होन्डा डियोको प्रतिस्पर्धी बन्ने

काठमाडौं – नेपाली बजारमा सुजुकीको नयाँ स्कुटर एभेनिस भित्रिने भएको छ ।...

मारुती सुजुकीको सबैभन्दा महंगो गाडी लन्च, हाइब्रिड इन्जिन मात्र हुने

मारुती सुजुकीको सबैभन्दा महंगो गाडी लन्च, हाइब्रिड इन्जिन मात्र हुने

मारुती सुजुकीले प्रिमियम एमपीभी ‘इन्भिक्टो’ भारतीय अटोमोबाइल बजारमा...

नयाँ सुजुकी ब्रेजामा ४० भन्दा बढी कनेक्टेड फिचर्स हुने

नयाँ सुजुकी ब्रेजामा ४० भन्दा बढी कनेक्टेड फिचर्स हुने

मारुतीको सब–कम्प्याक्ट एसयूभी ब्रेजा एड्भान्स फिचर सहित जुन ३० मा लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...