भारतमा भोलिदेखि लागु हुन लागेको बीएस६ फेज२ नर्म्स के हो ? के छ नेपालको अवस्था ?

भारतमा भोलिदेखि सवै प्रकारका कम्वस्चन इन्जिनयुक्त कार, टु ह्विलर र कमर्सियल भेइकलमा बीएस६ फेज २ नर्म्स लागु हुँदैछ । तीन वर्षअघि अर्थात सन् २०२० अप्रिल १ वाट लागु हुँदै आएको बीएस६ मापदण्डलाई अपग्रेड गरेर भारत सरकारले यो नयाँ मापदण्ड लागु गर्न लागेको हो । त्यसअघि बीएस४ मापदण्डमा आधारित भएर सवारी साधन उत्पादन हुँदै आएका थिए । बीएस ५ लागु नभएर एकैपकट बीएस६ मा जाँदा सवारीसाधनको मूल्य महंगो भएको थियो ।

नयाँ मापदण्ड कार्यान्वयनमा आएसँगै सवै प्रकारका कार, टु ह्विलर र कमर्सियल भेइकलमा ‘रियल टाईम ड्राइभिङ इमिसन’ र ‘अन वोर्ड डाइग्नोस्टिक’ सिस्टम अनिवार्य हुनुपर्नेछ । यसले सवारी साधनबाट उत्सर्जन हुने प्रदुषणको मात्रालाई वैज्ञानिक तवरबाट मापन गर्न सकिन्छ ।

हाल कार्यन्वयनमा रहेको बीएस६ मा सवारी साधनले उत्सर्जन गर्ने प्रदुषणलाई ल्यावमार्फत चाँच गरिँदै आइएकोमा नयाँ नर्म्स लागु भएपछि ‘रियल वल्र्ड कन्डिसन’ मा जाँच गरिन्छ । जसअन्गर्तत ड्राइभिङ आनिवानी र ट्राफिक कन्डिसन समेत सामेल गरिएको हुन्छ ।

यो नयाँ नर्म्समा उत्पादक कम्पनीले ‘एड्भान्स इमिसन कन्ट्रोल टेक्नोलोजी’लाई अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने हुन्छ । जसअन्तर्गत ‘पार्टिकुलेट फिल्टर’, ‘सेलेक्टिभ क्याटालाइटिक रिडक्सन’ र सुधारिएको ‘इन्जिन म्यानेजमेन्ट सिस्टम’ लाई अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने छ । जसको सहयोगमा प्रदुषण कम गर्न मद्धत पुग्छ ।

नयाँ नर्म्स कार्यन्वयनमा आउने भएसंगै अधिकांश उत्पादक कम्पनीले बजारमा माग कम भएका केही डिजेल इन्जिनयुक्त कारको उत्पादनलाई वन्द गर्ने घोषणा गरेका छन् । यो प्रविधीमा जाँदा सवारीसाधनको मूल्य महंगो हुने भन्दै उनीहरुले यसो गरेका हुन् । नयाँ नम्र्सका कारण भारतमा टु ह्विलरको मूल्य २ देखी १० हजारसम्म र कारमा १० देखी ५० हजार भारुसम्म मूल्य बृद्धि हुने जनाइएको छ ।

के छ नेपालको अवस्था ?
भारतमा तीन वर्ष अघिबाटै बीएस६ मापदण्डलाई अनिवार्य गरिएपनि नेपाली बजारमा भने हालसम्म पनि बीएस४ मापदण्डका टु ह्विलर र कार उपलब्ध रहँदै आएका छन् । कमर्सियल भेइकलमा त झन अझै पनि बीएस२ मापदण्डका सवारी साधन बिक्री भइरहेको अवस्था छ ।

कमर्सियल भेइकलमा सरकारले बीएस४ लाई अनिवार्य नगरी एकैपटक विएस६ मापदण्ड लागु गर्ने तयारी गरेपनि केही व्यावसायिक घरनाको दवावका कारण हालसम्म यो मापदण्ड लागु हुन सकिरहेको छैन । प्यासेन्जर कारको हकमा भने अधिकांश मोडल बीएस६ को बिक्री भइरहेको छ भने टु ह्विलरमा केही मोडलमात्र बीएस६ मापदण्डका छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...