रोयल इन्फिल्ड हिमालयन ७५० आउँदै, यस्ता छन् विशेषता
रोयल इन्फिल्डले हालै लद्दाखको लेहमा हिमालयन ७५० को शोकेस गरेको छ । सो...
रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले नेपाली बजारमा उपलब्ध ब्ल्याक कलर भेरिएन्टको क्लासिक ३५० किन्दा १५ हजार रुपैयाँ बराबरको एसेसरिज निःशुल्क उपलब्ध गराउने भएको छ ।
नेपाली बजारमा उपलब्ध बीएस४ मापदण्डको क्लासिक ३५० मा ३४६ सीसीको सिंगल सिलिन्डर इन्जिन छ, जसले १९.८ बीएचपी पावर र २८ एनएम टर्क जेनेरेट गर्छ ।
अल्फा अटोमोटिभले आगामी दिनमा नेपालमै रोयल इन्फिल्डका बाइक एसेम्बल गर्ने तयारी गरिरहेको छ । रोयल इन्फिल्डका मोटरसाइकल नेपालमा उत्पादन गर्नका लागि टीजी अटो ग्रुप दर्ता भएको छ । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगपालिका वडा नम्बर ९ मा स्थापना हुने गरी टीजी अटो ग्रुप प्रालिको दर्ता गत भदौँ २ गते भएको हो । यसका लागि ३८ करोड लगानी हुनेछ भने वार्षिक ८ हजार मोटरसाइकल उत्पादन गरिने छ । यसमा ६७ जनाले रोजगार पाउने छन् ।
हाल नेपाली बजारमा रोयल इन्फिल्ड क्लासिक ब्ल्याकको मूल्य ६ लाख ४० हजार रुपैयाँ छ । त्यसैगरी ब्याटल ग्रिन, गन मेटल ग्रे, रेडिच रेड र एस कलरको मूल्य ६ लाख ५० हजार रुपैयाँ छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...