बीवाईडी फर्चुन ५०० सूचीमा समावेश : प्रविधिमार्फत थप कार्य गर्ने प्रतिबद्धता व्यक्त
चीनको प्रसिद्ध अटोमोबाइल कम्पनी बीवाईडी फर्चुन ५०० को सूचीमा परेको छ ।...
काठमाडौं – चालु आर्थिक वर्षको १० महिना अर्थात बैशाख मसान्त सम्म नेपालमा ८ हजार ६०५ विद्युतीय कार, जिप र भ्यान अर्थात ईभी भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख मसान्तसम्म आउँदा विभिन्न मुलुकबाट देशमा २० अर्ब ३२ करोड ५९ लाख ८८ हजार रुपियाँ बराबरको विद्युतीय सवारी साधन आयात भएको हो ।
यो अवधिमा ईभी आयातबाट सरकारलाई १२ अर्ब ४३ करोड ३७ लाख ३६ हजार रुपियाँ राजस्व प्राप्त भएको छ । चालु आवको वैशाखसम्म ५० किलोवाटका २८ सय ४८ वटा, ५१ देखि १०० किलोवाटका ५ हजार २५ वटा, १०१ देखि २०० किलोवाटसम्मको ७२३ वटा र २०१ देखि ३०० किलोवाट क्षमता सम्मको ९ वटा ईभी आयात भएका छन् ।
५१ देखि १०० किलोवाटका ईभी गाडी अहिलेसम्म सबै भन्दा धेरै भित्रिएका छन् । यो अवधिमा सबैभन्दा धेरै ईभी चीनबाट भित्रिएका छन् भने त्यसपछि भारतबाट भित्रिएका छन् ।
गत आर्थिक वर्षको यही अवधि अर्थात बैशाख मसान्त सम्ममा नेपालमा ९ हजार ८५९ ईभी भित्रिएका थिए । यस अनुसार यो वर्ष केही संख्यामा मात्र कमी आएको छ ।
चालु आर्थिक वर्षको चैत मसान्त सम्म नेपालमा ७ हजार १७१ ईभी भित्रिएका थिए । यस अनुसार बैशाख महिनामा नेपालमा १ हजार ४३४ ईभी भित्रिएका छन् ।
नेपालमा यो वर्ष पनि ईभीको बिक्री राम्रै मानिएको छ । नेपाल विश्वमै ईभी धेरै बिक्री हुने देशको सूचीमा रहेको छ ।
चीनको प्रसिद्ध अटोमोबाइल कम्पनी बीवाईडी फर्चुन ५०० को सूचीमा परेको छ ।...
काठमाडौँ – जिली ईएक्स५ म्याक्स तथा प्रो विद्युतीय सवारी साधनका आधिकारिक...
काठमाडौं – नेपालमै बनेको विद्युतीय मोटरसाइकल ल्याएर चर्चा कमाएको कम्पनी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...