टीभीएस रेडरको सुपर स्क्वाड एडिसन लन्च, यस्तो छ बाइक
टीभीएसले भारतमा टीभीएस रेडरलाई मार्वलको सुपर हिरोबाट प्रेरित राइडर सुपर...
नेपाली टु ह्विलर बजारमा कम्युटर मोटरसाइकलको बजार निकै राम्रो रहेको पाइन्छ । यसमा पनि १२५ सिसी सेग्मेन्टलाई ग्राहकले बढीमात्रामा रुचाउने गरेका छन् । यस्ता बाइक फिचर्सको मामलमा केही कमजोर देखिएपनि किफायतीका हिसावले निकै नै उपयोगी हुने कारण राइडरको रुचीमा पर्न सफल भएका हुन् । नेपाली बजारमा १२५ सिसी सेग्मेन्टमा १ दर्जन हाराहारी मोडल उपलब्ध रहँदै आएपनि चर्चामा भने बढी होन्डा साइन, टिभिएस रेडर, बजाज पल्सर १२५ र हिरो ग्ल्यामर रहने गरेको पाइन्छ । यी बाइकको इन्जिन, पावर, फिचर्स र मूल्य यसप्रकार रहेको छ ।
इन्जिन
यी ४ वटै बाइकमा १२५ सिसी क्षमताको इन्जिन जडान गरिएको छ । जसमध्ये टिभिएस रेडरमा थ्री भल्भ र अन्य तीन मोडलमा भने टु भल्भ इन्जिन उपलब्ध गराइएको छ । थ्री भल्भ इन्जिनका कारण रेडरको पावर समेत केही बढी रहेको छ । यद्यपी पावरको मामलामा पल्सर १२५ मबजुत देखिएको छ । यो बाइकको पावर ११.६ बिएचपी रहेको छ भने टिभिएस रेडरको ११.२ बिएचपी छ । त्यसैगरी हिरो ग्ल्यामरको ११.४ बिएचपी र होन्डा साइनको १०.१६ बिएचपी पावर रहेको छ । पावरको मामलमा होन्डा साइन केही कमजोर देखिएको छ ।
यी चार बाइकमध्ये सबैभन्दा कम तौल होन्डा साइनको छ भने सबैभन्दा बढी पल्सर १२५ को छ । साइनको तौल ११४ किलोग्राम रहँदा पल्सरको भने १४२ किलोग्राम छ । तौल कम भएका कारण यो सेग्मेन्टमा होन्डा साइनले बढी माइलेज दिने देखिन्छ । यद्यपी यो सेग्मेन्टमा नयाँ प्लेयर बनेर भित्रिएको टिभिएस रेडरले इको मोडमा सेग्मेन्टकै सर्बाधिक बढी माइलेज दिने दाबी गरिएको छ । उक्त मोडमा यसले ६० किलोमिटर माथी माइलेज दिने दाबी छ ।
च्यासिस
बाइकको मूल्य कम गर्न र रिप्लेस्मेन्ट पार्टसलाई समेत सस्तो मूल्यमा उपलब्ध गराउन उत्पादक कम्नीहरुले प्राय यो सेग्मेन्टको बाइकमा सामान्य किसिमको च्यासिस सेट प्रयोग गर्ने गरेको पाइन्छ । जसका कारण पल्सर, साइन र ग्ल्यामरको अगाडी फ्रक सक र पछाडी ट्विन क्वाइल स्प्रिङ सक एब्जर्बर प्रयोग गरिएको छ । यो सेग्मेन्टमा टिभिएसले पहिलोपटक रेडरमा पछाडी समेत मानोसक एब्जर्बर दिएको छ । जसले रेडरलाई प्रतिस्पर्धीको तुलनामा पृथक देखाएको छ ।
त्यसैगरी पल्सरमा अगाडीको चक्कामा डिस्क ब्रेक अनिबार्य गरिएको छ भने अन्य ३ मोटरसाइकलमा भने डिस्क ब्रेकलाई अप्सनका रुपमा दिइएको छ । अर्थात यी तीनवटै बाइकको बेस भेरियन्टको दुबै चक्कामा ड्रम ब्रेक दिइएको छ भने टप भेरियन्टमा मात्र अगाडी चक्कामा डिस्क ब्रेक जडान गरिएको छ । साइन र ग्ल्यामर दुबै बाइकमा १८ इन्चको ह्विल प्रयोग गरिएको छ भने रेडर र पल्सरमा १७ इन्चको ह्विल जडान गरिएको छ । त्यसैगरी रेडर र पल्सको ह्विलबेश १३२६ र १३२० एमए रहेको छ भने ग्ल्यामर र साइनको ह्विलबेश १२७३ र १२८५ एमएम रहेको छ । बढी ह्विलबेश भएको बाइकलाई कर्नर र सिधा रोडमा गुडाउँदा स्थिर भएको महशुस गर्न सकिन्छ ।
फिचर्स
फिचर्सको कुरा गर्नुपर्दा पल्सरमा सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । जहाँ स्पिड, फ्युल, ट्रिपको बारेमा समेत जानकारी दिने ओडोमिटर र टेकोमिटर पाउन सकिन्छ साइनमा भने एनालग क्लस्टर जडान गएिका कारण स्पिड, ओडोमिटर र फ्युल लेभल बारे जानकारी लिन सकिन्छ ।
फिचर्सको मामलामा रेडरले अन्य तीन बाइकलाई पछि पारेको प्रष्ट हुन्छ । यो सेग्मेन्टमा पहिलोपटक राइडिङ मोड उपलब्ध गराएको रेडरलाई इको र पावर मोडमा कुदाउन सकिन्छ । इको मोडमा कुदाउँदा १० प्रतिशतसम्मले इन्धन बचत हुने र हाइवेमा गति बढाउन पावर मोडलाई प्रयोग गर्न सकिने बिशेषता दिइएको छ । साथै रेडरमा रंगिन एलसिडी इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । जहाँ स्मार्ट एक्स कनेक्टमार्फत भ्वाइस एसिस्ट र नेभिगेसन लगायत फिचर्स प्रयोग गर्न सकिन्छ । यो बाइकमा युएसबी चार्जर र सेग्मेन्टमै पहिलोपटक सिट मूनी सामान राख्न मिल्ने बिशेषता दिइएको छ ।
हिरो ग्ल्यामरमा आई स्मार्ट टेक्नोलोजी सहित एलसिडी इन्स्ट्रुमेन्ट क्लस्टर र साइड स्ट्यान्ड इन्जिन कट–अफ फिचर्स दिइएको छ ।
मूल्य
होन्डा साइनको मूल्य २ लाख ३४ हजार ९ सयदेखी २ लाख ६४ हजार ९ सय रुपैयाँसम्म निर्धारण गरिएको छ । त्यसैगरी टिभिएस रेडरको २ लाख ४७ हजार ९ सय र पल्सरको २ लाख ४६ हजार ९ सय तथा हिरो ग्ल्यामरको २ लाख ५ हजारदेखी २ लाख १८ हजार ५ सय रुपैयाँसम्म निर्धारण गरिएको छ ।
टीभीएसले भारतमा टीभीएस रेडरलाई मार्वलको सुपर हिरोबाट प्रेरित राइडर सुपर...
टिभिएसले हालसालै भारतीय बजारमा लन्च गरेको रोनिन मोटरसाइकल नेपालमै...
टीभीएसको १२५ सिसी मोटरसाइकल रेडर ‘फ्लेक्स फ्यूल’ टेक्नोलोजिमा आएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...