सार्वजनिक भयो यामाहा एफजेड–एक्सको स्पष्ट तस्बिर
यामाहाको नयाँ बाइक एफजेड–एक्सको चर्चा हाल निकै चुलिएको छ । धेरैले यो बाइक...
काठमाडौं – नेपाली सडकमा यामाहा एमटी–१५ बीएस६ मोटरसाइकलको संख्या १ हजार पुगेको छ । यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले यति धेरै संख्यामा नेपाली बजारमा यो मोटरसाइकल बिक्री भएको बताएको छ ।
यामाहा एमटी–१५ पहिलो पटक गत वर्ष गत वर्ष अर्थात २०२१ सेप्टेम्बर २४ मा भृकुटीमण्डपमा सम्पन्न यामाहा महा एक्सचेन्ज मेलामा सार्वजनिक गरिएको थियो । त्यति बेला एकै पटक २ सय युनिट एमटी–१५ बीएस६ ग्राहकलाई डेलिभरी गरिएको थियो ।
त्यस पश्चात लामो समय सम्म नेपाली राइडरहरुले यसको बुकिङ लिए पनि पाउन सकेनन् । हालै मात्र बाँकी ग्राहकलाई यो मोटरसाइकल डेलिभरी गरिएको छ । भृकुटीमण्डपमा जारी यामाहा महा एक्सचेन्ज मेलाको दोस्रो दिन ५ सय युनिट एमटी–१५ बीएस६ डेलिभरी गरिएको छ । बीचमा विभिन्न समयमा गरिएको डेलिभरी र एक्सचेन्जमार्फत सबैगरी १ हजार युनिट एमटी–१५ बीएस६ ग्राहकलाई डेलिभरी गरिएको कम्पनीको भनाइ छ ।
सो नेकेड स्ट्रिट फाइटरमा भएका विभिन्न विशेषताका कारण अन्य मोटरसाइकल भन्दा फरक भएको र धेरै राइडरले यसको प्रतीक्षा गरिरहेको कम्पनीको भनाइ छ । टर्क र छरितोपन, परिष्कृत कन्ट्रोल पोस्चर्स र सिंगल–च्यानल एबीएसका लागि परिचित, सबैभन्दा गतिशील लाइटवेटहरू मध्ये एक उक्त प्योर ग्रिड हाइपर नेकेड, एमटी स्टेबलबाट अतिरिक्त समय र कडा परिश्रमसहित विशेष सामग्रीहरूको प्रयोगपछि तयार गरिएको बाइक हो, एमटी–१५ बीएस६ ।

एमटीको उत्पादनमा लाग्ने सामग्रीहरू यामाहाले विशेष रूपमा छनौट र निर्माण गर्ने गरेको बताउछ । सो १५५ सीसीको मोटरसाइकल उत्पादन गर्न केही कठिनाई भएकाले नेपाली बजारमा समेत यो मोटरसाइकल माग अनुसार उपलब्ध हुन सकेन । यामाहाले आफ्नो उत्पादनका लागि कुनै सम्झौता नगर्ने भएकाले अब्बल सामग्री प्रयोग गर्ने गर्छ । यही कुरालाई मनन गरी ग्राहकलाई समेत प्रतीक्षा गराए तापनि हाल यो मोडल निर्माण गर्न आवश्यक पर्ने प्रमुख इलेक्ट्रोनिक चिप्सको अभाव हटेको छ । इलेक्ट्रोनिक चिप्सको अभाव भारतीय बजारमा मात्र नभएर यो विश्वव्यापी परिदृश्य थियो । यामाहालाई ठूलो मात्रामा चिप्सहरू चाहिएको कारणले चिप्स उत्पादकहरू यति चाँडै यामाहाको माग पूरा गर्न सक्ने स्थितिमा थिएनन् । यसले गर्दा यसको उत्पादनमा ढिलाई भएको र ग्राहकले लामो समय प्रतीक्षा गरेको कम्पनीको भनाइ छ ।
यामाहाको १५५ सीसी इन्जिनयुक्त एमटी–१५ पहिले देखि नै बलियो र रुचाइएको बाइक थियो । अहिले बीएस६ मापदण्डयुक्त इन्जिनका साथ यसमा अन्य धेरै विशेषता समेत थपिएका छन् । यसमा भएको विशिष्ट खालको ईसीयू मोडल, राम्रो एक्सिलरेसनका लागि भीभीए इन्जिन तथा राइडिङलाई अझै फास्ट गर्नका लागि अप्टिमाइज्ड सेकेन्डरी रिडक्सन गियर रेसियो एवं सहज गियरसिफ्टका लागि एएस क्लच उपलब्ध छ । त्यसैगरी राइडरलाई सहजता प्रदान गर्न यसमा मोटार्ड जस्तो राइडिङ पोजिसन हुन्छ भने उत्कृष्ट स्टपिङ पावरका लागि सिंगल च्यानल एबीएससहितको २८२ एमएमको फ्रन्ट डिस्क ब्रेक जस्ता उत्कृष्ट विशेषताहरुले यसमा आकर्षण थपेको छ ।
नेपाली बजारमा एमएडब्ल्यु इन्टरप्राइजेजले आफ्ना उत्पादनमार्फत ४६ वर्ष देखि सेवा उपलब्ध गराउदै आएको बताएको छ । ग्राहकहरूको जीवनशलीलाई माथि उठाउने मुख्य उद्देश्यका साथ एमएडब्ल्यु इन्टरप्राइजले नेपाली अटो ससांरलाई आजको अवस्थासम्म ल्याउनमा ठूलो भूमिका खेलेको बताएको छ । देशभर यामाहाका सेवा केन्द्रहरू भएका करिब १०० यामाहा शोरुमहरू रहेका छन् । नेपालभरी यामाहाका १९६ स्पेयर पार्ट्स आउटलेटहरू र सर्भिस प्वाइन्टका साथै ८६ भन्दा बढी नयाँ एफआई स्टेशनहरू रहेका छन्, जहाँ सेवाग्राहीले एफआई बाइक र स्कुटरका लागि स्वास्थ्य कार्ड प्राप्त गर्न सक्नेछन् ।
हाल यो मोटरसाइकलको सुरुवाती मूल्य ४ लाख ७१ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
यामाहाको नयाँ बाइक एफजेड–एक्सको चर्चा हाल निकै चुलिएको छ । धेरैले यो बाइक...
हालै चितवनको नारायणघाटस्थित नवीन अटो सेन्टरबाट यामाहाको स्कुटर किनेका...
काठमाडौं– एमएडब्लू राइड्स प्रालिअन्तर्गत सञ्चालनमा रहेको यामाहा नेपालले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...