होन्डा एलिभेट भोली नेपालमा लन्च हुँदै, यस्तो छ मूल्य र फिचर

काठमाडौं– होन्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले भोली नयाँ एसयूभी एलिभेट लन्च गर्ने भएको छ । कम्पनीले यसअघि एलीभेटको मूल्य र नेपाली बजारमा उपलब्ध हुने भेरिएन्ट सार्वजनिक गरेको थियो । यो नयाँ एसयूभी ४ भेरिएन्टमा नेपाल आउन लागेको हो ।

एलीभेट म्यानुअल र सीभिटी दुवै ट्रान्समिसनमा उपलब्ध हुनेछ । जसमध्य एसभी, भी, भीएक्स, र जेडएक्स चारवटै भेरिएन्टमा म्यानुअल ट्रान्समिसन उपलब्ध हुनेछ । जसको मूल्य क्रमशः ५६ लाख ३५ हजार, ६० लाख ३५ हजार, ६६ लाख ९५ हजार र ७३ लाख ४४ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सिभिटीमा भने यसको भी, भीएक्स, र जेडएक्स भेरिएन्टमात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । जसको मूल्य क्रमशः ६५ लाख ७० हजार, ७१ लाख ९५ हजार र ७८ लाख ७० हजार तोकिएको छ । जेडएक्स सीभिटी डुअल टोन विकल्पमा समेत उपलब्ध हुनेछ । जसको मूल्य ७९ लाख ४४ हजार निर्धारण गरिएको छ ।

हुन्डाई क्रेटा र किया सेल्टोस जस्ता यो सेग्मेन्टका चर्चित एसयूभीको प्रतिस्पर्धी वनेर आउन लागेको एलीभेटमा होन्डाले १.५ लिटर क्षमताको नेचुरल एस्पीरेटेड ईन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १२१ हर्स पावर र १४५ एनएम टर्क जेनेरेट गर्छ ।

एलीभेटको एक्सटेरियरमा एलइडी डीआरएल सहितको फुल एलइडी प्रोजेक्टर हेडल्याम्प, एलइडी टर्न इन्डिकेटर तथा रियर एलइडी लाइट पाउन सकिन्छ । होन्डाले एलिभेटमा सिङ्गल प्यानल सनरुफ दिएको छ ।

यसैगरी इन्टेरियमा फराकिलो स्पेस, ठूलो साइजको हेड र लेग रुम, ७ इन्चको मल्टी इन्फर्मेसन डिस्प्ले र १०.२५ इन्चको हाइ डेफिनेसन फ्लोटिङ इन्फोटेन्मेन्ट डिस्प्ले पाउन सकिन्छ । आधुनिक स्टाइल र उत्कृष्ट पर्फमेन्स भएको यस एसयूभीले ग्राहकहरुलाई उच्चस्तरीय ड्राईभिङ्ग अनुभव दिने होन्डाले जनाएको छ ।

सुरक्षाका लागी यसमा होन्डा सेन्सिङ एडिएएस फिचर रहेको छ । साथै यसमा रियर पार्किङ सेन्सर, मल्टी एङ्गल रियर भ्यू क्यामेरा, हिल स्टार्ट एसिस्ट, लेनवाच क्यामेरा, आइएसओ फिक्स र ६ वटा एयरब्याग दिइएको छ ।

सम्बन्धित समाचारहरू

तीन ठूला बाइक कम्पनीले घोषणा गरे एकै पटक चाडपर्व स्किम, रोजी रोजी बाइक स्कुटर लिन सकिने

तीन ठूला बाइक कम्पनीले घोषणा गरे एकै पटक चाडपर्व स्किम, रोजी रोजी बाइक स्कुटर लिन सकिने

काठमाडौं – नेपाली बजारमा उपलब्ध विभिन्न ब्रान्डका बाइक मध्ये तीन ठूला...

होन्डा यूनिकर्न र पल्सर १५० को मूल्य एउटै, हेरौ कुन बाइक कति पावरफुल

होन्डा यूनिकर्न र पल्सर १५० को मूल्य एउटै, हेरौ कुन बाइक कति पावरफुल

१५० सिसी सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेको २ लोकप्रिय मोटरसाइकल होन्डा...

होण्डाको ‘दशैंमा १० लाख’ योजना छठ पर्वसम्म उपलब्ध हुने

होण्डाको ‘दशैंमा १० लाख’ योजना छठ पर्वसम्म उपलब्ध हुने

काठमाडौं– होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...