तनहुँ परेवाडाँडामा जिपलाइन र स्काई रोप साइक्लिङ सञ्चालनमा आउने

तनहुँ परेवाडाँडामा जिपलाइन र 'स्काई रोप साइक्लिङ' सञ्चालनमा आउने भएको छ । सन् २०१२ सञ्चालनमा आएको पिजन हिल रिसोर्ट एण्ड फन पार्कले आफ्ना पाहुनालाई नयाँ सुविधा दिन जिपलाइन र स्काई रोप साइक्लिङ थप गरेको छ ।

केही दिनमा जिपलाइन तयार हुने र  स्काई रोप साइक्लिङ पनि कार्तिक महिना भित्रै निर्माण सम्पन्न हुने रिसोर्टका सञ्चालक विवेक सापकोटाले जानकारी दिए । ‘मादी नदी वारपार गर्ने गरि ५ सय मिटरको जिपलाइन सञ्चालनमा ल्याएका हौँ । जुन परेवाडाँडाबाट चिन्तुडाँडासम्म पुग्ने व्यवस्था गरिएको छ,’ उनी भन्छन्,‘९० फिट हाइटमा एक सय मिटरको स्काई रोप साइक्लिङको परीक्षण कार्य भइरहेको छ ।’

यस्तै, जिपलाइनका लागि एक हजार ५ सय र स्काई रोप साइक्लिङ (दुई तर्फी) का लागि एक हजार शुल्क तोकिएको उनी बताउँछन् । रिसोर्टले जिपलाइन र स्काई रोप साइक्लिङका लागि मात्र १ करोड २५ लाख बजेट छुट्याएको सापकोटाले जानकारी दिए ।

रिसोर्ट दमौलीबाट ५ किमि उत्तर परेवाडाँडामा अवस्थित छ । १० रोपनी क्षेत्रफलमा फैलिएको उक्त रिसोर्टको हाल ४ रोपनीमा संरचनाहरू बनेका छन् । यस्तै, आगामी २ वर्षमा लक्जरी रुम, स्विमिङ पुल, चिल्ड्रेन फनपार्क लगायतका संरचनाहरू समेत थप्ने योजना रहेको उनी बताउँछन् ।

यसबाहेक रिसोर्टमा जाइन्ट स्विङ समेत सञ्चालनमा रहेको छ । उक्त स्विङ २ वर्ष अगाडिदेखि नै सञ्चालनमा रहेको सापकोटा बताउँछन् । उनका अनुसार, ९० केजीसम्मका व्यक्तिले स्विङ खेल्न सक्छन् ।

सम्बन्धित समाचारहरू

एमजी जेडएस इभीको फेसलिफ्ट मोडल सार्बजनिक, ठूलो ब्याट्री प्याक र प्रिमियम फिचर्स थप

एमजी जेडएस इभीको फेसलिफ्ट मोडल सार्बजनिक, ठूलो ब्याट्री प्याक र प्रिमियम फिचर्स थप

एमजी मोटर्सले २०२२ जेडएस इभीको फेसलिफ्ट मोडल सार्बजनिक गरेको छ । भारतीय...

भारतीय बजारमा रेनोको पहिलो इलेक्ट्रिक कार आउँदै, कस्तो असर गर्ला टाटाको ईभीलाई ?

भारतीय बजारमा रेनोको पहिलो इलेक्ट्रिक कार आउँदै, कस्तो असर गर्ला टाटाको ईभीलाई ?

टाटाले हाल भारतीय इलेक्ट्रिक कार बजारमा आफ्नो प्रभुत्व जमाइरहेको छ र हाल...

नेपालमा उपलब्ध छ ७८ लाख ५० हजारदेखी २ करोड २० लाख रुपैयाँसम्म पर्ने मित्सुबिसीको एसयुभी

नेपालमा उपलब्ध छ ७८ लाख ५० हजारदेखी २ करोड २० लाख रुपैयाँसम्म पर्ने मित्सुबिसीको एसयुभी

जापनिज अटो मेकर मित्सुबिसीले नेपालमा ५ वटा मोडलका गाडी बिक्री गर्दै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...