जेरो इन्जिनियरिङको च्यारीटी राईड–२०२५ सम्पन्न

काठमाडौं– जेरो इन्जिनियरिङ मोटरसाइकल प्रालिद्वारा आयोजित ३ दिने च्यारिटी राइड–२०२५ सम्पन्न भएको छ । फागुन १४ देखी १६ गतेसम्म आयोजना भएको उक्त -याली काठमाडौं–धुलिखेल–सिन्धुली–जनकपुर हुँदै पुनः काठमाडौं फर्किएर सम्पन्न भएको हो ।

काठमाडौको सुकेधाराबाट सुरु भएको सो राईडलाई काठमाडौँ क्षेत्र नं ५ का सांसद तथा स्वास्थ्य मन्त्रि प्रदीप पौडेल, रोयल इन्फिल्ड नेपालका निर्देशक मेघराज पौडेल र जेरो इन्जिननियरिङका संचालक बिक्रम भट्टराईले संयुक्त रुपमा फ्ल्याग अफ गरी उद्घाटन गरेका थिए ।

राइडको पहिलो दिन काठमाडौँ देखि बनेपा, धुलिखेल हुँदै सिन्धुली–बर्दिबास सडक पार गरी बेलुकी जनकपुरमा बसेको जेरो इन्जिनियरिङ प्रालिका संचालक विक्रम भट्टराईले जानकारी दिए ।

दोस्रो दिन जनपुरधाम–८ धनुषामा रहेको श्री याज्ञवल्क्य संस्कृत माध्यमिक बिद्यालयलाई शैक्षिक सामाग्री सहित २ लाख रुपैयाँ बरावरको विभिन्न सामान हस्तान्तरण गरिएको भट्टराइले बताए ।

उक्त च्यारीटी राईडमा ८० वटा बुलेट बाइक समावेश भएका थिए । सो राईडको उद्देश्य आन्तरिक पर्यटन पर्बद्धन र भाइचाराको सम्बन्ध बिस्तार गर्नु रहेको जनाइएको छ ।

सो च्यारीटी राइडमा रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालि, मेसिलिन टायर बिक्रेता सिप्रदी अटो पार्ट्स, लायन्स क्लव अफ काठमाडौं ग्लोबल यूथ र डोरी मुभी लगायत विभिन्न व्यक्ति तथा संघसंस्थाको सहयोग रहेको थियो ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्ड हन्टर ३५० लन्च, यस्तो छ नयाँ बाइक

रोयल इन्फिल्ड हन्टर ३५० लन्च, यस्तो छ नयाँ बाइक

रोयल इन्फिल्ड हन्टर ३५० भारतमा लन्च गरिएको छ । सो बाइक रेट्रो र मेट्रो गरी २...

लन्च भएको एक महिनामै हन्टर बन्यो रोयल इन्फिल्डको सर्बाधिक बिक्री हुने दोस्रो मोटरसाइकल

लन्च भएको एक महिनामै हन्टर बन्यो रोयल इन्फिल्डको सर्बाधिक बिक्री हुने दोस्रो मोटरसाइकल

रोयल इन्फिल्ड हन्टर लन्च भएको एक महिनामै सबैभन्दा बढी बिक्री हुने दोस्रो...

४५० सीसी रोयल इन्फिल्ड हिमालयन बाइकको टिजर सार्वजनिक

४५० सीसी रोयल इन्फिल्ड हिमालयन बाइकको टिजर सार्वजनिक

रोयल इन्फिल्डको चर्चामा रहेको मोडल नयाँ हिमालयन ४५० परीक्षणको क्रममा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...