लिथियम ब्याट्री कारखानामा आगलाागी हुँदा ३५ हजार ब्याट्री जलेर नष्ट, २० जनाको मृत्यु
दक्षिण कोरियास्थित एउटा ब्याट्री कारखानामा भीषण आगलागी हुँदा ३५ हजार...
चिनियाँ ईभी निर्माता जिकरले नयाँ प्रबिधीको हाई पर्फमेन्स ब्याट्री लन्च गरेको छ । गोल्डेन ब्रिक नामले आएको सो लिथियम आयोन फस्फेट ब्याट्रीको बडीमा सुन जस्तै देखिने रङ पेन्ट गरिएको छ भने यसले ४ हजार भोल्टको हाई भोल्टेज रेसिस्ट गर्न सक्दछ ।
निकै नै सुरक्षित दावी गरिएको सो नयाँ ब्याट्रीलाई कम्पनीले ८ घण्टासम्म माइनस ४५ डिग्री सेन्टिग्रेडको चीसो र एक हजार डिग्री सेन्टिग्रेडमा तताएर परिक्षण गरेको थियो । यसरी परिक्षण गरेर ब्याट्रीलाई पुन कारमा जडान गर्दा समेत यसले काम गरेको थियो ।
जिकरले यसको उत्पादनलाई बृहत बनाउँदै लाने जनाएको छ । साथै डिसेम्वर २७ तारिखमा लन्च हुने ००७ सेडान कारमा पहिलोपटक सो ब्याट्रीलाई प्रयोग गरिने बताइएको छ । अल्ट्रा थिन सेपरेटरलाई स्यान्डविच स्ट्रक्चरमा राखी तयार पारिएको हुँदा यसको साइज कम्प्याक्ट देखिएको छ ।
५०० किलोवाट पिक चार्जिङ पावर भएको सो ब्याट्रीलाई १५ मिनेटमा १० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिने र यसरी चार्ज गरेपछि ५०० किलोमिटर रेन्ज पाउन सकिने दावी कम्पनीले गरेको छ ।
कम्पनीले यसलाई ४८ घण्टासम्म पानीमा डुबाउनुको साथै रोलरको साहयतामा १० मिटर तर खसालेर परिक्षण समेत गरेको थियो । यसरी परिक्षण गर्दा ब्याट्री पुर्णत सुरक्षित रहेको दाबी छ ।
दक्षिण कोरियास्थित एउटा ब्याट्री कारखानामा भीषण आगलागी हुँदा ३५ हजार...
इलेक्ट्रिक सवारी साधनमा प्रयोग हुने प्रविधि तीव्र गतिमा अगाडि बढिरहेको छ...
काठमाडौं– टाटा ग्रिन ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...