जिकरले ल्यायो गोल्डेन ब्रिक ब्याट्री, १५ मिनेट चार्जमा ५०० किलोमिटर रेन्ज दिने

चिनियाँ ईभी निर्माता जिकरले नयाँ प्रबिधीको हाई पर्फमेन्स ब्याट्री लन्च गरेको छ । गोल्डेन ब्रिक नामले आएको सो लिथियम आयोन फस्फेट ब्याट्रीको बडीमा सुन जस्तै देखिने रङ पेन्ट गरिएको छ भने यसले ४ हजार भोल्टको हाई भोल्टेज रेसिस्ट गर्न सक्दछ ।

निकै नै सुरक्षित दावी गरिएको सो नयाँ ब्याट्रीलाई कम्पनीले ८ घण्टासम्म माइनस ४५ डिग्री सेन्टिग्रेडको चीसो र एक हजार डिग्री सेन्टिग्रेडमा तताएर परिक्षण गरेको थियो । यसरी परिक्षण गरेर ब्याट्रीलाई पुन कारमा जडान गर्दा समेत यसले काम गरेको थियो ।

जिकरले यसको उत्पादनलाई बृहत बनाउँदै लाने जनाएको छ । साथै डिसेम्वर २७ तारिखमा लन्च हुने ००७ सेडान कारमा पहिलोपटक सो ब्याट्रीलाई प्रयोग गरिने बताइएको छ । अल्ट्रा थिन सेपरेटरलाई स्यान्डविच स्ट्रक्चरमा राखी तयार पारिएको हुँदा यसको साइज कम्प्याक्ट देखिएको छ ।

५०० किलोवाट पिक चार्जिङ पावर भएको सो ब्याट्रीलाई १५ मिनेटमा १० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिने र यसरी चार्ज गरेपछि ५०० किलोमिटर रेन्ज पाउन सकिने दावी कम्पनीले गरेको छ ।

कम्पनीले यसलाई ४८ घण्टासम्म पानीमा डुबाउनुको साथै रोलरको साहयतामा १० मिटर तर खसालेर परिक्षण समेत गरेको थियो । यसरी परिक्षण गर्दा ब्याट्री पुर्णत सुरक्षित रहेको दाबी छ ।

सम्बन्धित समाचारहरू

बजेटले उल्लेख गरे अनुसार विद्युतीय सवारीको ब्याट्री व्यवस्थापन गर्ने बीवाईडीको प्रतिबद्धता

बजेटले उल्लेख गरे अनुसार विद्युतीय सवारीको ब्याट्री व्यवस्थापन गर्ने बीवाईडीको प्रतिबद्धता

सरकारले विद्युतीय सवारी साधनमा प्रयोग हुने ब्याट्री व्यवस्थापनको विषयमा...

चीनले विकास गर्‍यो १२ मिनेटमै फुल चार्ज हुने ब्याट्री, इलेक्ट्रिक सवारीको भविष्यमा ठूलो फड्को

चीनले विकास गर्‍यो १२ मिनेटमै फुल चार्ज हुने ब्याट्री, इलेक्ट्रिक सवारीको भविष्यमा ठूलो फड्को

चीनले इलेक्ट्रिक सवारी क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ...

टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न, लन्च गरियो होम यूपीएस र इन्डष्ट्रियल ब्याट्री

टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न, लन्च गरियो होम यूपीएस र इन्डष्ट्रियल ब्याट्री

काठमाडौं – टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न भएको छ । टाटा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...