प्रिमियम लक्जरी ईभी ब्रान्ड जिकर नेपालमा सार्वजनिक

काठमाडौं — नेपाली बजारमा पहिले देखि नै विभिन्न ब्रान्डका सवारी साधन बिक्री–वितरण गरिरहेको पायोनियर मोटोकर्पले अर्को प्रिमियम लक्जरी ईभी ब्रान्ड ‘जिकर’ नेपालमा सार्वजनिक गरेको छ । जिकर, चीनको गिलि होल्डिङ ग्रुपको अत्याधुनिक लक्जरी विद्युतीय गाडीको ब्रान्ड हो, जुन अत्याधुनिक प्रविधि र ग्राहक केन्द्रित दृष्टिकोणका साथ मोबिलिटी तथा यातायात क्षेत्रको भविष्यको नेतृत्व गर्न प्रतिबद्ध रहेको छ ।

यसै साता हायात रिजेन्सी काठमाडौंमा भव्य समारोह सहित जिकर ब्रान्ड सार्वजनिक गरिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको समारोहमा जिकर साउथ एसियाका रिजनल डिरेक्टर फेलिक्स हु, जिकर ग्लोबल आफ्टर सेल्स सर्भिसका डिरेक्टर एस्टोर झाओ, शारडा ग्रुपका अध्यक्ष शिव रतन शारडा, शारडा ग्रुपका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा, शारडा ग्रुपका निर्देशकद्वय प्रदीप शारडा र गौरव शारडा तथा गोल्छा अर्गनाइजेसनका अध्यक्ष लोकमान्य गोल्छासहित अन्य सहभागीहरूको भव्य उपस्थिति रहेको थियो ।

शारडा ग्रुपका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडाद्वारा स्वागत मन्तव्य राखिएसँगै अघि बढेको कार्यक्रममा प्रमुख अतिथि, भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय देवेन्द्र दाहालद्वारा विशेष मन्तव्यपछि प्रमुख अतिथिलाई विशेष ‘टोकन अफ अप्रिसिएसन’ प्रदान गरियो । त्यसैगरी कार्यक्रममा जिकर टिमद्वारा ‘ब्रान्ड प्रिजेन्टेसन’ र जिकर नेपाल टिमद्वारा ‘प्रोडक्ट ब्रिफ’ गरियो । साथै, कन्टेमपररी डान्स प्रस्तुतीले कार्यक्रममा शोभा बढायो भने ‘प्रोडक्ट भिडियो’ मार्फत नयाँ जिकर एक्स एसयूभीको विस्तृत जानकारी प्रदर्शन गरिएको थियो ।

सो अवसरमा जिकर ब्रान्डको डेब्यु मोडल बहुप्रतिक्षित इलेक्ट्रिक एसयूभी ‘जिकर एक्स’को पहिलोपटक अनावरण गरियो ।

पायोनियर मोटोकर्पले हालसालै सम्पन्न नाडा अटो शो २०८१ मा जिकर एक्सको स्ट्यान्डर्ड र फ्ल्यागसिप भेरिएन्ट सार्वजनिक गरेको छ । जिकर एक्स लक्जरी तथा नयाँ अनुभव चाहने र अत्याधुनिक प्रविधिमा रूचि राख्ने नेपाली उपभोक्ताहरूको उच्च अपेक्षा पूरा गर्न डिजाइन गरिएको गाडी हो ।

जिकर एक्स परिष्कृत पर्फमेन्स र अत्याधुनिक सुरक्षा सुविधाहरूसहितको गाडीहरूमध्ये अग्रपंक्तिमा उभिने कम्पनीको भनाइ छ । यो प्रिमियम एसयूभीमा ‘भल्भो इएक्स थर्टी’मा प्रयोग भएको जस्तै उच्च गुणस्तरको सुरक्षित र मजबुत प्लेटफर्म प्रयोग गरिएको छ जसले सुरक्षित, परिष्कृत र प्रिमियम ड्राइभिङ अनुभव प्रदान गर्दछ ।

सन् २०१४ मा स्थापित पायोनियर मोटोकर्प प्रालि शारडा ग्रुपको सहायक कम्पनी हो ।

सम्बन्धित समाचारहरू

मलेसियाली ईभी प्रोटोन ईमास ७ नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

मलेसियाली ईभी प्रोटोन ईमास ७ नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

काठमाडौं – नेपालका लागि प्रोटोन ईभीको आधिकारिक वितरक जगदम्बा मोटर्सले...

चीन बन्यो विश्वको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता, पछि प-यो जापान

चीन बन्यो विश्वको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता, पछि प-यो जापान

जापान – जापान अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (जामा) को...

एथर इलेक्ट्रिक स्कुटरमा अनौठो फिचर, जसले लड्नबाट जोगाउँछ

एथर इलेक्ट्रिक स्कुटरमा अनौठो फिचर, जसले लड्नबाट जोगाउँछ

एथर इलेक्ट्रिक स्कुरमा अनौठो फिचर समावेश गरिएको छ । सो फिचरले चालकलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...