जीकर एक्सको मूल्य २० लाख घट्यो, अव ६५ लाखमै किन्न पाइने

काठमाडौं–जीकर ईभीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्पले क्रिसमस र नयाँ वर्ष २०२६ लाई लक्षित गर्दै ‘जीकर एक्स नाउ ओर नेभर’ अफर सार्वजनिक गरेको छ ।

क्रिसमस तथा नयाँ वर्षलाई लक्षित गर्दै ल्याइएको यो विशेष प्रिमियम अफरले नेपालकै सबैभन्दा अत्याधुनिक पूर्ण–इलेक्ट्रिक प्रिमियम एसयुभी लिन चाहने ग्राहकहरूका लागि आकर्षक अवसर प्रदान गर्दछ । लक्जरी इलेक्ट्रिक मोबिलिटीलाई आम ग्राहकको पहुँचसम्म पु¥याउन प्रिमियम इलेक्ट्रिक एसयुभी जीकर एक्सको मूल्य घटाइएको कम्पनीले जनाएको छ।

सो अफरअन्तर्गत ८४ लाख ९९ हजार रुपैयाँ पर्ने जीकर एक्स अब मात्र ६४ लाख ९९ हजार मूल्यमा पाउने भएको छ । कम्पनीका अनुसार इलेक्ट्रिक एसयुभी जीकर एक्सको मूल्य २० लाखले घटाइएको छ ।

यसले भोल्भो इएक्स३० सँग साझा गरिएको अत्याधुनिक गिली एसइए२ प्लेटफर्ममा निर्माण गरिएको सवारी साधन आफ्नो बनाउने आकर्षक अवसर प्रदान गर्दछ । गिलीको नवीनतम प्रविधि र नवप्रवर्तनमा आधारित जीकर एक्सले २०० किलोवाट क्षमताको उच्च प्रदर्शन मोटरमार्फत ३४३ नुतनमिटर टर्क उत्पादन गर्छ र केवल ५.६ सेकेन्डमै ०–१०० किलोमिटर प्रति घण्टाको गति हासिल गर्ने क्षमत राख्दछ ।

स्वीडेनको गोथेनबर्गस्थित जीकर ग्लोबल डिजाइन सेन्टरमा डिजाइन गरिएको जीकर एक्सले मिनिमलिस्ट डिजाइन, फ्रेमलेस ढोका र १४.६ इन्चको स्लाइड हुने केन्द्रीय स्क्रिनसहितको लक्जरी इन्टेरियर प्रस्तुत गर्छ । १३ स्पिकरको यामाहा सराउण्ड साउण्ड सिस्टमले यसको प्रिमियम अनुभवलाई अझ उचाइमा पु-याउँछ। सुरक्षालाई पनि जीकर एक्समा उच्च प्राथमिकता दिइएको छ, जसले युरो एनसीएपी र ग्लोबल एनसीएपी दुवैबाट ५–स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ। ७ वटा एयरब्याग र लेभल–२ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) सहित यो एसयुभी सुरक्षा दृष्टिले पनि अग्रणी छ ।

नेपाली सडक अवस्थालाई ध्यानमा राखी डिजाइन गरिएको जीकर एक्समा १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र ६६ किलोवाट आवर क्षमताको बलियो ब्याट्री दिइएको छ, जसले डब्लुएलटिपी मापदण्ड अनुसार ४४० किलोमिटर सम्मको रेन्ज प्रदान गर्छ ।

सम्बन्धित समाचारहरू

सोलार प्यानल जडित इलेक्ट्रिक एसयूभी लन्च हुने, वार्षिक २४१४ किमी रेन्ज दिने

सोलार प्यानल जडित इलेक्ट्रिक एसयूभी लन्च हुने, वार्षिक २४१४ किमी रेन्ज दिने

अमेरिकी कम्पनी फिस्करले आफ्नो स्पेशल एडिशन ओशियन इलेक्ट्रिक एसयूभी...

टाटा मोटर्सले ल्यायो ‘स्विच टु टियागो ईभी’ एक्सचेन्ज क्याम्प : बाइक–स्कुटर साटेर ईभी चढ्ने मौका

टाटा मोटर्सले ल्यायो ‘स्विच टु टियागो ईभी’ एक्सचेन्ज क्याम्प : बाइक–स्कुटर साटेर ईभी चढ्ने मौका

काठमाडौं – नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित...

आज नेपाली बजारमा नयाँ ईभी प्रोटोन इमास ७ लन्च हुँदै

आज नेपाली बजारमा नयाँ ईभी प्रोटोन इमास ७ लन्च हुँदै

काठमाडौं – नेपाली बजारमा नयाँ नयाँ इलेक्ट्रिक कार अर्थात ईभी भित्रिरहेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...