हाईब्रिड कार ल्याउँदै जिकर, सांघाई अटो शोमा सार्बजनिक हुने

चिनियाँ अटो निर्माता गिली अन्तर्गतको ईभी ब्रान्ड जिकरले अव हाईब्रिड पावरट्रेनमा समेत काम गर्ने भएको छ । जीकरले अर्को वर्ष आयोजना हुने सांघाई अटो शोमा आफ्नो पहिलो हाइब्रिड कार सार्बजनिक गर्ने योजना बनाएको हो ।

ठूला एसयूभी र एमपिभीलाई टार्गेट गरी जिकरले हाईब्रिड सिस्टम बिकास गरिरहेको कम्पनीका सिईओ कंगुईले बताए । उनका अनुसार हाल बिक्री हुँदै आएको जिकर ००१ विद्युतिय कारलाई हाइब्रिड भर्सनमा उतार्ने कम्पनीको तयारी छ । जसको प्रोटोटाइपलाई कम्पनीले अहिले चिनियाँ सडकमा परिक्षण समेत गर्न थालिसकेको छ ।

प्रिमियम ईभी उत्पादन गरी विश्व बजारमा बिक्री गर्ने योजना सहित आएको जिकर समेत हाईब्रिड कारको विकासमा आउने चर्चाले चिनियाँ अटो बजारमा तरंग नै पैदा गरिदिएको छ । जिकरको यस्तो योजनालाई कतिपयले ईभीको लोकप्रियता गुम्दै जाने चरणमा रहेको भनेर समेत टिप्पणी गरेका छन् । यता जिकरले भने आफ्नो जोड मुलतः ईभीमै रहेको जनाएको छ ।

‘बजारमा हाइब्रिडक कारको माग समेत उच्च रहेका कारण हामीले केही मोडललाई मात्र हाइब्रिड पावरट्रेनमा ल्याउन लागेका हौँ । हाम्रो जोड मुलतः ईभीको विकासमै बढि केन्द्रित हुनेछ’ जिकारका सिइओ कंगुईले भने ।

सम्बन्धित समाचारहरू

विवाइडी कार किन्नेलाई १२.९९ प्रतिशत व्याजदरमा नविल वैंकले कर्जा दिने

विवाइडी कार किन्नेलाई १२.९९ प्रतिशत व्याजदरमा नविल वैंकले कर्जा दिने

विवाइडी व्रान्डका इलेक्ट्रिक कार किन्ने ग्राहकलाई नविल वैंकले सहज रुपमा...

सन् २०२१ : सबैभन्दा मूल्यवान कम्पनी टोयोटा र तीव्र गतिमा बढिरहेको कार ब्रान्ड बन्यो बीवाईडी

सन् २०२१ : सबैभन्दा मूल्यवान कम्पनी टोयोटा र तीव्र गतिमा बढिरहेको कार ब्रान्ड बन्यो बीवाईडी

सन् २०२१ को अटोमोबाइल ब्रान्ड सम्बन्धी नयाँ तथ्य सार्वजनिक भएको छ । यो वर्ष...

पहिले ४ वर्षमा बेचे जति कार बीवाईडीले १ वर्षमै बेच्यो, करिव ५ गुणा बढ्यो आम्दानी

पहिले ४ वर्षमा बेचे जति कार बीवाईडीले १ वर्षमै बेच्यो, करिव ५ गुणा बढ्यो आम्दानी

रेकर्ड नम्बरमा इलेक्ट्रिक कार बिक्री गर्न सफल भएका कारण बीवाईडीको गत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...