बुटवलमा दिपलको स्टेट–अफ–आर्ट सोरुम, टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प सुरु
काठमाडौं–चांगान तथा दिपल ईभीको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु...
चिनियाँ अटो निर्माता गिली अन्तर्गतको ईभी ब्रान्ड जिकरले अव हाईब्रिड पावरट्रेनमा समेत काम गर्ने भएको छ । जीकरले अर्को वर्ष आयोजना हुने सांघाई अटो शोमा आफ्नो पहिलो हाइब्रिड कार सार्बजनिक गर्ने योजना बनाएको हो ।
ठूला एसयूभी र एमपिभीलाई टार्गेट गरी जिकरले हाईब्रिड सिस्टम बिकास गरिरहेको कम्पनीका सिईओ कंगुईले बताए । उनका अनुसार हाल बिक्री हुँदै आएको जिकर ००१ विद्युतिय कारलाई हाइब्रिड भर्सनमा उतार्ने कम्पनीको तयारी छ । जसको प्रोटोटाइपलाई कम्पनीले अहिले चिनियाँ सडकमा परिक्षण समेत गर्न थालिसकेको छ ।
प्रिमियम ईभी उत्पादन गरी विश्व बजारमा बिक्री गर्ने योजना सहित आएको जिकर समेत हाईब्रिड कारको विकासमा आउने चर्चाले चिनियाँ अटो बजारमा तरंग नै पैदा गरिदिएको छ । जिकरको यस्तो योजनालाई कतिपयले ईभीको लोकप्रियता गुम्दै जाने चरणमा रहेको भनेर समेत टिप्पणी गरेका छन् । यता जिकरले भने आफ्नो जोड मुलतः ईभीमै रहेको जनाएको छ ।
‘बजारमा हाइब्रिडक कारको माग समेत उच्च रहेका कारण हामीले केही मोडललाई मात्र हाइब्रिड पावरट्रेनमा ल्याउन लागेका हौँ । हाम्रो जोड मुलतः ईभीको विकासमै बढि केन्द्रित हुनेछ’ जिकारका सिइओ कंगुईले भने ।
काठमाडौं–चांगान तथा दिपल ईभीको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु...
यो महिना नेपाली बजारमा ३ नयाँ इलेक्ट्रिक कार सार्बजनिक गरिए । ३ दिनको...
काठमाडौं – जेरो ईमिसन राईड एनले अत्याधुनिक प्रविधिसहितको विंगर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...