बीवाईडी सिगलले पार ग-यो १० लाख युनिटको ग्लोबल सेल, ल्यायो नयाँ फ्रि एडिसन
विश्वकै अग्रणी इलेक्ट्रिक सवारी निर्माता कम्पनी बीवाईडीले आफ्नो...
जीहोको नयाँ स्कुटर नेपाल आएको छ । नेपालका लागि आधिकारिक वितरक रिलायन्स ग्रुपकाे ऋषि ट्रेड सेन्टरले एई६ प्लस मोडल नेपाल ल्याएको हो । सो नयाँ इलेक्ट्रिक स्कुटरको मूल्य ३ लाख ४४ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।
निकै नै आकर्षक र मस्कुलर डिजाइन दिइएको एई६ प्लसमा ५.५ किलोवाट आवर पिक पावर भएको मीड माउन्टेड मोटर दिइएको छ । स्कुटरलाई एकपटक फूल चार्ज गर्दा ८० देखी १०० किलोमिटरसम्म रेन्ज पाउन सक्ने दावी गरिएको छ ।
सो नयाँ स्कुटरमा वाटरप्रुफ सीट, ठूलो फेन्डर, साइड प्यानलमा अनौठो कलरको इन्डिकेटर, आकर्षक एलईडी ब्रेक लाइट र कम्वाइन्ड ब्रेकिङ सिस्टम लगायत फिचर पाउन सकिन्छ । स्कुटरलाई ८० किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिन्छ ।
यो नयाँ स्कुटर खरिद गर्ने पहिलो ३० जना ग्राहकलाई कम्पनीले १५ हजार नगद छुट दिने बताएको छ । साथै ग्राहकले एउटा आकर्षक हेल्मेट, एक वर्षको रोड ट्याक्स र विभिन्न एसेसोरिज निशुल्क पाउनेछन् ।
सिएफ मोटोको नक्सालस्थित शोरुममा गएर ग्राहकले स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले माछापुच्छ«े बैंकसंग सहकार्य गरी ६ देखी १८ महिनासम्मको सरल किस्तावन्दिमा स्कुटर उपलब्ध गराउने योजना ल्याएको छ ।
विश्वकै अग्रणी इलेक्ट्रिक सवारी निर्माता कम्पनी बीवाईडीले आफ्नो...
टाटा मोटर्सले आगामी सेप्टेम्बर २८ मा टाटा टियागोको इलेक्ट्रिक भर्सन लन्च...
क्यालिफोर्नियामा बस्ने म्यालोरी हार्कोर्टका महिलाले टेस्ला कम्पनी माथि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...