बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – गाडी सर्भिसिङ गर्नु पर्ने र व्यस्त दैनिकी भएकाहरुको सहजताका लागि नयाँ सेवाको सुरुवात भएको छ । योङ एज इन्जिनियरिङ सोलुसन्सले गाडी सर्भिसिङका लागि घर वा कार्यालयमै पुगेर गाडी लिने र फेरि तोकिएकै स्थानमा पु-याउने गरी सेवा शुभारम्भ गरेको छ ।
यदि सर्भिसिङका लागि एक दिन भन्दा बढी समय लाग्ने भएमा ग्राहकलाई अर्को गाडीको सुविधा समेत उपलब्ध गराइने योङ एज इन्जिनियरिङ सोलुसनका प्रबन्ध निर्देशक प्रवेश पौडेलले बताए । एक प्रकारको रेन्टल सर्भिस समेत योङ एजले उपलब्ध गराउने छ । पौडेलले भने, ‘हाल यो सेवाको आवश्यकता धेरैले अनुभव गरिरहेका छन् । यो अवस्थामा हामीले सबैलाई सम्बोधन गर्ने गरी नयाँ सेवाको शुरुवात गरेका हौं ।’
यो वाहेक भेइकल टोइङ सर्भिस समेत यसले उपलब्ध गराउने छ । कुनै पनि अवस्थामा बिग्रिएर सडकमा गाडी चल्न नसकेमा त्यो स्थानमा अर्को टोइङ भ्यान लगेर सो गाडीलाई सर्भिसिङका लागि वर्कसप सम्म पु-याउने कार्य समेत यसले गर्नेछ । यसबाट गाडीधनीहरुलाई निकै नै सहज हुने पौडेलले बताए ।
व्यक्तिगत तथा संस्थागत रुपमा ग्राहकहरुलाई सम्पर्क गरी यो सेवा योङ एज इन्जिनियरिङ सोलुसनले उपलब्ध गराउने छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...